December 09, 2010

शहर

शहर

बल्ल चिनें उनलाई!
धन्न उनको छातीमा कान लगाएछु,
र उनको तातो ढुकढुकी छामेछु!

बलात्कार गरेछन् उनलाई 
यस्तरी विरुप पारेछन् उनलाई
उनको खोजीमा भौंतारिईरहेको म
उनलाई नचिन्दा-
उनकै घर अगाडि 
उनीसंगै
उनको ठेगाना सोध्दै रहेछु ।
(डिसेम्बर २०१०, काठमाण्डौं-पोखरा)

9 comments:

  1. बसन्त दाइ ... शहरको कुरा ल्याएर ... त्यहाँ को जहरको कुरा खोल्नु भो नी

    ReplyDelete
  2. heart touch one ----
    keep it up .

    ReplyDelete
  3. Ramro Tukra Basantai jee.

    ReplyDelete
  4. 'शहर' मात्र हैन कि बल्कि 'देश' नै यो छोटो कविताको शिर्षक भए नि उत्तिकै अर्थपुर्ण हुन्थ्यो । भावले राम्रो छोटो कविता ।

    ReplyDelete
  5. बसन्तजी म गाउँ सम्झंदैछु , तपाईं शहर खोज्दै हुनुहुन्छ | कतै भेटौं कि !

    ReplyDelete
  6. थोरै शव्दहरुको एउटा सानो यो हावाको झोक्काले, तर मेरो मन पुरै उडाई लग्यो ।

    ReplyDelete
  7. सानो र सुन्दर !

    ReplyDelete
  8. सुन्दर स्यानो रचना.
    शहर,गाउँ र सारा देशनै बलात्कृत भएकोछ.

    ReplyDelete
  9. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete