February 13, 2010

तिमी

तिमी छ्यौ र त पवित्र मन्दिर लाग्छ
मलाई मेरो हरेक बास,
अहोभावले भरिएका छन्
मेरा प्रत्येक पलहरु
र प्रार्थना जस्तो लाग्छ हरेक श्वास;

लहर लागेर तैरिरहेका छन्
खुशीका सहस्र जोडी राजहाँस
मेरो आँखाको आकाशमा,
र उडेर जुन क्षितिज पुगेपनि
सधैँ सधैँको लागि जोडिएका छन्
तिम्रो आँचलको एक छेऊमा;

मेटिएको छ मेरा लागि अब
हिऊँद र वसन्तको भेद,
तिमी हुनुको मेरो खुशीमा
पागलपन चढेको छ रुखहरुलाई
र निर्वस्त्र नाचिरहेछन्,

मुटु जमेर कठ्याङ्रिएको हैन यो रात-
तिमी हुनुको खुशीले अवाक् मात्रै हो
सेतो पछ्यौरीभित्रको यो रात,
आफ्नै लागि लाम्बिएको हैन यो रात-
मेरो दिनलाई अलिक बढी घाम टिपेर दिन
तन्किएको मात्रै हो यो रात,
हो प्रिय,
तिमी हुनुको खुशीले
अवाक् मात्रै हो यो रात।

(डिसेम्बर १२, २००५; खासुगाई, आइची, जापान)
 
Image Source : Click Here

15 comments:

  1. प्रणय दिवसको सुरुवात यही 'रोमान्टिक' कविता बाट भयो मेरो । कास ! मैले पनि आफ्नो 'तिमी' लाई यस्तै कविता दिन सक्थें !!!

    ReplyDelete
  2. रमेशमोहन अधिकारीFebruary 14, 2010 at 3:12 PM

    कविता सुन्दर लाग्यो । निकै राम्रो लाग्यो ।

    ReplyDelete
  3. Lovely ...I second Dilip Ji :)

    -Prajwol-

    ReplyDelete
  4. वसन्तजी, कविता राम्रेा छ। एउटा सल्लाह दिनुस, मेरेा व्लग कसरी साज सज्जा गर्ने हेाला , गर्न मिल्छकि मिल्दैन । अनि लेख व्लगमा सिधै लेख्ने गरेकेाले केही त्रुटी भै रहेकेा छ । कसरी लेखलार्इ पेास्ट गर्ने । वर्डमा टार्इप गरेर व्लगमा पेस्ट गर्दा लेखहरू पेस्ट पनि नभएकेाले मलार्इ लेख रचना राख्न निकै गाह्रेा भएकेा छ । केही सुझाव भए पाउन ।

    ReplyDelete
  5. पहाडको जरुवामा पिएको गोगनपाते पानीको स्वाद भएको मीठो कविताले धित मारियो ।

    ReplyDelete
  6. यहाँहरु सबैलाई मेरो सादर धन्यबाद!

    ReplyDelete
  7. बसन्तजी, कविता एकदमै राम्रो लाग्यो ।

    ReplyDelete
  8. धन्यबाद बद्रीजी, सरिताजी!

    ReplyDelete
  9. कविताभित्र असाध्यै मीठो न्यानोपन भरिएको छ | अत्यन्त शालीन,उत्कृष्ट र उज्यालोले छ्वांग खुलेको जस्तो लाग्यो यो प्रेमकविता !

    ReplyDelete
  10. एकदमै राम्रो लाग्यो भाव... सलल बगेको छ निर्मल खोला झैं, पवित्र आत्माको मेल...

    ReplyDelete
  11. साह्रै राम्रो लगेयो दाई कबिता.................
    "लाग्छ मलाई तिमी आकाश को जुन होउ
    म तिम्रो शितल मा सधैं बस्न पाउ "
    आझ नयाँ कबिता को आशा गर्धछौ ।

    ReplyDelete
  12. धन्यबाद Anonymous भाइ, मिनाजी!

    ReplyDelete