April 01, 2010

संविधान त लेख्छन्, लेख्छन्-----

संविधान त लेख्छन्, लेख्छन्
संविधान त लेख्छन्, लेख्छन्
ल जा, मैले ठोकेर भन्दिएँ-
संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

प्रश्नपनि आफैं लेख्छन्
उत्तरपनि आफैं लेख्छन्
"त्यसो भए हाम्रो के काम?"
जनता आफ्नै टाउकोमा लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

दिऊँसो सुत्छन् र आधा रातमा लेख्छन्
नामी-नामी दारुको मातमा लेख्छन्
लेख्नु पो ठूलो काम हो, यसैले
आफैंले नबुझ्ने बातमा लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

स्वदेशी भट्टीमा बसेर लेख्छन्
विदेशी 'मट्टी'मा बसेर लेख्छन्
'कन्सन्ट्रेशन' चाहिन्छ हजुर संविधान लेख्न 
यसैले दूतावासको टट्टीमा बसेर लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

दश-दश धारा छिमेकीका लेख्छन्
दश-दश धारा अमेरिका-यूरोपका लेख्छन्
आफ्नु दिमागमा पिँध नभएपछि
अरुले जे भन्यो त्यहि-त्यहि लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

पाँच-सात धारा रामदेवका लेख्छन् 
पाँच-सात धारा पाइलट बाबाका  लेख्छन्
समावेशी लोकतन्त्र जो छ यो हजुर
दुई-चार धारा कालीबाबाका पनि लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

जे लेख्छन्, अब फटाफट लेख्छन्
हुने लेख्दैनन्, नहुने सबै लेख्छन्
काँचो संविधानको नयाँ भोज-
देशको भाग्यमा छेर्पटी लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

हो, सबै मिलेर संविधान लेख्छन्
र भोलिपल्ट पत्रिकामा "हामी मान्दैनौं!"लेख्छन्
बाँचुञ्जेल संविधानकै राजनीति जो गर्नु छ हजुर  
सबै मिलेर सबैले नमान्ने संविधान लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्
संविधान त लेख्छन्, लेख्छन्
ल जा, मैले ठोकेरै भन्दिएँ-
संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!


22 comments:

  1. अन्तिम म्याद आइपुग्दासम्म पनि ध्यानजति सरकार बनाउने कुरामै घोटेपछी यस्तै संबिधान बन्ने त होला नि ! बडो मजा लाग्यो पढेर |

    ReplyDelete
  2. मिति अलि मिलेन जस्तो छ, नत्र आजको मितिमा सविधान जारी गर्नु पर्ने नि । जनतालाई मुर्ख बनाइ राख्ने त हो । बरु संविधान छाप्न चैं भारतलाई दिन्छन पक्का हो । त्यसैले हाम्रा नेतालाई किन धेरै टाउको दुखाइ भो र । भारतले रेडिमेड संविधान प्रिन्ट गरेरै पठाउने भएसी ।

    ReplyDelete
  3. बहुत राम्रो र सटिक ब्यङ्य। आशा गरौ यस्तो नहोस। हामिले त आशा गर्ने त हो नि।

    ReplyDelete
  4. तपाईले लेखीसके पछि लाग्यो, संविधान त लेख्छन् लेख्छन् ! हा हा हा

    ReplyDelete
  5. यकदम सटिक समसामयिक ब्यङ्ग ।

    ReplyDelete
  6. very true! very satiric! realistic, poem!!!

    ReplyDelete
  7. दामी व्यङ्ग्य गयो । धेरैपछि चित्तबुझ्ने व्यङ्ग्य कविता पढियो ।

    साँईलीको भट्टीमा मात्तेर लेख्छन्
    महामहिमको खोपीमा आत्तेर लेख्छन्
    आफैंले लेख्नु परेमो सोचेर लेख्थे
    अरुले जे भने त्यहि त्यही लेख्छन्।

    ल जा मैले'नि ठोकेरै भने
    भत्ता पचाउन मात्रै नि लेख्छन !!!

    ReplyDelete
  8. ल संबिधान बनेनी नाबनेनी यो कविता चाही हिट हुन्छ नै !

    ReplyDelete
  9. निकै चोटिलो व्यंग्य !! अब त मलाई पनि संविधान लेख्छन् लेख्छन् जस्तो पो लाग्यो।

    ReplyDelete
  10. हो - संविधान त लेख्छन लेख्छन ! तर कहिले हो ! टुंगो छैन ...

    ...वा बर्षौ संविधानको राजनीति गरेर बस्छन अनि आफैले नबुझ्ने र सबैले नमान्ने संविधान लेख्छन .... (सबका सब खराब नियत ले चल्या छन - बडो दु:ख को )

    नेपालप्रति चिन्तनशील हुने देश भक्त नेपालि जो कोहीको मन .... तपाइको जसरि नै छिन्नभिन्न भएको छ ...
    यो लेखाइ हेर्दा तपाइको ब्यंग भन्दा पनि एउटा आवेग प्रस्तुत रहेछ ... तर ब्यंगको रुपमा !

    हुन् त .... काली बाबा जस्ता ले त ..... देश चलाएका छन् .... अहिलेका कुनै पनि राजनितिज्ञ ति .... निउजमा आएका काली बाबा भन्दा कम छैनन् जस्तो लाग्छ मलाइ त !

    ReplyDelete
  11. मलाई'नि लाग्या यस्तै-यस्तै हो, राता रात भए'नि लेख्छन्, जात जनाएर 'नेता'ले झैं लेख्छन् । कलममा पानी भरेर लेख्छन् ।
    थिति हेर्दा लेख्ने छनक यस्तै छ । तर यति सारो नहोस् ।
    व्यङ्ग्यको पुट कसिलो छ ।

    ReplyDelete
  12. तिनिहरुले लेखेको संविधान तात्तो न छारो को हुन्छ कि जस्तो छ । के गर्ने गर्ने ????

    ReplyDelete
  13. नितिमा हिड्ने हामी 'प्रजा' हरु न हौं दाजु । मलाई लाग्छ, यिनीहरुले संबिधान लेख्दैनन् ।
    तपाईंको लेखमा जादुबाद ।

    ReplyDelete
  14. Pakkai lekhchan, charai tarfa bata birodh jaagrit hune gari lekhchan; kasaile namanne gari nai lekhchan!

    ReplyDelete
  15. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    ReplyDelete
  16. very nice taunt but i don't think that they will prepare the constitution even that which u hope.
    Nepal may be going to an unknown and troublesome road.

    ReplyDelete
  17. राम्रो लाग्यो बसंतजी.

    Jiba Raj

    ReplyDelete
  18. धन्यबाद प्रेमबल्लभ सर!

    धन्यबाद जीवराजजी!

    ReplyDelete