November 26, 2011

भ्रमण र गडबड फर्मुला

आज फेरि दुई मुक्तकहरु। पहिलो मुक्तक फेसबुकमा राखिसेकेको छु, दोश्रो अघि भर्खर जन्मेको हो र पहिलो पाईला यहिँ सार्दैछ। 


भ्रमण

सबैभन्दा पहिले त्यता लागिन्छ
त्यताबाट फेरि उता लागिन्छ
धेरै माग्न सक्ने बहादुर कहलिन्छ यो देशमा
जता पुगिन्छ, हात पसारेर मागिन्छ। 

(अक्टोबर १९, २०११, पोखरा)
----------------------------- 

गडबड फर्मूला 

गुलिया नारा घोलेको चिया खल्लो निक्लियो
लोकतन्त्रको घाँटीमा पापको डल्लो निक्लियो
'फर्मूला' पक्कै गडबड छ यो 'फ्युजन'को 
क्रान्तिको अण्डाबाट जमिन्दार चल्लो निक्लियो। 

(नोभेम्बर २६, २०११, पोखरा)

6 comments:

  1. दुवै मुक्तक 'एटम बम' नै रहनेछन् । त्यसमा पनि दोस्रो त राम बाण ! । यथार्थको सही चित्रण र यथोचित प्रहार ।

    ReplyDelete
  2. पछिल्लोको लाइन गज्जब लाग्यो । :)

    ReplyDelete
  3. वाह वाह ! दुवै व्यंगहरू सारै राम्रा र चित्त बुझ्दाछन.

    ReplyDelete
  4. गडबड फर्मुला त साँच्चै अणु बम नै रहेछ । मुक्तकमा यत्तिको धीत मार्न मुस्किलने पाईन्छ । वाह! वाह!

    ReplyDelete