December 03, 2010

ACED 2010, Xian - ४

फर्केर फेरि नोभेम्बर ९ को दिनमा। त्यो दिन दिऊँसो हामीलाई Xian High Voltage Apparatus Research Institute (XIHARI) भ्रमण गराईने कार्यक्रम थियो। त्यता जाँदा बाटोमा पर्ने एउटा ऐतिहासिक उद्यान (नाम बिर्सें) मा एक घण्टाजति घुम्न छोडिएको थियो। त्यहाँ म संगै हिँडिरहेका दुई जना चिनियाँ केटाहरुलाई नेपालको राजनीतिको बारेमा केहि कुरा थाहा रहेछ। उनीहरु "तिमीहरुको देशमा त माओवादी कम्युनिष्ट पार्टीपनि रहेछ, हैन?" भनेर सोध्दै थिए। मैले "हो, माओवादी अहिले हाम्रो देशका सबभन्दा ठूलो दल हो।" भन्दा "हो र? कसरी त्यस्तो भयो?" भनेर आश्चर्य मानेझैं गर्दै थिए। चीनमा यतिखेर माओ औपचारिक दस्तावेजहरुमा मात्र यदाकदा झुल्किन्छन्, चिनियाँहरुले माओको कट्टरतालाई छोडेको धेरै भईसक्यो, यो चीन र पूरै विश्वका लागि हितकर सावित भईसकेको पनि छ। माओबाट मुक्ति पाएपछिमात्रै चीन समृद्धिको बाटोमा हिँड्न थालेको हो। नेपालजस्तो देशमा भने अझै माओको धङधङी देखिएकोमा चिनियाँहरु छक्क पर्दा रहेछन्। बेलुका अर्को कार्यक्रममा हामी बसेको टेबुलका दुई प्राध्यापकहरुले पनि चासो दिँदै थिए। एकजना प्राध्यापक त "हामीकहाँ त माओ बितेको धेरै भईसक्यो, तिमीहरुकहाँ भने अझै जिऊँदै रहेछन्!" भनेर हाँस्दै थिए।

XIHARI को भ्रमण सकिएपछि साँझ conference banquette थियो, थाङ शाशनकाल (Tang Dynasty, सन् ६१८-९०७) संग सम्बन्धित सांस्कृतिक कार्यक्रमका साथ। कार्यक्रममा थाङ कालका गीतहरु, नाचहरु, प्रस्तुत गरिएको थियो, त्यहि समयका पोशाकमा सजिएका कलाकारहरुद्वारा। वाद्ययन्त्रहरु पनि त्यहि समयमा प्रयोग गरिएको मानिएका वाद्ययन्त्रहरु थिए। थाङ शाशनकाल चिनियाँ इतिहासको स्वर्ण युग मानिन्छ। थाङ अवधिको राजधानी वर्तमान सिआन भएकाले पनि यो कार्यक्रम अझ सान्दर्भिक हुने भईहाल्यो।  कार्यक्रम एकदमै आकर्षक थियो।

यो कार्यक्रमको भिडियो बनाएको छु, १४ मिनेट जति लामो। ईण्टरनेटको सुस्त गतिका कारण यहाँ अपलोड गर्न सकिन। खासमा म आज त्यहि भिडियो राख्न मात्रै चाहन्थें, तर भिडियो अपलोड हुन हप्ता दिन कुर्नुपर्ने छाँट देखियो:) पछि कुनै दिन अवश्य राख्नेछु।

अहिलेलाई यो शृंखलालाई यहिँ अन्त्य गर्न चाहन्छु।

विविध कारणवश ब्लगमा छिटो-छिटो लेख्न सकिरहेको छैन, क्षमाप्रार्थी छु।
(समाप्त)

5 comments:

  1. हो वसन्तसर हामी 'टाइम वार्प' मा छौँ र अरूले छाडेका काँचुलीहरू हाम्रा महान आवरण बन्ने गरेका छन् हाम्रा लागि । विद्रुपताको कति विचित्रता खोज्ने !

    ReplyDelete
  2. कुछ समझा, कुछ नहीं मिली,
    कुछ भाषा की मार,
    देखने से तो यही लगा,
    ये कुछ आचार |

    ReplyDelete
  3. Good to see you active on the blog!

    ReplyDelete
  4. राम्रो लाग्यो यो शृंखला.
    माओवाद भनेको कस्तो वाद हो ,मैलेत बुझेकोपनि छैन र बुझ्ने इक्ष्यापनि छैन.अपहरण,चन्दा वसूली,नेपालबंद आदिसँग एस्को राम्रो सम्बन्ध हुनु पर्छ.

    ReplyDelete
  5. प्रतिकृयाका लगि यहाँहरु सबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छु।

    ReplyDelete