March 27, 2010

संगीत, ओशोको संसारबाट



१९९८-१९९९ तिर होला Music from the World of Osho नाम गरेको संगीत संग्रह (क्यासेट) मैले सुन्न पाएको। त्यो संगीत सुन्दाको अनुभूति बेग्लै थियो, अर्कै आयाममा पुगेजस्तो लागेको थियो। र त्यो संगीत सुनिरहँदा जहिले पनि मेरो मनमा एउटा दृश्य स्पष्ट भएर आऊँथ्यो; हुस्सूले छोपिएको एउटा सानो सुन्दर गाऊँको बिहानी, कलिलो घाममा त्यो बस्ती खुल्दै-खुल्दै आईरहेको, हुस्सू बिस्तारै पातलिँदै गईरहेको। कलिलो घाम र पारदर्शी हुस्सूले छोपिएको त्यो सुन्दर गाऊँको पहिलो पटक बनेको आकृति अझै ताजै छ मेरो मनमा। गहन ध्यानबाट जन्मिएको कलाको सौन्दर्य र शक्ति यस्तै हुन्छ शायद।

त्यो क्यासेट केहि दिनपछि फिर्ता गरियो। आफैं किन्न भनेर बजारमा खोज्दा भेटिएन र त्यसै-त्यसै भयो। अहिले यूट्युबमा खोज्दा केहि भेटिन थालेको छ, माथि राखिएको तिनैमध्येको एक हो।

(यूट्युबमै भएपनि) संगीत सुन्दा भिडियो सकेसम्म हेर्दिन म। आज पहिलो पटक भिडियो पनि पूरै हेरेको, दृश्य संग्रह पनि एकदमै राम्रो लाग्यो।

यो भिडियो राख्नुहुने महानुभावलाई हार्दिक धन्यबाद!   

11 comments:

  1. बेजोड सुन्दर लाग्यो यो सङ्गीत | मनै ताजा र हलुका बनाउने खालको |धन्यबाद छ है बसंतजी |

    ReplyDelete
  2. Somewhere along the line, I have started enjoying,reading this language!

    ReplyDelete
  3. तपाई जस्तै म पनि यी योगीको निकै कुराहरु पढेको छु र सुनेको छु। अथाह सागरवाट १ थोपा पानि सहर सायद। मनलाई निकै चङ्‍गा गराउने यो सगितको श्रबण पहिले पनि गरेको थिए तर निकै पहिले। भिडियो भने पहिलो पटक हेरे, निकै सुन्दर रहेछ। फेरी पनि सुन्ने मौका मिलाईदिनु भयो। डाउनलोड गरेरै राखै अहिलेलाई यो भिडियो। तपाईलाई धेरे धेरै धन्यवाद है।

    ReplyDelete
  4. रमेशमोहन अधिकारीMarch 27, 2010 at 10:33 PM

    दृश्य र आवाज सुन्दर !

    ReplyDelete
  5. मौन सङ्गीत !
    सङ्गीत पनि यति मौन र शान्त हुँदोरै'छ, यस्तै उदाहरणबाट चाल पाइन्छ ।
    यस्ता महनीय सङ्गीतको आफू पनि असाध्यै पारखी । नयाँ नयाँ 'वैदिक च्यान्ट' सुन्न र बटुल्नमा कान चनाखा र प्रयास जोडतोडले हुन्छ । आत्मिक शीतलताका लागि सङ्गीतको पनि निकै भूमिका हुन्छ, यस्तै धुनले प्रमाण दिन्छन् कि जस्तो लाग्छ ।

    यो धुन पनि निकै मन पर्‍यो । कतै डोर्‍याए जस्तै लाग्यो ।
    सङ्ग्रहणीय पनि लाग्यो, मैले त डाउनलोड पनि गरेँ है यसैबाट । ;)

    बाँड्नुभएकोमा निकै धन्यवाद ।

    ReplyDelete
  6. Basanta jee,,,


    Dherai Ramro Sangit ra video Herna paye..
    Dherai khusi lagyo....

    Feri pani aasha gardachhu...

    ReplyDelete
  7. ओशो संसारका संगीतको प्रंशसक नै हुँ म पनि । मलाई पनि लाग्छ ओशो संसारका संगीत आँखा चिम्लेर सुन्दा पनि केही 'देखिन्छ' । तर यसमा भएका देखिने दृश्य पनि गज्जबसंगै संयोजन गरेर राखिएका रहेछन । संसारको सबै सुन्दरतालाई एकै ठाउँमा मस्तसंग समेटीएको रहेछ । आनन्द मिल्यो !!!

    ReplyDelete
  8. बसन्त जी - गीत संगीत मन नपराउने मान्छे सायदै नहोलान !
    यो अति माधुर्यता रहेको सगीत रहेको छ , शान्त ठाउमा बसेर सुनिरहू जस्तो .... कता कता चाइनीज मुभीको धुन जस्तो पनी लाग्यो !

    ReplyDelete
  9. सङ्गीत, त्यसमाथि पनि ध्यान सङ्गीत भनेपछि मिठो नहुने कुरै भएन। ओशो ध्यानको बारेमा खासै जानकारी नभए पनि सुन्दर दृश्यावलीसहितको यो सङ्गीत भिडियोले मन लोभ्यायो।

    ReplyDelete
  10. यहाँहरु सबैलाई हार्दिक धन्यबाद! यो संगीतबाट आनन्द लिनसक्नुभएकोमा खुशी लाग्यो।

    kshamajee, I fee very happy that you enjoy reading Nepali. It has its root in Sanskrit and shares Devnagari script and a large part of its vocabulary with Hindi (and many other South Asian languages).

    ReplyDelete
  11. मैले डाउन-लोड गऋ सकें ....संगीतको साथै दृश्यहरु पनि सारे राम्रो लाग्यो.

    ReplyDelete