यो टाँसो पनि माओवादीको जारी 'राष्ट्रिय स्वाधीनता आन्दोलन'कै एउटा प्रसंगमा केन्द्रित गर्दैछु। यसपटक माओवादीहरुले उल्लेख गर्ने नेपाली राजनीतिको एउटा पात्रको कुरा हो।
माओवादी र विशेष गरी यसका अध्यक्ष अहिले दासढुंगा दुर्घटना र दरबार हत्याकाण्डलाई भजाएर आफ्नो आन्दोलनमा समर्थन बढाउने अभियानमा छन्। उनीहरुको भनाइ अनुसार राष्ट्रवादी भएकै कारण भारतले तत्कालीन राजा बीरेन्द्रको हत्या गराएको हो। उनीहरुको भनाई अनुसार राजा बीरेन्द्रसंग उनीहरुको राम्रो सम्बन्ध थियो र माओवादी हेडक्वार्टर र बीरेन्द्रको सम्बन्धका सूत्रधार तत्कालीन (पूर्व) अधिराजकुमार धीरेन्द्र थिए। प्रचण्डको भनाई अनुसार त बीरेन्द्र प्रचण्डसंग वार्ता गरेर राजतन्त्र समाप्त पार्न र आफू पहिलो राष्ट्रपति बन्न समेत तयार थिए रे! अहिले प्रचण्डको भाषणैपिच्छे मदन भण्डारी र बीरेन्द्र संगसंगै धीरेन्द्रको नाम पनि आउँछ।
धीरेन्द्र शाह मेरो उमेरका नेपालीहरुको बाल्यकाल र कैशोर्यका स्मृतिका एक कुख्यात पात्र हुन्। पञ्चायत आफ्नो मस्त यौवनमा छँदा निरकुंश राजतन्त्रको सुरक्षा कवचमा बसेर उनले देशमा अनगिन्ती अपराध र हत्याकाण्डहरु मच्चाएका थिए। २०४६ सालपछि जन्मेको पुस्तालाई बुझाउनु पर्दा, उनी अघिल्लो पुस्ताका 'पारस' थिए, अझ उद्दण्ड। सञ्चार साधन र पत्रिकाहरुको अहिलेजस्तो बाहुल्यता नभएपनि उनको बारेमा पूरै देशलाई थाहा थियो र उनी त्यति बेला त्रासको स्रोत थिए र घृणाका पात्र थिए।
धीरेन्द्र शाह यौन-आशक्त थिए र केटी फेरिरहन्थे। उनको बारेमा कस्ता सम्म हल्ला चलेका थिए भने उनी हरेक दिन पद्मकन्या क्याम्पस अगाडि गएर बस्थे रे अनि जुन केटी राम्री लागी, त्यसैलाई अपहरण गर्थे रे। उनी लुगाभित्र पनि देख्न सकिने खाले चश्मा लगाउँथे भन्ने हल्ला पनि थियो। यस्ता हल्लाको तथ्यमा अतिशयोक्ति पक्कै छ तर सार भने पटक्कै गलत छैन। त्यतिबेरको अत्यन्त चर्चित नमिता-सुनिता हत्याकाण्डका प्रमुख दोषी भनेर मानिएका थिए उनी, तर सत्ताको आडमा उनी कारबाहीबाट जोगिए, कथित अनुसन्धानमा उनको नाम समेत आएन।
देशका पूराना मूर्ति चोरेर बिदेशीलाई मोटो दाममा बेच्ने र लागू पदार्थको कारोबार गर्ने शक्तिशाली गिरोहको नाइके पनि उनै मानिन्थे। यसै क्रममा कुनै बैशाख एकको राती, पूरा काठमाण्डौं उपत्यकाको बत्ती निभाएर भक्तपुरको भूपतीन्द्र मल्लको शालीक उखेल्न दलबलसहित क्रेन लिएर उनी त्यहाँ पुगेको तर त्यहाँ खटिएका नेपाल प्रहरीका एक निर्भीक इन्स्पेक्टर रुपकराज शर्मा (जो एक समयका चर्चित फुटबल खेलाडीसमेत थिए) का कारण उनको योजना असफल भएको अर्को एउटा हल्ला पनि आँधीजस्तै फैलिएको थियो। पूरा काठमाण्डौं उपत्यकामा एकैचोटि बत्ती निभेको त्यो रात याद छ मलाई।
उनले आफ्नी श्रीमतीलाई सधैं निर्घात चुट्ने कुरा पनि चर्चाको केन्द्रमै रहिरहन्थ्यो सधैं।
दरबारभित्रको केहि आन्तरिक कारणले होला, पञ्चायतको अन्त्य हुने ताका उनी अधिराजकुमारको पदवी त्यागेर बेलायत बस्न थाले। त्यसपछि क्रमैसंग उनी बारेका चर्चाहरु सेलाउन थाले।
केहि वर्ष बेलायत बसेपछि उनी फेरि नेपाल फर्किए। त्यतिखेरसम्म नेपालबाट पञ्चायत गईसकेको थियो र देशमा बहुदलीय संसदीय ब्यबश्था थियो। यसपछि उनी अर्को हिसाबले चर्चामा आउन थाले। मण्डलेहरुको भिड जम्मा पारेर 'कार्यक्रम' गर्ने र संसदीय ब्यबश्थाका बिरुद्ध विषवमन गर्ने-गराउने गर्न थाले उनी। उनको कार्यक्रममा मण्डलेहरु 'आदेश पाए पार्टीका नेताहरुलाई बन्दूकले उडाइदिन्छौं!' भनेर खोक्थे। उता सांसदहरु भने संसदबाट 'बेलायतमा कुहिरीले लात हानेपछि यहाँ आएर हामीसंग निहुँ खोज्ने?' भनेर प्रतिवाद गर्थे। दरबार हत्याकाण्डसंगै यो दोहरीको पनि अन्त्य भयो।
निरंकुश सामन्ती शाशन-त्यसको नेतृत्व गर्ने राजतन्त्र-बाट देशलाई मुक्त पार्ने भन्दै देशमा सशस्त्र द्वन्द्वको डढेलो सल्काउने माओवादीको यस्ता ब्यक्तिसंग त्यति आत्मीय सम्बन्ध रहेछ भन्ने जान्दा जो कोहिलाई पनि शुरुमा अचम्म लाग्छ। माओवादीले जुन-जुन प्रवृत्तिको बिरोध गरेको थियो या बिरोध गरेको भनेर कार्यकर्ता र जनताको आँखामा छारो हालेको थियो ती सबै प्रवृत्तिहरुको एक प्रमुख प्रतिनिधि पात्र स्वयं धीरेन्द्र थिए। राजतन्त्रको बिरुद्ध भनेर त्यत्रो बबण्डर देशमा शुरु गर्ने, देशका होनहार युवा-युवतीहरुलाई आगोमा झोस्ने तर आफूभने दरबारसंग 'सुमधुर' सम्बन्ध राखिरहने? प्रचण्डसंग वार्ता गरेकै भरमा बीरेन्द्रले गद्दी छोड्ने भए त्यत्रो रक्तपात के का लागि? संसदीय ब्यबश्थाका बिरुद्ध?
उग्रवामपन्थी र उग्रदक्षिणपन्थीहरु सारमा उस्तै हुन्छन् भनेको यहि हो। उनीहरु दुबै मूल रुपमा बहुदलीय शाशन र खुल्ला समाजको विपक्षमा हुन्छन्। माओवादी र धीरेन्द्रको 'गर्धन' जोडिनुको मूल कारण पनि यहि हो। संसदीय ब्यबश्थाको बिरोधमा माओवादी चरित्रका, नीतिका अरु सबै तमाम कुराहरुलाई बिर्सेर जो संग पनि गठबन्धन बनाउन तयार थियो। के यहि हो प्रगतिशीलता? यहि हो जनवाद?
धीरेन्द्रको मृत्युपछि पनि यस्तै दरबारीया प्रतिनिधिपात्रहरुलाई आफ्ना बिश्वाशपात्र बनाउन माओवादीले छोडेको छैन। राजतन्त्रको अन्त्यपछि प्रखर निरंकुश राजतन्त्रका हिमायतीहरु रातारात माओवादी बनेका छन् र तिनले लाल-कार्पेट स्वागत पाएका छन्। सूर्यबहादुर सेन ओलीजस्ता पञ्चायत र राजतन्त्रका पहरेदार खम्बाहरु माओवादीका सल्लाहकार र सभासद समेत बनेका छन्। ज्ञानेन्द्रको निरंकुश शाशनकालका सबैभन्दा ठूला हिमायतीमध्येका एक लोकमानसिंह कार्कीजस्ता मान्छेहरु माओवादी नेतृत्वको बिश्वासपात्र भित्रिया बनेका छन्, उनलाई अस्ति प्रचण्डले अख्तियारको प्रमुख पदका लागि समेत सिफारिश गरे।
गज्जब लाग्छ मलाई! कुरा आकाश-पाताल जोड्ने गरी आदर्शका गर्ने तर ब्यबहारमा धीरेन्द्र प्रवृत्तिसंग अगाध प्रेम देखाउने, त्यसैसंग घाँटी जोड्ने! यो कुन 'वाद' हो कुन्नि, मजस्तो अदना नेपाली नागरिकले बुझ्न कठिन भयो।
म पनि तपाईंकै पछाडि उभिएको छु बसंतजी, कुरा बुझ्न नसकेर ! यादब र माधबलाई सराप्दैमा व्यस्त पक्षहरुले यसको जबाफ दिन फुर्सत निकाल्लान कि ?
ReplyDeleteहैन माओ बादी हो कि राजा बादी हो यो प्रचण्ड भन्ने चरो हो कि बिचरो ह ?
ReplyDeletema pani pattakkai bujhdina khoi ke khoi ke . samaya sandarbhik lekh satya lekhna sakne kalam lai salam .
ReplyDeleteअर्को उप्काउनैपर्ने पाटो उप्काउनुभएको छ सरले। धीरेन्द्रका कर्तूतका बारेमा प्रतक्ष्य अनुभव नभए पनि धेरै सुनेको हुँ मैले पनि अग्रजहरुबाट। लेखको मूल आशयभन्दा केही फरक प्रसंगमा कुरा गर्दा भूपतीन्द्र मल्लको सालीक उखेल्न नदिने ती निर्भिक प्रहरी इन्स्पेक्टर र चर्चित फुटबल खेलाडी रुपक शर्माको नाम पनि लेखमा उल्लेख गर्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ। चिन्नेहरुले त चिन्लान्, नचिन्नेहरु त एउटा असल मान्छेलाई चिन्नबाट वञ्चित हुन्छन् नि, हैन र?
ReplyDeletearko kuro, dhirendra ko adhiraj kumar ko padabi khosinu ko mul player rani aishwarya lai jan6. birendra ka daju bhai sanga aishwarya ka sabai didi bahini biha bhaeko. afni Mrs lai kutne bhaeko khabar dhera pa6i thaha paepa6i warning deko thin are aisworya le dhirendra lai. durbar ko harek party ma dhirendra ko udanda hunthyo re. ek palta testai parti ma nasa ko chur ma dhirendra le aishworya lai goli haneko tara adc lai lagyo- security shield garda. tyo incident nai dhirendra ko padabi khosinu ma birendra le sahamati janaeko thyo.
ReplyDeletearko kura, dhirendra harek din jaso 3-4 baje pk agadi gadi liera aauthyo. usko sport car sabaile chinthe. pk bhitra gae pa6i keti haru Fashion show ka contestant jasto gari line basthe are, ani usle 1, 2 jana lai 6anthyo, ani tespa6i usko drive sidhai dhulikhel or dolalghat.
ma teti bela 12-14 barsa ko thiye ra pk agadi kai ghar ma dera gari basthe daju haru sanga.
teti bela bagbazar basi haru le harek din ko tyo chala sahana nasakera 3 baje nai sabai pasal, shutter banda garne gare, pk hostel ma basne keti haru lai saman bechna bada gare, kati bahira bata aaune tara aarthik kamjor bhaeka harulai chanda garera ghar jane bato kharcha diye.
namita sumita kanda pokhara ma ghateko ra tesle desh byapi birodh lyayo. school school bata tesko birodh rally bhayo.
Dhirendra nepal ko itihaas ma kukhyat villian nai thiyo. paras ko original copy. ajha extreme.
वसन्तजी, माअेावादीका सम्वन्धमा एकदम सटीक लेख राख्नु भएकेामा धेरै धेरै धन्यवाद । लेख वडेा सान्दर्भिक लाग्येा । तत्कालिन अवस्थाका धीरेन्द्र भनेका मन्डले र मुर्तीचेारका नार्इके नै हुन् ।प्रचन्ड विना सुझवुझ जनतामा उग्र कुरा गर्ने,राजनीतिक पार्टीहरूलार्इ वलियेा वनाउने भन्दा पनि त्यहा भित्र भएका कमीकमजेारीलार्इ लिएर चलखेल गर्ने। अनि अाफनै पार्टी भित्र पनि गुट उपगुट वनाएर अाफु संधै हिरेा वन्न खेाज्ने देखियेा । सत्तानै सवै कुरा ठान्ने त्येा वाहेक वांच्न नसक्ने सेाध हिजेा कांग्रेसमा पनि गिरिजामा थियेा । अाज उनमा त्यही देखिएकेा छ ।
ReplyDeleteThanks a lot for your comment om "Bikhare Sitare".I really appreciate it!
ReplyDeleteमाओवादीका कतिपय कुराहरू राम्रा छन् तर आफ्नो निहित स्वार्थ हेरेर जो पायो त्यसैलाई काखी च्याप्ने शैली प्रति मेरो पनि आक्रोस छ । सरको लेख साह्रै सान्धर्भिक लाग्यो । जनयुद्धको नाममा हजारौँ जनताको रगतको होली खेलेर आफू भने भित्र भित्रै दरवारियासँगको साँठ-गाँठमा रहेको कुरा खुलेआम घोषणा गरि हिड्ने यो तथाकथित गौरवशाली पार्टीलाई मेरो कोटी कोटी नमस्कार गर्न वाहेक केहि गर्न सक्दिन अहिले ।
ReplyDeleteएक पटक सोच्नै पर्ने कुरा को सन्दर्भ उठाउनु भएको छ - वसन्त जी !
ReplyDeleteलोकमान सिंह कार्की जस्ता व्यक्ति लाइ किन अख्तियार को प्रमुख पद मा नियुक्तिको लागि सिफारिस गरि एको हो - त्यो त मैले पनि बुझ्न सकिन ?
यस्ता धेरै कार्यहरु छन् जुन तपाइँ हामि जस्ता आम नागरिक ले बुझी नसक्नु छ ..... खै कस्तो स्वतन्त्रा र मुक्ति दिलाउन तल्लिन छन् उनीहरु !
पहिले देखि र अहिलेसम्म एउटै धुनमा मात्र लागेको छ त्यो "वाद"- चेतना भएकाले नभएकालाई ख्वाप्पई खाने रे ...माओवादीमय बनाउने रे, अनि सत्ता कब्जा गर्ने रे । उसको बिचारमा अरु सबै चेतनाहीन प्राणी हुन्,अब लाजै पचेपछि जजसलाई प्रेम दर्शाए पनि केहि फरक पर्दैन ।
ReplyDeleteबिपक्षिलाइ कम्जोर बनाउन मात्र कुनै गठबन्धन गर्ने हो भने त्यसले अन्तत आफैलाई कमजोर बनाउछ.. तर संसदीय ब्यबस्थालाइ कम्जोर र बदनाम गर्नु मा त संसदीय ब्यबस्थाबादी कै गैर जिम्मेवार भूमिका थियो नि त हैन र ?
ReplyDeleteपढ्नुहुने, प्रतिकृया दिनुहुने सबैमा सादर धन्यबाद!
ReplyDeleteAnonymousजी, धीरेन्द्रका कर्तूतबारेको थप जानकारिका लागि आभारी छु।
पन्थीजी, तपाईँको कुरा सहि हो। ती निर्भिक इन्स्पेक्टर रुपक राज शर्माको बारेमा नयाँ पुस्ता र थाहा नपाउने सबैले थाहा पाउनैपर्छ। मैले थपेको छु।
हावा ब्रो, संसदीय ब्यबश्था किन र कसरी कमजोर भयो भन्ने कुरा अर्को छलफलको विषय हुनसक्छ। यो लेखको मेरो उद्देश्य भनेको धीरेन्द्र प्रवृत्ति र यससंग घाँटी जोड्न पुगेको माओवादीका बारेमा केहि खोतल्नु थियो।
अत्यन्तै समयसान्दर्भिक लेख छ यो । आम नागरिकको विचार लेख्ने तपाईको कलमलाई सलाम छ वसन्त सर ।हरेक अपराधवाट मुक्तिका लाथि बरदान बन्दैछ माओवादीको ट्याग । जो र्दुभाग्यपुर्ण हो नै ।क्रान्ति युद्ध हत्या र सत्तालाई एउटै परिभाषाभित्र अटाउन खोज्ने माओवादीको खराब चरित्रले देशको भलो गर्देन ।माओवादी बिल्ला भिरेकै भरमा सुखसयलले बस्न पाइन्छ गाउघरमा दवदवा कायम गर्न पाइन्छ भन्ने भुत सवार भएर हरेक फटाहा प्रवृत्तिका र जालसाजीमा संलग्न भएका पनि यतिबेला माओवादीमा आकर्षित भएका छन् । यसले देशको ठुलो पार्टीको रुपमा माओवादीका नेताले गर्वको नाक फुलाउन पनि बेकार छ ।लिन प्याओले रातो झण्डा बोकेरे झण्डै माओत्सेतुगलाई सिध्याइदिएका थिए । रातो झण्डा बोकेरे ख्रुस्चोभले स्टालिनलाई सोत्र्याम बनाइदिएको थियो । त्यसैले कम्युनिष्ट नाम राख्ने बित्तिकै व्यक्ति वा संगठन पवित्र हुंदेन । कम्युनिस्ट पार्टीमा त पवित्रताको कसी हुन्छ – जनताप्रति सम्बन्धित संस्थाको वा व्यक्तिको सम्मान हुन्छ । अझै पनि माओवादीले यस्ता करा बुझ्देन भने उसको हैसियत के हुने हो स्पष्ट छ ।
ReplyDeleteविचारपूर्ण प्रतिकृयाका लागि धन्यबाद पोखरेलजी! राजनीतिमा इमान्दारीता नभएपछि हुने यहि हो। शक्तिको दम्भले उनीहरु भरिएका छन् यतिखेर तर इमान्दारिता र बिश्वासमा नउभिएको शक्ति क्षणिक हुन्छ।
ReplyDeleteबसन्तजी, एकदमै सटिक र राम्रो लेख लेख्नु भएकोमा धन्यवाद।
ReplyDeleteधन्यबाद बद्रीजी!
ReplyDeleteNice info Basanta ji
ReplyDeleteI have been doing a series of video report on Dhirendra and I will refer your article in an upcoming video. This is the last one I did - Part 9 -
https://www.youtube.com/watch?v=0syKDr9RLfY