July 23, 2011

'रिमिक्स'को झूर चलन

अलिक दिन पहिलाको कुरो हो, कुनै नेपाली च्यानेलमा 'हरियो डाँडामाथि---' को कथित रिमिक्स घन्कीरहेको थियो। धर्मराज थापाले गाएको सुन्दर कालजयी गीतलाई भाँचभुँच पारेर, बंग्याएर बलात्कार गरिएको थियो। नाच्नको लागि मिलाउने उद्देश्यले गीतको स्वरुपलाई परीवर्तन गरिएको थियो र मेरा लागि भिडियोको स्तर तल्लो कोटिको थियो र त्यसमा प्रयोग गरिएको नाच पनि एकदम भद्दा लाग्थ्यो।

अचेल यस्ता 'रिमिक्स' जताततै देखिन्छन्, नेपालमा मात्रै होईन विदेशमा पनि छ्यास्छ्यास्ती देखिन्छन्। पूराना कालजयी सांगीतिक रचनालाई बिगारेर 'हलो काटी मुंग्रो' बनाउने रोग विश्वब्यापी भएको छ। यो रोग गीत/सांगीतिक रचनामानै बढी देखिन्छ, कलाका अरु विधामा भने देखिँदैन।

तर यो बिलकूल गलत लाग्छ मलाई। हरेक रचना या कला त्यो सृजना गरिँदाको समयको दस्तावेज हो, त्यो बेलाको परिवेशको आकृति हो र सृजना गर्ने मान्छे त्यतिखेरको मनश्थितिको हस्ताक्षर हो। यसरी एउटा विशिष्टतामा परिभाषित भईसकेको कुनै सृजनामा फेरि अर्को खाले परिभाषा लादनुलाई सही ठान्न सक्दिन म। कसैलाई कुनै रचनामा केहि कमी भएजस्तो लाग्छ भने उसले त्यस्ता कमजोरी नभएका नयाँ रचना बनाउन सक्नुपर्छ। 'रिमिक्स'को नाममा गीत बिगार्नु भनेको मुनामदनलाई कोचलेर त्यसमा दुई-चार फुँदा गाँसेजस्तै हो।

रिमिक्सको चलन झूर चलन हो, यस्तो झूर काममा प्रतिबन्ध लगाउनुपर्छ!

6 comments:

  1. I keep reading you & try to understand bit by bit....at times I do.....just a little bit!

    ReplyDelete
  2. हो, रिमिक्स गरिएका १०० मा २ वटा मात्रै केही हदसम्म सुन्न लायक होलान् । मलाई पनि पुरानो राम्रो गीतलाई केवल Synthesizer प्रयोग गरेर बनाइएको भद्दा गीत पटक्कै मन पर्दैन् । मेरो बस चल्ने भए त ओरिजिनल गीत यसरी बिगार्नै नपाईने नियम बनाउँथे होला !

    ReplyDelete
  3. रिमिक्स लाइ म चाही पूर्णत नराम्रो मान्दिन बसन्त दाइ ! तर यति हो ... रिमिक्स बेताल र बेसुर तरिकाले गरेको चाही पच्दैन अलिक ...
    नेपालमा एउटा चलन छ यदि कुनै गित रिमिक्स भयो भने कुनै पनि मिडियाले पुरानो गित लाइ बजाएको त्यति पाइदैन ...रिमिक्स गर्दैमा अरिजिनल लाइ बिर्सनु भएन !
    तर नया पुस्ताले पनि पुरानो कुरा लाइ लिनु भनेको राम्रो कुरा हो ! जहाँ सम्म सृजनाको कुरा छ .... यदि रिमिक्स गर्दा रचानात्मक शैली अपनाइएन भने त्यो गितले नया पिढीको मन खिच्नै सक्दैन न ... त्यो रिमिक्स मात्र हुन्छ , स्रोताको मनमा रहन्न - यो चाही पक्का हो !

    ReplyDelete
  4. येस्मा अलि विचार गर्नु पर्छ जस्तो लाग्छ.धेरै हिन्दी फिल्मी पुराना गीतहरू शायद रिमिक्स न गरिए बिलाउँन सक्छन जस्तो लाग्छ,किनकि नयाँ पुस्तालाई तिनीहरूको जानकारी नै न हुने जस्तो वातावरणछ.

    ReplyDelete
  5. रिमिक्स सुन्नु बेमोज नै हो | बनाउने पनि कुनै कलाकार होइनन होला | अल्छी बल्छीहरु होलान |

    ReplyDelete
  6. I think we shouldn't blame remixes. The quality of remix can be blamed. These are two different things: quality of remix and remix.

    Creativity requires many experiments--remix is just one of the new experiments. However, since it is a copy of foreign experiment, it has its own flaws. I hope our singers come up with our own original ways in future.

    ReplyDelete