शहर
बल्ल चिनें उनलाई!
धन्न उनको छातीमा कान लगाएछु,
र उनको तातो ढुकढुकी छामेछु!
बलात्कार गरेछन् उनलाई
यस्तरी विरुप पारेछन् उनलाई
उनको खोजीमा भौंतारिईरहेको म
उनलाई नचिन्दा-
उनकै घर अगाडि
उनीसंगै
उनको ठेगाना सोध्दै रहेछु ।
(डिसेम्बर २०१०, काठमाण्डौं-पोखरा)
बसन्त दाइ ... शहरको कुरा ल्याएर ... त्यहाँ को जहरको कुरा खोल्नु भो नी
ReplyDeleteheart touch one ----
ReplyDeletekeep it up .
Ramro Tukra Basantai jee.
ReplyDelete'शहर' मात्र हैन कि बल्कि 'देश' नै यो छोटो कविताको शिर्षक भए नि उत्तिकै अर्थपुर्ण हुन्थ्यो । भावले राम्रो छोटो कविता ।
ReplyDeleteबसन्तजी म गाउँ सम्झंदैछु , तपाईं शहर खोज्दै हुनुहुन्छ | कतै भेटौं कि !
ReplyDeleteथोरै शव्दहरुको एउटा सानो यो हावाको झोक्काले, तर मेरो मन पुरै उडाई लग्यो ।
ReplyDeleteसानो र सुन्दर !
ReplyDeleteसुन्दर स्यानो रचना.
ReplyDeleteशहर,गाउँ र सारा देशनै बलात्कृत भएकोछ.
यहाँहरु सबैलाई हार्दिक धन्यबाद!
ReplyDelete