April 06, 2010

हानामी - एक उत्सव जीवनको

जापान यतिखेर हानामीको मूडमा छ। पूरै जापान त भन्न नमिलिहाल्ला किनभने साकुरा फूल्ने समय दक्षिणतिरबाट शुरु भएर क्रमैसंग उत्तर लाग्छ। तर आफू बसेको ठाऊँ छपक्कै साकुराले ढाकिएको देखेपछि जापान त के पूरै पृथ्वीनै यस्तै होला जस्तो लागेको छ मलाई।

हानामी (पुष्प दर्शन) जापानी जीवनको एउटा महत्वपूर्ण भाग हो, एउटा प्रमुख उत्सव हो। आठौं  शताब्दीतिरै शुरु भईसकेको मानिन्छ यो चलन। कुन क्षेत्रमा कहिले साकुरा पूरै फक्रन्छ, ('मान्खाई', पूर्ण प्रस्फुटन, full blossom) त्यो सबैको चासोको विषय हुन्छ। कतिपय विशेष उद्यान आदिका साकुराका बोटमा कोपिला देखिएको कुरा राष्ट्रिय समाचार हुन्छ जापानमा। 

ढकमक्क साकुरा फक्रेको समय पारेर हानामी आयोजना गरिन्छ। साकुरा फक्रेको केहि समय पछि झर्न थालिहाल्छ, यसैले समय छोपिहाल्ने हतारो हुन्छ सबैलाई।

छोटो समयको लागि फक्रेर झर्ने सुन्दर साकुरा शायद हाम्रो जीवनको प्रतीक हो, जीवनको क्षणभंगुरताको। हाम्रो जीवन पनि क्षणभंगुर छ, तर यो सुन्दर छ। जीवन क्षणभंगुर हुनालेनै शायद सुन्दर छ। हानामी त्यहि सुन्दर जीवनको उत्सव हो, क्षणभंगुर भएपनि साकुराजस्तै पूर्ण रुपमा फक्रेर, सार्थक रुपमा फक्रेर जीउने चाहनाको प्रतिबिम्ब हो।

नागोयामा गत शनिबार देखिको केहि दिन हानामीका लागि सबैभन्दा उपयुक्त मानिएको छ यसपालि। मार्चको अन्त्यतिर जाडो बढेकोले साकुरा फूल्न केहि दिन ढिला भयो रे।

शनिबार हामी पनि नजिकैको यामाजाकीगावा (यामाजाकी खोला) को साकुराले छपक्कै छोपिएको किनारै-किनार हिँड्यौँ धेरै बेर। यो ठाऊँ हानामीका लागि नागोयाभित्र नाम चलेका ठाउँहरुमध्ये एक हो। साथमा एकजना परिचित स्थानीय मिजुनो-सान पनि हुनहुन्थ्यो, साकुरा हानामीका बारेमा केहि नयाँ कुरा पनि जान्न पाईयो मिजुनो-सान बाट।

त्यहि दिन खिचेका केहि तस्बीरहरु राख्न चाहन्छु आज। म आफूलाई पेशेवर त के सौखिन फोटोग्राफर पनि मान्दिन, तस्बीरहरुको गुणस्तर एकदम तल्लो छ; त्यसकारण यी तस्बीरहरुलाई त्यसै अनुसार हेरिदिनुहुन अनूरोध गर्दछु:)






हिजो नागोया नजिकैको इवाकुरा भनिने शहरमा आफ्नै श्रद्धेय प्राध्यापकको परिवारका साथ हानामीमा सहभागी हुने मौका मिलेको थियो। तलका दुई तस्बीरहरु इवाकुराको हानामी-स्थलबाट। पछिल्लो चाहिँ रातिको हो। दश दिने रात्रि-हानामीलाई "इवाकुरा महोत्सब (Iwakura Festival)" को नाम दिएर भब्यसंग मनाईँदो रहेछ।

(यो फोटोका लागि सोवितालाई धन्यबाद!)

(हानामीबारे केहि कुरा मैले पोहर यहि ताकाको एउटा टाँसो "यसपालि त अचम्मै भयो गाँठे!" मा पनि लेखेको छु।)

16 comments:

  1. बिछट्टै राम्रा लागे तस्बीरहरु र तिमाथिका अक्षरहरु पनि | जीवनको क्षणभंगुरता, अनि त्यसमा अनुभव गर्नुपर्ने सुन्दरता|असाध्यै मन छुने गरी लेख्नुभएको छ बीचका ३-४ हरफहरु| जीवन उत्सबमय बनोस, तपाईको र हामी सबैको |
    Happy Hanami,बसन्तजी!

    ReplyDelete
  2. What fabulous pics!I feel like converting some of those into wall pieces using my fiber art techniques!
    I will give you the URL of that blog to you...just might like it!

    ReplyDelete
  3. http://fiberart-thelightbyalonelypath.blogspot.com/
    This is the link to my artwork blog! Hope you enjoy looking at it!

    ReplyDelete
  4. पेसेवर त के सौखिन फोटोग्राफर पनि आफूलाई नमान्ने कुरा गर्नुभयो, तर कला भने रहेछ है । अब ट्यागै भिराउन त के जरूरी !?
    दृश्य राम्रा भएर हो कि खिचाइ पनि ठाउँमा परेर हो, मीठो लागे तस्बिरहरू ;)

    अस्ति नै चाहिँ हानामीको बयान मात्र सुन्न पाइयाथ्यो, यसपालि सचित्र देखियो । माथिका वर्णनले पनि चित्रमय झलक दिनमा भूमिका पक्कै ।
    त्यो हानामी यतासम्मन् आइपुग्यो ।

    ReplyDelete
  5. Beautiful pictures. I love spring.

    ReplyDelete
  6. SIr, I am pleased to see your these photos with beautiful article.I liked it,you compared those flowers with our life which is very much relevant.I fully agree with ur thought about a life. Like sakura flower our life also beautiful for short time.Our life is not immortal, every one has to sleep in the lap of most powerful DEATH like falling blossomed flowers on the lap of earth.so, we should try to give happiness to other till we live, like sakura flower gives every people joy and happiness with it's beauty till it remain.Once again i really loved this article. Thank you sir.

    ReplyDelete
  7. Above comment is written by AmritApril 8, 2010 at 8:23 AM

    Above comment is written by Jai

    ReplyDelete
  8. साह्रै राम्रो हुँदो रहेछ यो साकुरा । अगाडिबाटै देख्दाको सुन्दरता पक्कै पनि शब्दमा अटदैन होला !

    ReplyDelete
  9. खोलाको दुवै किनारामा ढकमक्क फुलेका साकुराको सुन्दरताको कुरा नै बेग्लै !!

    प्रकृतिको लीला आफैँमा अपरम्पार छ। साकुरा र त्यससँग जोडिएको जीवनको उत्सवले त्यही कुरा झक्झक्याइदिन्छ पुन: एकचोटि।

    ReplyDelete
  10. जापानीहरूको प्रकृतिप्रेम,सुन्दरताप्रतिको चाहना तथा आफ्नो राष्ट्रप्रतिको मोह पछ्याउन लायक छ !

    ReplyDelete
  11. खोलाको किनार पनि येती राम्रो हुनसक्दो रहेछ ! वाह जापानीहरू !!

    ReplyDelete
  12. आहा!! कति आनन्द आउने फोटाहरू हेर्दा नै । प्रत्यक्ष देख्दा झन् कस्तो होला!!!

    ReplyDelete
  13. पुरा सहर नै ढकमक्क हुनेजस्तो छ यो बेलामा त !

    ReplyDelete
  14. यहाँहरु सबैलाई सादर धन्यबाद!

    नववर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  15. Nice pictures n information sir 🙂🙂👌

    ReplyDelete