महाविपत्तिमा परेको छ जापान यतिखेर र जनधनको अपार क्षतिले तहसनहस भएको छ।
जापान यसै पनि प्रकृतिले ठगेको देश हो। प्रकृतिले जापानलाई ज्वालामुखीको खरानी, भूकम्प र ताईफून (समुद्री आँधी) बाहेक सम्पदाका नाममा ज्यादै कम दिएको छ। यस्तो प्रतिकूलताका वावजूद पनि जापानीहरुले एउटा समृद्ध र सुसंस्कृत सभ्य देशको निर्माण गरेका छन्। उनीहरुले ज्वालामुखीको खरानीलाई उद्योगमा बदलेका छन्, भूकम्पलाई श्रमशक्तिमा बदलेका छन् र आँधीलाई यात्राको निरन्तरतामा बदलेका छन्। जतिसुकै ठगिएपनि, जतिसुकै विपत्तिको चपेटामा परेपनि उनीहरुले कहिल्यै हार खाएका छैनन्। ईस्पाती दृढ ईच्छाशक्ति छ उनीहरुको, तपस्याजस्तो श्रम छ उनीहरुको र निरन्तर सिक्ने, सुधार्ने र आविष्कार गर्ने तिब्र भोक छ उनीहरुमा। यसैले उनीहरु हारेर, थाकेर र गलेर कहिल्यै बसेका छैनन्। हरेक विपत्तिको चोटले उनीहरुलाई अझ दृढ बनाएको छ।
यस पटकको विपत्तिमा जापानको क्षति भूकम्पले भन्दा पनि चुनामी*का कारण भएको छ। जापानीहरुको भवनलगायतका संरचनाको मापदण्ड साह्रै उच्चस्तरको छ र भूकम्पका अवश्थाका लागि उनीहरुको पूर्वतयारी पनि उत्तिकै प्रणालीबद्ध र निरन्तर छ। भूकम्पमाथिको उनीहरुको यो 'विजय' पछि उनीहरुको परीक्षाका लागि प्रकृतिले चुनामीलाई खटाएजस्तो छ अब। मलाई विश्वाश छ, चुनामीसंगको युद्धमा पनि जापानीहरुले एकदिन आफूलाई विजयी बनाउनेछन्।
हामी नेपालीहरु जापानी हेरीकन अत्यन्त भाग्यमानी छौं। हामीलाई प्रकृतिले विपत्ति एकदम कम दिएको छ र सम्पदा प्रशश्त दिएको छ। हामीले अपार स्रोत र सौन्दर्य पाएका छौं, तर भिल्लका देशमा मिल्केका मणिजस्ता बनेका छन् ती स्रोतहरु र त्यो प्राकृतिक सौन्दर्य। हामी सृजना केहि गरीरहेका छैनौं, उल्टै पाएका मणिलाई बिगारीरहेछौं। हामीले जापानको अनुभवबाट केहि पनि सिकेका छैनौं। हामी सम्पदालाई विपत्तिमा परिणत गरीरहेछौं। अनियन्त्रित शहरीकरण र निर्माणमा तल्लो स्तरका मापदण्ड कायम गरेर हामी नयाँ-नयाँ 'चिहान' निर्माण गरीरहेछौं। विपत्तिका बेलाका लागि हाम्रो तयारी छैनको बराबर छ र जनचेतना शून्य छ। भूकम्पबाट हुने क्षतिलाई कम गर्न सकेमात्रै पनि हाम्रो लागि ठूलो उपलब्धि हुनेछ, किनकि हामीकहाँ चुनामीको कुनै सम्भावना छैन। तर हामीले जापानको अनुभवबाट केहि पनि सिकेका छैनौं। जापानमा गएजत्रै भूकम्पले काठमाण्डौंमै केहि लाख मार्नसक्ने सम्भावना टड्कारो छ, तर मतलब कसैलाई छैन। नेता र दलहरुलाई कुर्सी चाहिएको छ र जनतालाई ठुलो, सानो, तीनकुने, चारकुने, कच्ची, पक्की जस्तोसुकै होस् काठमाण्डौंमा घर-घडेरी चाहिएको छ। यो बेमतलवका लागि प्रकृतिले एउटा कठोर दण्ड दिने निश्चित छ हामीलाई।
जापानीहरुको उच्च कोटिको नैतिकताको सारा संसारले प्रशंशा गरीरहेको छ यतिखेर। त्यत्रो ठूलो महाविपत्तिमा पनि लूटपाट, हूलदंगा, नाराबाजी केहि नदेखेर पश्चिमीहरु समेत छक्क परेका छन्। जापानीहरुको सहनशीलता, धैर्य र उच्च नैतिक बलको जति प्रशंशा गरे पनि कम हुन्छ। यत्तिकै प्रशंशा उद्धारमा उनीहरुको राज्यले देखाएको ईमान्दारीता र तदारुकताको पनि गर्नैपर्छ।
यो महाविपत्तिको क्षणमा ईस्पातजस्तो मुटु भएका उच्च नैतिकवान जापानीहरुलाई मेरो समवेदना!
यो महाविपत्तिको क्षणमा ईस्पातजस्तो मुटु भएका उच्च नैतिकवान जापानीहरुलाई मेरो समवेदना!
मृतकहरुको आत्माले चीरशान्ति पाओस्!
प्रार्थना गरौं, आणविक भट्टीमा देखिएको अस्थिरताको चाँडैनै अन्त्य हुनेछ।
प्रार्थना गरौं, आणविक भट्टीमा देखिएको अस्थिरताको चाँडैनै अन्त्य हुनेछ।
र के निश्चित छ भने सधैंजस्तै यो शोकलाई पनि शक्तिमा बदलेर मौरीजस्ता जापानीहरुले आफ्नो जापानलाई फेरि शानका साथ उभ्याउनेछन्।
गाम्बात्ते निप्पोन!
गाम्बात्ते निप्पोन!
Basanta dai, it is so nice and inspiring article --- i enjoyed it -- padhisakda ani aankhama aanshu pani :( hami bichara nepaliharu hajurle bahne jastai chhau -- tara pani shubhakamna ta jati garible pani dina sakchha ni -- hardik samabedana ani shubhakamna mero
ReplyDeleteI really can't stop feeling for the Japanese. The disaster has been three fold : earthquake, tsunami and now even disastrous nuclear radiation leakage . Japanese could have easily stood up against the earlier two as Time is the greatest healer and Japanese people are the best prepared to face the torrents of Nature. But the nuclear specter will have a lasting impact of all . This is really tough.
ReplyDeleteमित्र बसन्तजी,
ReplyDeleteतपाईले लेख्नु भएजस्तै जापानीमा धर्यता अपार छ । उनीहरु अरूको दु:खमा त्यति नै सम्बेदन छन, जति आफ्नो दु:खमा हुन्छन् । मलाई यहा हाम्रो नेपाली मानसिकताका बारेमा अलिकति लेख्न मनलाग्यो ।
मैले केही जापानमा बस्दै आएका नेपाली साथीहरु सँग टोकियोको वरपर लोडशेडिङ्ग हुने र धेरैले दुखपाउने भए भनेर दु:ख व्यक्त गर्दा ती नेपाली मित्रले 'नेपालमा सधै लोडशेडिङ्ग हुदा केहि भएन अब यी जापानीले पनि दुख पाउन् अलिअलि' भन्दै हर्ष प्रकट गरे । अर्को सन्दर्भमा अर्का मित्रसँग 'जापानका ठूला कम्पनी जस्तै हिताची, पानासोनिकले अरबौ ऐन सुनामी ग्रस्तक्षेत्रको पनर्स्थापनामा लागि चन्दा दिने भएछन' भन्दा ति मित्रको प्रतिकृया 'उनीहरूले आफ्नो खल्तीबाट दिने होइन होला, नाफा कमका छन् दिन्छन नि' थियो । यी दुई प्रतिकृयाबाट के प्रस्ट हुन्छ भने, हामीबाट बिस्तारै मानवताको मान्यता हराउदै गएको हो कि जस्तो लाग्छ । अरूको दुखमा हामी नेपाली मनमनै खुशी पो हुन थालेका त छैनौन जस्तो लाग्छ । हाम्रोमा हुने लोडसेडिङ्गको कारण जापान सम्मृद्ध भएर हो भन्ने जस्तो प्रतिकृया हाम्रो मुखमा रेडिमेड उत्तर छन् । हामी आफू केहि नगर्ने तर अरूको प्रगतिप्रति ईष्यागर्ने प्रवृत्तिको विकास हुदै गएजस्तो छ । हामी आफ्नो कामको भन्दा अरूको काम प्रति बढि चासो दिन्छौ, अरुको कमजोरी पत्ता लगाउन र त्यसमा रमाउछौ ।
अनि कसरी होला हामीमा परिवर्तन !
यो गहन लेखले यतिबेलाका मेरा भावना सर्लक्कै समेटेको छ | राष्ट्रको बिपत्तिमा यहाँका जनताको सभ्यता, सहनशीलता र आफूजस्तै अरुप्रतिको सहिष्णुता राम्ररी देखिएको छ , जुन संसारका धेरै राष्ट्रमा यति प्रबल रुपमा देख्न मुश्किल हुन्छ | यसबाट हामीले सिक्नुपर्ने धेरै कुरा छन् | पढेलेखेका र विदेश देखेका सबै नेपालीले यस्तै संयम र समझ देखाउन सकेमात्रै पनि ठूलो कुरा हुन्थ्यो |
ReplyDeleteयो बिपत्तिका बेला जापानीहरुले देखाएको धैर्यता अनि सद्भावको विश्वले प्रशंशा नगरी रहन सकेको छैन l हजुरले कल्पना गर्नु भए झैं बिपत्ति हामी कहाँ नआओस भन्ने कामना गर्दछु किन भने त्यो बेला विध्वंस र समस्या जापानमा भन्दा भयावह अनि बिकराल हुनेछ l सम्पूर्ण जापानी अनि जापानप्रति हार्दिक सहानुभूति l
ReplyDeleteHajur ko kura sahi ho basanta dada, testo prakiti le diye pani Japani haru kati bikashit bhayeka chan, hami sanga yetro sampada huda ni upayog bihin bhayera khattam..
ReplyDeleteअति राम्रो लेखनु भयो समवेदना,म पनि जापानीहरू प्रति समवेदना दिन चाहन्थे तर कहाँ कसरि भन्ने सोची राख्या थिएं.
ReplyDeleteसाँच्चैनि जापानीहरूले विश्वयुद्ध र भूकम्पका प्रकोपहरू बिच गरेको प्रगति सराहनीय एवं अनुकरणीयछ.जापानीहरूलाई मेरो सलामछ एवं उही जोश र जाँगरले उनीहरूले छ्यतिलाई तीव्रगतिले समाप्त पार्दै अझ प्रगतिका नयाँ-नयाँ मापदण्ड स्थापित गर्न सकुन.
हामी नेपालीहरूलाईत राजनीतिको नाउँमा दादागिरीले रवाएकोछ,...राणाहरू,पन्चायतिहरू र अहिले पार्टीहरू.....सबैले आफ्नै कुरो ठिक भन्दै दादागिरी गरेका थिए,गर्दै छन्,र गरी रहने हुन कि ?
यस्तो विपती र समस्या दुश्मन लाइ नि नपरोस ! कस्तो भयानक दृश्यहरु थिए - फिलिम झैँ लाग्ने !
ReplyDelete