February 23, 2010

नेसाजको Knowledge Transfer Symposium सम्पन्न

NESAJ Symposium on Knowledge Transfer-2010 भब्यताका साथ सम्पन्न भयो। त्यसै कार्यक्रमका केहि झलकहरु राख्ने अनुमति चाहन्छु आज।

कार्यक्रम Nagoya International Center को एउटा हलमा गरिएको थियो र उत्साहजनक सहभागिता रहेको थियो।
   आयोजक समितिका संयोजक र कार्यक्रम सञ्चालक सरोज कँडेल

 
स्वागत भाषण ठोक्दै आयोजक समितिका अध्यक्ष

 
नेसाजका पूर्व अध्यक्ष रिषभ पौडेल

  
गैर-आवासीय नेपाली संगठन (एनआरएनए)-जापानका राष्ट्रिय संयोजक डा. सुदिप अधिकारी

"Different Aspects of Federalism" शिर्षकमा विशेष आमन्त्रित प्रवचन दिँदै वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजी

प्रमुख अतिथि महामहिम राजदूत डा. गणेश योञ्जन तामाङ

 
नेसाजका अध्यक्ष एवं उद्घाटन सत्रका सभापति राजेन्द्र पराजुली धन्यबाद ज्ञापनका साथ सत्र समाप्तिको घोषणा गर्दै

उद्धाटन सत्रको प्रमुख आकर्षण प्राध्यापक मुसाकोजीको प्रवचन साँच्चैनै उत्कृष्ट थियो। बिभिन्न बिश्वविद्यालयहरु र राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरुमा फैलिएको प्राध्यापकको पेशागत जीवनको सार भनेपनि हुन्थ्यो ३५ मिनेटको अंग्रेजीमा दिईएको प्रवचनलाई। थोरै टिपोटहरुका भरमा र अलिकति ह्वाइट बोर्डमा लेखेर आफ्ना कुरा राख्नुभएको थियो प्राध्यापकले। 'झिलिमिलि' पावर-प्वाईण्टको जमानामा पनि त्यो बिनै यति सशक्त प्रस्तुति हुन सक्दो रहेछ। मलाई लाग्छ, यो मैले धेरै पछिसम्म सम्झीरहने एउटा प्रवचन हुनेछ।

प्राध्यापकको प्रवचनमा नेपालले अपनाउन लागेको संघीयताका बारेमा उहाँका धारणाहरु थिए मूलत:। कस्तो खाले संघीयता भन्ने कुरामा पश्चिमा वा अरु कसैको पनि प्रेस्कृप्सनलाई हु-बहु पछ्याउनु गलत हुने र नेपालीहरु आफैंले विकास गर्ने मोडेलमात्रै सफल हुने धारणा थियो उहाँको। उहाँका अनुसार नेपालको भू-राजनीतिक र आन्तरिक दुबै स्थिति पूर्व यूगोस्लाभियासंग धैरै मिल्छ। 

प्रवचनबाट जापानकै सामाजिक-राजनीतिक पक्षका नयाँ कुराहरु पनि जान्न पाईयो। जापानका अल्पसंख्यक जाति/समूहहरुमाथि अझसम्म पनि हुने दुर्ब्यबहार र पक्षपातका कुराहरुको बारेमा पनि बोल्नुभएको थियो उहाँले। विगतमा नेपालका दलितजस्तै अपहेलित जापानको अल्पसंख्यक 'बुराकु' (Burakumin) भनिने जातिको हुनुहुँदोरहेछ प्रोफेसर र उहाँका अनुसार कानूनी बिभेद नदेखिएपनि जापानी समाजमा उनीहरुलाई गरिने ब्यबहार अझै पनि राम्रो छैन। रोजगारी र सामाजिक जीवनमा अझै पनि प्रशस्त बिभेद देख्न सकिने रहेछ। नेपालको दलित आन्दोलनसंग पनि सम्बद्ध हुनुहुँदोरहेछ प्राध्यापक। नेपालबारेको उहाँको जानकारी साँच्चैनै विस्तृत र गहन थियो।

त्यसपछिका दुई सत्रहरुमा एकजना नेपालविज्ञ जापानी प्राध्यापक र जापानमा अध्ययन/अनुसन्धानरत छ नेपाली विद्यार्थीहरुले आफ्ना पेपरहरु प्रस्तुत गर्नुभएको थियो। 

 
Introduction to Fiber Optic Communication and Status in Nepal शिर्षकको आफ्नो प्रस्तुतिका साथ मधुसुदन कायस्थ

 
An Introduction to Early Childhood Development (ECD) Program in Japan शिर्षकमा सोविता कोइराला
  
Community Based Rehabilitation in Nepal:Challenge for Inclusive Society शिर्षकमा नेपालका अपाङ्गहरुको सामाजिक/आर्थिक स्थितिको बारेमा प्रस्तुति दिँदै Hamamatsu University-Japan Nepal Educational Cooperative Society का प्राध्यापक मासायुकी वातानाबे ( उहाँले केहि वर्ष नेपालमा काम गरिसक्नुभएको रहेछ र उहाँ सरल नेपाली बुझ्नुहुँदोरहेछ।)

Effects of FRP Reinforcements on the Buckling and Reduced Stiffness Criteria of Compressed Steel Cylinders शिर्षकमा आफ्नो अनुसन्धान परिणाम प्रस्तुत गर्दै कृष्ण कुमार भेटवाल

Possibility of Technology Transfer to Nepal शिर्षकमा आफ्नो Carbon Solar Cell बारेको अनुसन्धानमा आधारित प्रस्तुति दिँदै ईश्वर खत्री

  
Smart Contractor: A distributed Task Assignment System Based on the Simple Contact Net Protocol शिर्षकका साथ आफ्नो संलग्नतामा विकसित एक सफ्टवयेर प्रोग्रामको बारेमा जानकारी दिँदै बिपिन खनाल
 
 Potential and Problems in the Development of Micro-Hydro in Nepal विषयक प्रस्तुतिमा होम प्रसाद अधिकारी
 
कार्यक्रमको अन्त्यमा जापानमा रहेका नेपाली विद्यार्थीहरुको बारेमा बनाईएको एउटा डकुमेण्ट्री देखाउने तयारी गर्दै सरोज कँडेल 

 
ब्यबश्थापनमा ब्यस्त विमल अधिकारी

कार्यक्रम सफल बनाउन योगदान दिनुहुने पेपर प्रस्तुतकर्ताहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! कार्यक्रम समापनको घोषणा गर्दै आयोजक समितिका अध्यक्ष वसन्त गौतम

र अरु तीन सामूहिक झलक;



साँझ ओजोनेको म्याग्दी नेपाली रेष्टूरेण्टमा भएको रमाईलोको कुरो त बेग्लै छँदैछ:))

13 comments:

  1. That was great post!Enjoyed going through the pics as well!
    And about the oppressively depressing story of Pooja..its a real life story...in fact, pooja went though more hell than what has been narrated...imagine HER predicament!

    ReplyDelete
  2. गोष्ठी सफलतापुर्बक सम्पन्न भएकोमा यहाँलाई हार्दिक बधाई ! रमाईला तस्बीरहरु आफैं बोले |

    बुझ्नलाई भाषाको जटीलता र जापानीहरुको सामान्यत खुलेर कुरा नगर्ने कारणले हामीलाई यो समाजका बिसंगतिहरु बारे बुझ्न गाह्रै पर्छ | मेरो बिचारमा, सबै देशमा जस्तै यो देशमा पनि यस्ता धेरै नै पक्षपातपूर्ण ब्यबहारहरु अझै छिप्त छन् , तर कानुन कडा भएकोले सोझै व्यक्त नभएका होलान ! फेरि, यहाँका धेरै नै मानिस नबोलीकन घच्चामच्चा सहने पनि गर्छन जस्तो लाग्छ |

    ReplyDelete
  3. चैतन्य जीले भन्नुभए जस्तै तस्विरहरुले धेरैकुराको जानकारी दिए । पढ्दै जाँदा पुछारतिरको म्याग्दी नेपाली रेष्टूरेण्ट मा चाही विशेष रमाईलो भएजस्तो छ ।लेख्नुहोला नि अर्कोपाली त्यो माहौलको बारेमा पनि :)

    ReplyDelete
  4. Thanks for information. Though, I didnot attend the symposium, I will be happy if you could forward some abstract concepts of particular presentations for sharing purpose. I have some knowledge working with Doctor(physiotherapist) Watanabe, before 15 years ago in both community and institution based disablity prenvention and rehabilitation programs.

    ReplyDelete
  5. कार्यक्रममा उपस्थित हुन नपाए पनि टाँसोमार्फत् 'अपडेट' हुने अवसर दिनुभएकोमा धेरै-धेरै धन्यवाद। प्राध्यापक मुसाकोजीको प्रवचन शैली विशेष नै लाग्यो। जापानजस्तो देशमा पनि अल्पसंख्यकमाथिको भेदभाव झट्ट सुन्दा अचम्म लागे पनि समाज र मान्छेका चरित्र धेरथोर सबैतिर उस्तै हुन् भन्ने कुरामा शंका छैन।

    ReplyDelete
  6. प्रतिकृयाका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    चैतन्यजी, पन्थीजी; मान्छेको चरित्र न हो, जति विकसित भएपनि अलि-अलि भेदभाव त बाँकीनै हुँदो रहेछ। जापानीहरुको कम बोल्ने, बिरोध पनि सकेसम्म शान्तिपूर्ण तरिकाले गर्ने आदि स्वभावले गर्दा होला, धेरै कुरा सतहमा देखिँदैनन्।

    दिलिप दाइ, त्यो म्याग्दी रेष्टुरेण्टको रमाईलो भनेको बिजुली पानीले भिजाएको यतैका 'लोकल' गफ मात्रै हुन्:) ब्लगमा त्यस्ता 'लोकल' गफ के लेख्नु र:)

    छत्रजी, प्रा. वातानाबेसंग तपाईँले सहकार्य गर्नुभएको कुरा सुन्दा खुशी लाग्यो। तपाईँ आउनुभएको भए अझ रमाइलो हुने थियो। जहाँसम्म पेपरहरुको कुरा छ, सम्बन्धित ब्यक्तिहरु र नेसाजको अनुमति लिएर पठाउने कोशिश गर्नेछु।

    ReplyDelete
  7. जापानको विकसित समाजमा पनि 'बुराकु' जस्ता समुदाय रहेछन्, समय ले केही चिन्ह हत्तपत्त मेट्न नसक्ने उदाहरण होला यो ।
    धन्न !

    कार्यक्रमबारेको सचित्र जानकारीका लागि धन्यवाद !

    ReplyDelete
  8. बौध्दिकताको बेजोड सङ्गम लाग्ने नेसाजको कार्यक्रमको झलक र विवरण दिनुभएकामा साधुवाद ! प्रविधिमा विकास गर्दै गरेका नेपाली तथा नेपालका बारेमा चासो राख्ने जापानी दुवै थरीलाई धन्यवाद ! आआफ्ना कार्यमा सफल हुन शुभकामना ! यस्तै समाचार र जानकारीहरू पाउँदै रहौँ है !

    ReplyDelete
  9. विदेश मा रहेर - नेपालीहरु को प्रगति विबरण देख्न पाउदा खुसि लाग्यो अनि आफ्नै संयाजकत्वोमा यत्रो कार्यक्रम गर्न सफल हुनु भएकोमा - बसन्त जी लाइ धन्यबाद -तपाईका कदम र प्रयासहरु नरोकिउन !

    प्रोफेसरको कुरा ले - जापानमा पनि कता कता विभेदको कुरा रहेको प्रष्ट्याएको छ ! अनि उहाले दिनु भएको सजेशन - धेरै राम्रो रहेको छ - नेपालको सन्दर्भमा !

    ReplyDelete
  10. हार्दिक धन्यबाद धाइबाजी, क्षमाजी, रमेशमोहनजी, बेदनाथजी!

    ReplyDelete
  11. हुन त मेरो कुरा कतिको सुनिन्छ म तपाईं सँग सम्न्धित कुरा गर्दै छु ।नेपाल को हेटौंडा भन्ने बजार बाट कारीब २५ किलोमिटर पूर्व लागे पछी एउटा गाउ आउछ तेस गाउ को नाम छतिवन हो यो नेपाल को छेत्रफल को हिसाब ले ठुलो गबिस मध्य पनि पर्छ ।यस गाउ म एक घर म एउटा अति कमजोर ,गरि,परिवार मा एउटा बच्च जन्मिएको छ ।उस्को मुख र नाक एउटाै छ उस्ले आम को दुध खान सक्दैन आमा ले दुध निचोरेर खुवौनु पर्छ अनि मुख्य सम्स्य भने को क हो भने यस बच्च को अप्रेसन को लागि त्यो बच्च लाई सहयोग चहिएको छ ।म त भर्खर १२ म पढ्दै छु मैले जब त्यो बच्च देखे तबा देखी उस्को सहयोग को लागि ठाउँ खोज्दै हिडिरहेको छु मलाई थाहा छैन कस्ले उस्लाई सहयोग गर्न सक्छ धेरै आपङ को सस्थ छ भनेको सुनेको थिए जस्ले एस्त बालबालिका लाई हेल्प गर्न सक्छ ।तपाईंको पोस्ट जापान सम्मा पुग्दो रहेछ तेसैले मैले हजुर सँग यो कुरा राख्दै छु बाहिरा बस्ने नेपाली हरु ले अलि अलि यो बच्च को लागि हेल्प गरिदिए सयद यो बच्च पनि एउटा सबल बेक्ती बन्न सक्थियो कि यदी चहिएको खन्द म हजुर लाई म फोतो पनि पठाउन सक्छु ।मैले मेरो दैलाई फिन्लन्द म पनि वनेको छु उहले पनि सहयोग गर्ने साथी जुतौदै हुनुहुन्छ ।एउटा गरीब बचच को लागि मेरो कुरा सुनिदिनुहोश दाई मैले नसम्झे पनि यो बच्च्ले तपाईं लाई कहिले बिर्सिने छैन मलाई नेपाली टाईप गराणा अयोउदैन तेसैले मैले युनिकोड को सहएत ले टाईप गरेको छु धेरै गल्ती छ सहयोग गर्न सक्नुहुन्छ भने मलाई मेरो ईमेल म भाई भन्नु म चहिने सबै प्रमाण तपाईं लाई ईमेल गरिदिन्छु अयोउन परे पनि काठमाडौं सम्मा म अयोउने कोसिस गर्ने छु मैले गर्न सक्ने एती छ दाई plz तपाईंको कुरा पुग्ने ठाउँमा कुरा राखिदिनु होला यो भाई तपाईंको आश। म रहनेछ । softsansar@yahoo.com(www.softsansar.blogspot.com)

    ReplyDelete