September 25, 2007

भट्टजीलाई बिदाइ!

भट्टजी जापान छाडेर सिंगापुरतिर लाग्नुभयो अस्ति शनिबार। शुक्रवार साँझ एकजना नेपाली दाइको रेष्टुरेण्टमा बसियो केहि घण्टा उहाँ र अरु केहि साथीहरुका साथ।

भट्टजी एकजना आत्मीय साथी हुनुहुन्छ मेरो। जापान आएपछिका साढे चार वर्षका दौरान धेरै साथीहरु बने र आफू पनि कतिका नजरमा ‘साथी’मा दरिइयो होला। तर भट्टजी अलि अलग हुनुहन्छ। अहिलेसम्म कसैको पनि र कहिल्यै पनि चित्त दुखाउनुभएको छैन होला उहाँले। सबैसंग उत्तिकै मिलनसार र नेपाली समाजमा सबैको उत्तिकै प्रिय हुनसक्ने क्षमता उहाँसंग मात्रै छ।

ओजोनेको सपना रेष्टुरेण्टमा भएका दुई जापानी ग्राहकहरु पनि खाइभ्याएर हिँडिसकेपछि ‘हाम्रै’ भयो ‘पूरै’ रेष्टुरेण्ट। ‘चि---सो’ बियरले धोएका नयाँ-पुराना गफका साथ हामी बेपर्वाह हाँस्यौं र रमाईलो ग-यौं। साथीहरुले आफ्नो गाउँको कुनै ‘बुने’ को बारेमा रमाईला कुरा गरेको पनि याद छ। बीच-बीचमा नेपाली राजनीतिका बारेमा ताता-ताता बहसयुक्त सेसनहरु पनि नचलेका हैनन्। नेताहरुलाई यथेष्ट गाली गरियो सधैंजस्तै। प्रशान्त तामाङ्गको पक्षमा नेपालमा चलेको लहर राष्ट्रिय नभएर भाषिकमात्रै हो र नेपाली मानसिकता अझै पनि पहाड केन्द्रित हुन नछाडेको प्रमाणित गर्ने अर्को एउटा घटना मात्रै हो भन्ने निचोड पनि निक्लेको हो। (यसबारेमा बाँकी कुरा पछि गर्दै गरौंला, समय मिले।)

भट्टजी लगभग एक दशकपहिले जापान आएदेखि अहिलेसम्मका बिभिन्न घटनाहरु र जापानको बारेमा उहाँका बदलिएका धारणाहरु पनि सुन्न पाइयो। अनि जापानी भाषाको सीमित ज्ञानका कारण कतिचोटि उत्पन्न भएका हाँसो उठ्दो परिष्थितिहरु, 'मिसअण्डरस्ट्याण्डिङ'हरु सुनेर पनि खुब हाँसियो।

अन्त्यमा भट्टजीको स्वरमा ‘अल्झेछ क्या रे पछ्यौरी----‘ सुनेपछि बिदाइ कार्यक्रम सकियो।
र नागोयामा भविष्यका दशैं र नयाँ वर्ष (वैशाख १) का ठूला जमघटहरु र अरु साना जमघटहरुमा नारायण गोपालका गीतहरु मिठो स्वरमा नगुञ्जने भए भन्ने चिन्ता पनि बढायो यो गीतले।

भट्टजीलाई निरन्तर सुस्वास्थ्य र प्रगतिको शुभकामना!


12 comments:

  1. भट्टजी पक्कै पनि रमाइला मान्छे हुन् ।

    ReplyDelete
  2. Bhatta jee, good luck.

    ReplyDelete
  3. भट्टजी र नारायण गोपालका गीतहरु

    ReplyDelete
  4. ठीक कुरा गर्नुभयो केशवको। भट्टजी धेरै रमाइलो मान्छे हुनुहुन्छ।

    anonymousजीहरुलाई पनि धन्यबाद!

    ReplyDelete
  5. I agree Bhatta ji is genuinely a nice human being n very friendly too.

    ReplyDelete
  6. I also met him in Nepal, he is sound.

    ReplyDelete
  7. BHATT JEE is friendly guy. He has good vision.
    -KP from USA

    ReplyDelete
  8. Bhatt lai badhai chha.
    He is genuine.

    ReplyDelete
  9. Dear Bloger,
    tapai ko Bhatta ji ko kurale malai pani attract garyo. Ajhai 1 dashak agadi aune vayeko bhatta ji ko kura le malai auta kura sodhna man lagyo. Ma sanga pani, hami autai plane chadera ek zana bhatta ji aunu vayeko thiyo, 1997 April ma,Kyoto University ma ko lagi. Hami le Ktm bata Narita samma auda, dherai ramaila haru kura pani gareka thiyeu, but afu Tokyo ma ayeko and Bhatta jee Kyoto ma zanu vayeko zastao lagcha malai.uha sanga feri milne or bhet hune kahile pani mauka parena..sayad yo Japan ko routine le garda hola. Tapai ko article le malai unhai Bhatta ji ko yad ayo....sayad yo bhatta ji unai hun ki?

    Ramesh Pokharel/Kyushu University

    ReplyDelete
  10. Bhatt jee ka geet ko barema suneku chhu
    Harish shrestha/CTI Nagoya Japan

    ReplyDelete
  11. sonyjee, anonymousjee, KPjee, ramkisnejee; thank you for your comments. Bhattjee is really a very genuine and nice person. That evening too, he talked with us about his future plans. He has some very good plans, not only personal or professional but for Nepal itself, and he is determined.

    anonymousjee, you may be right. I guess that was the time when Bhattjee arrived in Japan for the first time, but I am not sure. But it maynot be Kyoto, you may have forgotten/mistaken the place he was going to.
    Or that Bhatt may be another person too.

    ReplyDelete
  12. Harishjee, Nagoyaka karyakramhruma aunubhayeko chhaina ra?

    ReplyDelete