October 11, 2010

कति दिन बस्ने?

'कति दिन बस्ने' शीर्षकमा मेरो एउटा छोटो लेख छापिएको छ 'हिमाल खबरपत्रिका' को यसपालिको दशैं डबल अंकमा (वर्ष २०, अंक १२-१३, पूर्णांक २७३)। त्यसलाई यहाँ गएर हेर्न सक्नुहुन्छ। 

मैले केहि समय अगाडि यसै ब्लगमा राखेको लेख "तँ किन घर फर्किस्?" मा आधारित भएर, ब्लगमा प्राप्त प्रतिकृयाहरुलाई पनि मिलाएर लेख तयार पारेको थिएँ र त्यहि मूल शीर्षकनै राखेर पठाएको थिएँ। सम्पादनका क्रममा शीर्षक बद्लिएको हो। लेख पनि मूल कदभन्दा धेरै सानो आकारमा पुगेको रहेछ। यस्तो massive सम्पादनपछि मेरो लेखको मूल आशय फरक परेको त छैन तर कुराहरु हतारमा ओकलीरहेजस्तो देखिन्छ र ममा मेरा आफ्नै कुरामा त्यति धेरै आत्मविश्वाश नभएको छनक पनि देखिन्छ। गाऊँघरतिरको शब्द प्रयोग गर्दा लेख एक हिसाबले छेऊ-कुना कताकति नमिलेको 'टुकुने' बनेको छ। 

'हिमाल खबरपत्रिका' जस्तो प्रतिष्ठित पत्रिकामा लेख प्रकाशित हुनु गर्वको कुरा हो र यसका लागि मलाई हौस्याउनुहुने आदरणीय मित्र र प्रकाशित गरिदिने 'हिमाल' लाई हार्दिक धन्यबाद दिन चाहन्छु।

तर भविष्यमा पत्रिकाहरुमा लेख पठाऊँदा भने लेखले पाउने 'कद' पहिल्यै सोधेर आफैंले त्यहि सीमा अनुसार सम्पादन गरेर पठाउनेछु।

मैले तयार पारेर पठाएको लेखनै यहाँ राख्न भने लेखकीय नैतिकताले नदेला तर तपाईँलाई पढ्न मन लाग्छ भने म बिजुली-चिठ्ठीबाट पठाउन तयार छु, बिजुली-ठेगाना पाम्:)

4 comments:

  1. बसन्त सर । तपाईले पोष्ट गर्न भन्दा पहिले नै मैले हिमालमा तपाईको आर्टिकल हेरिसकेको थिएँ । `त किन घर फर्किस ?`भन्ने आर्टिकल पढ्नेहरुले मात्रै हिमालमा छापिएको तपाईको आर्टिकल राम्ररी बूझ्न सक्छन् । हिमालको सम्पादन स्टाईल धेरै टाइट छ । यो मैले पनि अनुभव गरेको कुरा हो । हिमालजस्तो उत्कृष्ठ खबरपत्रिकामा आफ्नो रचना प्रकाशित भएकोमा बधाइ छ । बरु तपाईले हिमालमा पठाएको आर्टिकल मलाई पनि hpralesh@gmail.com मा पठाइदिए आभारि हुने थिएँ ।

    ReplyDelete
  2. सर, हिमाल जस्तो गरिमामय पत्रिका मा लेख प्रकाशित गर्नु भएको मा बधाई छ / मैले link मार्फत पढ्ने अवसर पाएँ .... keep it up.

    ReplyDelete
  3. लेख राम्रो छ.कतिपय मानिषहरूले नेपालमै बसेर राम्रो काम एवं राम्रो आम्दनी गरेको खबरहरू कहिले काहीं पढ्न पाईन्छ.तर यो कुरा मानिषको सोच र उसको परिस्थितिमा निर्भर हुने कुराहो.
    हिमालमा लेख प्रकाशित भएकोमा बसंतजीलाई बधाईछ.

    ReplyDelete
  4. Himaal khabar patrika me aapka aalekh chhapa...bahut,bahut badhayi!

    ReplyDelete