एकजना साथी, गफ गरौं भनेर कैलाशजीको अफिसमा आईपुगिन्। कैलाशजीको चाला देखेर साथी दंग परिछन्! कैलाशजी कुर्सीमा त हुनुहुन्थ्यो तर आँखा चिम्लेर मसिनो स्वरमा एक्लै गफ गर्दै, बेला-बेलामा खित्का छोडेर हाँस्दै अनि कहिले फेरि 'भयो, भयो त्यो त---!' भनेर हात हल्लाउँदै हुनहुन्थ्यो।
साथी: ए--- तेरो दिमागको फ्यूज गयो कि क्या हो?
कैलाशजी: तेरै गयो होला नि---! बेकाराँ डिस्टप गरेर मलाई---।
साथी: के ग-या त्यो बहुला'ले जस्तो? एकोहोरो एक्लै कुरा ग-या छ, खित्का छोडेर हाँस्या' छ---।
कैलाशजी: ए--, केहि नि होईन। यो लोडशेडिङको बेलाँ आफैंले आफैंलाई जोक सुनाएर हाँसिराख्या'।
साथी: तेरो फ्यूज गएकै हो र'च। अनि त्यो "भयो, भयो त्यो त---!" भनेर हात हल्लाएको चाहिँ के नि?
कैलाशजी: ए--, त्यो चाहिँ "त्यो मैले सुनिसक्या' जोक हो, सुनाउनु पर्दैन--।" भनेको नि।
*******************************
बेदनाथ भाइ पनि अचम्मका मान्छे छन्!
अस्ति छुट्टीमा नेपाल जाँदाको कुरा हो। चार दिनसम्म "ओई बेदनाथ, कहिले आईस् तँ?" भन्ने प्रश्नको जवाफ दिँदा-दिँदा बेदनाथ भाइ हैरान भईसक्या रहेछन्। कतै निक्लनु नपरे हुन्थ्यो भनेको, त्यसको भोलिपल्ट एकजना नातेदारकहाँ बिहे परेको रहेछ, नगई भएन। त्यहाँपनि मान्छेलाई उहि जवाफ दिनुपर्ने भयो भनेर दिक्क मान्दैथिए भाइ।
बिहेघरनिर पुग्नासाथ त अचम्म पो गरे गाँठे यिनले! कोट छेऊमा राखेर र शर्टका बाहुला सारेर फिलिममा जस्तो "हा-- हु---याऽऽऽऽऽऽऽऽ" गरेर ठूल्ठूलो स्वरमा कराऊँदै कराँते-कम्फूको पोज पो देखाउन थाले। नजिकैको बिजुलीको पोलले तीन-चार दनक किक पनि खायो यहि मेसोमा:)
बिहेघरनिर पुग्नासाथ त अचम्म पो गरे गाँठे यिनले! कोट छेऊमा राखेर र शर्टका बाहुला सारेर फिलिममा जस्तो "हा-- हु---याऽऽऽऽऽऽऽऽ" गरेर ठूल्ठूलो स्वरमा कराऊँदै कराँते-कम्फूको पोज पो देखाउन थाले। नजिकैको बिजुलीको पोलले तीन-चार दनक किक पनि खायो यहि मेसोमा:)
तिनको चाला देखेर बिहे घरका जन्ती र घर-गाऊँले सबै त्यतै ओईरिए, बेहुलो पनि आईपुग्या' थिए रे रमिता हेर्न, बेहुलीचाहिँ के गरिन् कुन्नि:)
सबै आईसकेपछि बेदनाथ भाइ रोकिए, शर्टका बाहुला मिलाए र कोट लगाए। अनि नेताले जसरी भाषण गरे, "मान्छेपिच्छे जवाफ दिनुभन्दा सबैलाई एकैचोटि सुनाऊँ भनेर। म नेपाल आएको पाँच दिन भयो!"
*********************
होली खेलिसकेर कोठामा पस्न पनि पाएका थिएनन् अशेष भाइ, कसैले ढोका ढक्ढकाई हाल्यो। ढोका खोलेर हेरेको, उनै कविजी, ल परेन अब फसाद:) अशेष भाइ ढोका खोलेर मसिनो स्वरमा भुन्भुनिँदै भित्र पसे, कविजी पनि पछि-पछि आएर सोफामा घ्याच्च बसे।
"आज पनि बाबुलाईनै कविता सुनाउनु पर्ने भयो!" कविजीले कापी खोलिहाले। चिया बनाएर खाउञ्जेलसम्म कविताले अशेष भाइलाई पनि राम्रै 'ट्रिप' दिएछ। होलीको भाङमा यो अमूर्त कविता मिसाएपछि एकछिनचाहिँ गज्जबै हुँदो रहेछ:))
"बाबुलाई निकै मन परेजस्तो छ नि कविता!----" कविजीले फागुले रंगिएको बोके दाह्री मुसारे।
"अँ, मन प-यो।" अघि होली खेल्दा भेटिएकी केटी सम्झेर आँखा चिम्लिरहेका अशेष भाइको मुखबाट फ्याट्ट निस्किहाल्यो, मन प-या' चाहिँ कविता हो कि केटी हो रामजाने। त्यसो त केटीको नामै कविता पनि हुनसक्छ:))
"अनि बाबुले के बुझ्यौ, ल भन त!"
"खोई, मैले त केहि बुझिन।" अलिक झर्केजस्तो गरेर अशेष भाइले जवाफ दिए।
"तब न म नम्बरी कवि! बाबुजस्तो पढेलेखेको मान्छेले समेत नबुझ्ने कविता लेख्ने म ठूलो कवि होईन त?"
"त्यो त होला अंकल, तर म झन् ठूलो कवि---"
"कसरी, कसरी???"
"तपाईँ ठूलो कवि, तपाईँले लेखेको अरुले बुझ्दैनन्; मैले लेखको त झन् म आफैंले बुझ्दिन। अनि म झन् ठूलो कवि भईँन? ---"
*********************************************
Image Source: Click Here
यहाँहरु सबैको जय होस्!
--------------------------------------------------------
नेपाली ब्लगरहरु:सन्तान थरी-थरीका
हा हा हा !
ReplyDeleteकैलाश जी र वेदनाथ को चाँहि कुरा सम्झि सम्झि हाँसो को फोहोरा छुटिरा'छ । अशेष दाइ को कविता लेख्ने खुबिलाई चाँहि कम आँक्न मिल्दैन है ! हा हा हा !
यो पनि एउटा भाइबन्धुत्व नै हो है मैले त मानें । कुराहरु चाहि वहाँ मित्रहरुलाई सम्झी सम्झि झन गज्जब पो हुँदोरहेछ । हाहाहाहा ।
ReplyDeletesano kura hai ta.....holi ko din dekhi suru bhachha kura, ani 3 mahina samma kavi-kaka nadekhiyako kura pani chha lastma.....ullekhit holi 2009 ho bhane 12 mahina pugyo nabhaya 3 mahina pani pugdaina ki.....hasnalai matrai lekheko yo comment...hahaha
ReplyDeletehahaha...Hilarious!
ReplyDeleteLOL!!!
ReplyDeleteGreat! Great!! Great!!!
हाहा .... हाहा ....
ReplyDeleteबसन्त दाइ ले पनि ............. कुरा र प्रसंग गर्न चै मज्जा ले जान्नु भएको रहेछ !
आज के भएछ भने को त .......कैलाश जी ,मेरो , अशेष जी अनि कवी जी को कुरा .... लाइ पो उन्न भ्याउनु भएको रहेछ ! धन्यवाद ! केहि बेर भए पनि मन एक लै कोठामा हासेर भए'नि - रिफ्रेश भईयो !
अनि मलाइ जे भए'थ्यो त्यहि कसरि अड्कल काट्नु भयो नि ? तर तरिका चाही तपाइले भने जस्तो त - अपनाउन त सकिन है ! ( हेहेहे ....)
लौ तपाइँ को पनि जय होस ...............
Interesting stories!!
ReplyDeleteबेदनाथजीको जोक चाही दामी लाग्यो !
ReplyDeleteहा हा......बडा राम्रो लेख्नुभयो दाइले....मलाई कैलासजीको जोकलेचैँ स्वादले हँसायो...
ReplyDeleteGood collection and nice presentation, Basantaji!
ReplyDeleteha ha ha....
ReplyDeletevery good joke!
दोस्रो बेदनाथजीको बारेमा लेख्नुभएको चैँ खास्साको लाग्यो ।
ReplyDeleteपढिदिनुहुने, हाँसिदिनुहुने सबैमा सादर धन्यबाद!
ReplyDeleteरितु शिशिरजीले समयको कुरा उप्काउनुभएको रहेछ। खासमा म यो टाँसो लेख्दा 'टाइम मेशीन'मा यात्रा गर्दै थिएँ। त्यसैले यो आऊँदो जेठतिरको कुरो हो:))