Image Source: Click Here
कुरा शुरु गरौँ २०५३ सालबाट| म मेरो पाँचवर्षे पहिलो प्रवासबाट भर्खरै नेपाल फर्केको थिएँ| पाँच वर्षका घटनाक्रमहरुका बारेमा 'अपडेट' हुने क्रममा त्यो अवधिमा बनेका 'स्ल्यांग'हरुपनि सिक्दै थिएँ|
त्यतिखेर गाउँमा भर्खर-भर्खरै मोटरसाइकल संस्कृति भित्रेको थियो| गाउँका केही केटाहरु कच्ची बाटोमा कुहिरिमंडल धूलो उडाउँदै मोटरसाइकल हुईकाउँथे| मोटरसाइकलमा सवारमध्ये धेरैजसो वेरोजगार थिए, रोजगारीको चिन्तापनि थिएन तिनलाई र तिनले बाऊ-आमालाई थर्काएर त्यो जिनिस हात परेका हुन् भन्ने सुनिन्थ्यो| मोटरसाइकल तिनका लागि आवश्यकताभन्दा पनि खोक्रो रवाफ प्रदर्शन गर्ने माध्यम थियो| ती कन्नापछाडि उडाइने पात्रपनि बन्थे धेरैजसो| बाटोमा यस्ता मोटरसाइकलवाला कुनै हुइकिरहेको देखेपछि "ऊ 'बा.अ.प' गयो!" भन्ने चलनजस्तै चलेको थियो| यदाकदा 'बा.अ.फ.' पनि प्रयोग हुन्थ्यो| केहि मोटरसाइकलको नम्बर प्लेटमा 'बा.अ.प' वा 'बा.अ.फ.' नै पनि हुन्थ्यो तर 'प' वा 'फ' को ठाँउमा अरुनै अक्षर भएका पनि हुन्थे| 'बा.अ.प' वा 'बा.अ.फ.' सबैलाई चिनाउने साझा नाम बनेका थिए, सबै ईन्जिन तेल (engine oil) लाई 'मोबिल' भनिएजस्तै:)
एक-दुई दिनमा अर्थपनि थाहा पाईयो; 'बा.अ.प' र 'बा.अ.फ.' भनेको 'बारी अब पच्यो!' र 'बारी अब फर्केन!' रे| मोटरसाइकल चढ्ने धेरैले खेत वा बारीको टुक्रो बेचेर मोटरसाइकल किनेका हुनाले त्यसरी रमाईलो 'न्वारान' गरिएको रहेछ| हरेक हप्ताजसो "फलानोलेपनि खेत 'हानेर 'बा.अ.प' किनेछ|" भन्ने नयाँ 'समाचार' पनि सुनिन्थ्यो| 'हानेको' भनेको चाहिं 'बेचेको' रे!
पछि चितवनको एउटा साथीसंग कुरा हुँदा यस्तै प्रसङ्ग त्यहाँ पनि जन्मेको थाहा पाईयो| उसको तिर 'ना.अ.क.' र 'ना.अ.घ.' लाई क्रमशः 'नारायणी अंचल कठ्ठा' र 'नारायणी अंचल घडेरी' भनेर उडाईँदो रहेछ| देशका अरु भागमा पनि यस्ता 'कथा' बनेका थिए होलान् पक्कै पनि|
जग्गा कारोबारले ब्यबशायको रुप लिंदैगरेको शुरुवाती दिनहरु थिए ती| पछि यो ब्यबशाय अनियन्त्रित र संक्रामक रुपले फैलँदै गयो र नेपाली संस्कृतिमा थपिएको एउटा रोगनै बन्यो| सत्तासीनहरुको भ्रष्ट शासनशैली, गाउँमा अवसर र सुविधाहरुको चरम अभाव र माओवादीहरुको विध्वंशात्मक विद्रोहले देशका गाउँ-गाउँबाट मान्छेहरु विस्थापित हुने क्रम बढ्यो| केहि नहुने गरीबहरु खाने मुख र कमाउने पाखुरीमात्रै बोकेर भएपनि शहर पसे| गाउँमा अलिकति केहि हुनेहरु त्यो बेचेर राजधानी र अरु प्रमुख शहरहरुमा घडेरी जोड्नेतिर लागे| राजधानीमा घडेरी/घर हुनुलाई गतिलो धाक र रवाफ मान्नेहरु पनि हाम्रो समाजमा सधैं छंदैछन्| यी कारणले गर्दा जग्गाको कारोबार ह्वात्तै बढ्न गयो| यसमा हुने पैसाको चलखेल, भ्रष्टाचार, गुन्डागर्दी आदि पनि त्यहि अनुपातमा बढ्दै गयो| पहिला मान्छेका आँखामा त्यति धेरै नपर्ने 'जग्गा दलाल' हरुको जमातपनि ठूलो भयो, दलालहरु नेपाली समाजका सबैभन्दा सकृय मान्छेहरुजस्ता देखिन थाले|
'दलाल' लाई अंग्रेजी शब्द 'agent' को नेपाली अनुवादका रुपमा लिईन्छ तर 'agent' शब्दको जुन ईज्जत छ, 'दलाल'ले त्यसको एक प्रतिशत पनि पाउन सकेको छैन| यथार्थमा 'दलाल' शब्द बेईज्जतीको पर्याय पो मानिन्छ| आफूभन्दा फरक विचार राख्ने जोसुकैलाई यसको र त्यसको 'दलाल' भनी-भनीकन नेपालका साम्यवादी दल र नेताहरुले विचरो 'दलाल' शब्दको हुर्मत काढीसकेका छन्| छ दशकयता 'दलाल' लाई नकारात्मक अर्थमा मात्रै सुन्दा-सुन्दा नेपाली मानसिकताले यस्लाई त्यही अर्थमा मात्रै लिनथालेको छ| हाम्रो मानसिकतामा 'दलाल' को आकृतिको गुणात्मक स्वरुप 'चोर', 'फटाहा' वा 'गुन्डा' भन्दा अलिकतिपनि फरक छैन| विचरो 'दलाल' शब्द दिक्क भएर जंगल पसीसक्यो होला, सके आत्महत्यानै गरिसक्यो की:)
'दलाल' शब्द आफैंमा नराम्रो होईन, यसैले 'दलाली' आफैंमा नराम्रो काम पनि होईन र 'दलाल' नराम्रो पेशा पनि होईन| ठण्डा दिमागले सोच्दा, सबै जागिरेहरु 'दलाल' हुन्; फरक यत्ति हो, कोई सरकार र जनताबीचका दलाल होलान् कोहि साहू र ग्राहकबीचका दलाल होलान्| सबैले बिचमा बसेर, दुई पक्षको 'सेवा' गरेर 'कमिसन'नै खाने हुन्| यसर्थ 'दलाल' शब्दको 'पुनरुत्थान' गरिनु, यसलाई फेरि यसको स्वाभाविक ईज्जत दिलाइनु जरुरी छ:)

त्यसपछि नेपालमा जग्गा कारोबार, जग्गा दलाली र जग्गा दलालहरु संक्रामक रुपमा बढे भनेर माथिपनि भनिसकेको छु| हालै साढे सात वर्षे दोस्रो प्रवासबाट फर्केपछि यी शब्दहरुले सगरमाथाको चुचुरो छोइसकेको देखियो| केहि जग्गा दलालहरुले अचम्मलाग्दो गरी दाम पनि कमाएछन् | अहिले यो पेशा समाजका चुल्ठे-मुन्द्रेहरुको सबैभन्दा राम्रो 'जागिर' भएछ| सबै दलका धेरै कार्यकर्ताहरु पनि यतै छिरेछन् र आफ्नो पहुँचको दुरुपयोग गरेर यो पेशालाई अझ पत्रु, अझ भ्रष्ट र अझ अनुशाशनहीन बनाएछन्| दल र नेताहरुका लागि यो क्षेत्र चन्दा दुहुने लैनो गाई बनेछ|
यतिखेर देशमा ब्याप्त कार संस्कृति जन्माउने प्रमुख कारकहरु मध्ये एक यहि जग्गा कारोबार पनि हो| यसैले समाजमा घरका तल्ला थप्ने होडबाजीको संस्कृति पनि जन्मायो, कसैले सोझो दलाली गरेर कमाएर थपे, कति कर्मचारीले दलालसँग मिलेर कमाएर थपे, कतिले सार्वजनिक वनपाखाको 'प्लटिंग' गरेर-गराएर-बेचेर थपे; र कतिले आफ्ना मलिला जग्गा बेचेर थपे|
यहि कारोबारले देशका धेरै मलिला फाँटहरुको हत्या ग-यो| यो ब्यबशायलाई नियमन र नियन्त्रण गर्ने कुनै गतिलो निकाय नहुँदा-भएकाले पनि गतिलो काम नगर्दिंदा र देश चलाउनेहरु यसलाई मर्यादित बनाउनेतिर लाग्नुभन्दा यसैलाई दोहेर अकूत कमाउनतिर लग्दिनाले देशका उत्कृष्ट कृषियोग्य फाँटहरुको बलात्कार जारी रह्यो| अनुत्पादक बन्जर जमीनको दाँजोमा मलिला खेतबारी टुक्राउन (कथित 'प्लटिंग' गर्न) पनि सजिलो, त्यहाँ कंक्रिट जंगल ठड्याउन पनि सजिलो| जसरी हुन्छ 'छिटो र धेरै' धन कमाउनुलाई बहादुरी मानिने संस्कृतिले समाजलाई गाँजेको बेला मलिला फाँटहरु, देशको कृषिक्षेत्रको भविष्य आदि कुराहरु कसैको मनमा पनि बस्न योग्य भएनन्|
कति ठाउँमा प्राकृतिक रुपले सुन्दर डाँडा-थुम्काहरू पनि भासेर तिनका छाती चिरेर बेच्ने काम भईरहेको छ| यसरी देशका धेरै ठाउंको स्थानीय प्राकृतिक सौन्दर्यको नाक-कान ताछिईसकेको छ|
हामीले गुमाएका हाम्रा अति उर्वर मलिला फाँटहरु, जंगलहरु र सुन्दर डाँडा-थुम्का हरुलाई एकछिन बिर्सेर हेर्ने हो भने अथवा यस्ता भूमिलाई कथित घरजग्गा कारोबारको पन्जाबाट जोगाएको स्थिति हो भने; स्वस्थ अर्थतन्त्रमा नीतिनियममा रहेर अरु वस्तु र सेवाहरुजस्तै घरजग्गाको पनि केहि कारोबार हुनु स्वाभाविक हो| हाम्रो अस्वस्थ अर्थतन्त्रको हकमा भने यस्तो स्वाभाविक प्रकृयाको आशा गर्न सकिने ठाउं थिएन र यो नीतिविहीन वातावरणमा फैलियो| अशान्ति, असुरक्षा र चन्दा आतंक आदिले गर्दा लगानीका अरु क्षेत्रहरु सुक्दै गएपछि मान्छेहरुले यसमा पैसा लगाउन थाले| माओवादीहरु शान्तिप्रक्रियामा आइसकेपछिपनि अन्य क्षेत्रको लगानी वातावरणमा खासै सुधार आउनसकेको छैन र अझै यसैमा लगानी बढी छ| देशको समग्र अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो किनभने ठूल्ठूला मूठामा पैसाको खेल देखिएपनि घरजग्गा कारोबार मूलतः एउटा अनुत्पादक ब्याबशायिक क्षेत्र हो| उध्योग वा पर्यटन क्षेत्रमा जस्तो लामो समयसम्म प्रतिफल दिने क्षमता घरजग्गा ब्यबशायको हुँदैन; न त यसले सिर्जना गर्ने रोजगारीनै पनि स्वाभाविक, व्यापक र दिगो प्रकृतिको हुन्छ|

यसपटक के थाहा पाईयो भने जग्गा दलालहरुलाई 'ज.द.' भनेर छोटकरीमा पुकार्न थालिएछ| जग्गा दलालहरुले 'जग्गा मध्यस्थकर्ता' (छोटकरीमा 'ज.म.') को रुपमा आफ्नो दोश्रो न्वारान गरेर आफ्नो पेशालाई 'ईज्जतदार' बनाउने कोशिश पनि गरेछन्, तर त्यो प्रयास खासै सफल हुन भने सकेनछ|
खेत र बारीका पाटा 'प्लटिंग' गरेर बेच्ने र कमाउने काम भएकाले यो पेशालाई कसै-कसैले 'पाटो प्लटिंग' पनि भन्दा रहेछन् अचेल| अनि 'पाटो प्लटिंग' गर्नेहरु 'पाटे' भनिंदा रहेछन्| जग्गा भनेको माटो त हो भन्ने अर्थमा जग्गा दलालहरुलाई कसै-कसैले 'माटे' पनि भन्दा रहेछन्|

'पाटे' र 'माटे' हरुको कारोबार अलि खस्केको बेला रहेछ अहिले| लगानीका नयाँ क्षेत्र खासै नदेखिएपनि बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन थालेकाले मान्छेका पैसा त्यतै पसेजस्तो छ अहिले| 'पाटो प्लटिंग' खस्केकै ठिक, यस्तो अनुत्पादक क्षेत्र बढी उक्सिनु भनेको देशको अर्थतन्त्र सुन्नेर मोटाउनुमात्रै हो| देशको समग्र अर्थतन्त्र सही लीकमा चलेको बेला पनि यसको आफ्नो स्वाभाविक हिस्सा भने कायम रहनेनै छ, त्यसमा कसैले कन्जुस्याईं गर्ने छैन|
म:म पसलभन्दा बढी खुलेका बैंक र फाइनान्स कम्पनीहरुले बेस्करी ब्याज दिनुपनि अर्को खाले 'पाटे-माटे' संस्कृति र देशको अर्थतन्त्रको रोग बन्दै छ| यसले देशको शेयरबजारलाई कुटुकुटु खान थालेको त देखिईसक्यो| अब बिस्तारै अरु क्षेत्रमा यसले पारेको कुप्रभावपनि सतहमा आउनेनै छन्|
Very nice, Sir! Keep it up.
ReplyDeleteसुन्दर र शिक्षामुलक अनी हाम्रो बर्तमान यथार्थको सहि मुल्याङकन। मलाइ त हाम्रो समाज र शैक्षिक नीती पनि दोषी छ जस्तो लाग्छ यो मामलामा। नराम्रो कुराको नक्कल चाडै गर्न सिपालु हामी नेपालीको जमात दिन प्रतिदिन ठुलो बन्दै छ। पढ्ने, शिक्षा हासिल गर्ने भन्ने कुरा पैसा कमाउनको लागि मात्र हो भन्ने सस्कार नै बनिसकेको छ अहिलेको युवा बर्गमा। हामी आफै बुझ्न सक्छौ म जस्ता हजारौ युवाको सपना भनेको पैसो कमाउने काठमाण्डौका घर घडेरी जोड्न भन्दा अरु केही छैन। बर्षौ दु:ख गरेर कमाएको पैसा १ टुक्रो जग्गा किन्नमा खर्च गरिरहेका छौ। उदाहरणको लागि कसैले बिदेश बसेर ३० लाख कमायो अब उसको दिमागमा काठमाण्डौमा १ घडेरी भन्दा अर्को कुनै बिकल्प नै हुदैन। एउटा सानो घरेलु उधोग खोलेर गाँउका अन्य १-२ जनालाई रोजगारी दिने आफ्नो लागि कमाईको भरपर्दो श्रोत पनि हुने दिर्घकालीन आएश्रोतको बाटो चिन्न सकेको खोइ?
ReplyDelete'बा.अ.प.' र 'बा.अ.फ.' को अर्थ हँसाउने रहेछ । साँच्चै गजबको कल्पना गर्नेले नामाकरण गरेको हुनुपर्छ ।
ReplyDeleteयो पाटे र माटेको समस्या निक्कै विकराल बनेको छ यतिखेर । विना योजना जग्गा चिर्ने ई पाटे र माटेले देशलाई बर्वाद गरेर छोड्ने देख्छु म पनि ।
लेख निकै रोमान्टिक पारामा दिनुभयो बसन्त जी सधै झै । प्रबिण जी को कुरा पनि मलाई निकै मन पर्यो । माटे र पाटेको वास्तविकताले कतिलाई त निल्यो ठाडै । जग्गा धनि बिना नै कैयौ पटक दलाली बाटै जग्गा अर्कैको भयो ।
ReplyDeleteके रहेछ यो 'पाटे' र 'माटे'भन्ठानेको त ... शहर देखि गाउँ सम्म हाविभएको मुलुकमा आर्थिक मन्दी भित्र्याउने रोग पो रहेछ !
ReplyDeleteबसन्त दाइको कुरा विचारणीय र समयसामयिक नै रहेको छ !
अतिसुन्दर.
ReplyDeleteBahut Khubsurat Abhivyakti.
ReplyDelete