November 01, 2009

अगुल्टाहरु बस्ती पसेका छन्

आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।
-------------------------------------------------------------------------
उनीहरु अब, सेता हात्तीलाई तर्साउने नाममा नाङ्ग्लाहरु प्वाल पार्नेछन्। राशका राश प्वाल परेका नाङ्ग्लाहरु थुप्रिनेछन् अब चोक-चोकमा। तर प्वाल परेका नाङ्ग्लाहरुको राश थुप्रिँदैमा सेता हात्तीहरुलाई केहि फरक पर्नेछैन, सेता हात्तीहरु उसै गरी ऊँघ्दै उग्राईरहनेछन्।
-------------------------------------------------------------------------
छिमेकीलाई तर्साउने नाममा उनीहरु अब खेलमा मग्न निर्दोष बच्चाहरुलाई सोत्तर बनाएर चुट्नेछन्। छिमेकीहरु कौशीमा बसेर राम-रमिता हेर्नेछन्। भाग्न सक्ने बच्चाहरु अब बस्ती छोडेर भाग्नेछन्, भाग्न नसक्नेहरु आतंकको सेपमा जिन्निएर हुर्किँदै-नहुर्की बूढा हुनेछन् र मर्नेछन्।

यसरी अब बस्तीमा स्वस्थ बच्चाहरुको खडेरी पर्नेछ।

यसरी अब बस्तीमा स्वस्थ मान्छेहरुको खडेरी पर्नेछ।
-----------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले बस्तीका सारा बाटाहरुमा, गोरेटो-डोरेटोमा ताल्चा लगाएको डकार छादेका छन्।

तर रातभरि बिरामी आमा कुरेर बसेकी सानीलाई त्यसको परवाह हुनेछैन। ऊ आफ्नी आमालाई खुवाउन बिहानको ताजा पानी भर्न गाग्री बोकेर पँधेरातिर जानेछे।

आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु सानीको टाउकोमा ढुंगा बजारेर सानीको टाउकोको अचार बनाउनेछन् र एकछिनपछि बस्तीतिर फर्केर भन्नेछन्; “सानीको टाउकोलाई हामीले अचार बनाएको होईन, घूसपैठ गरेको ढुंगाले हो। ढुंगा हाम्रो पार्टीको मान्छे होईन।"

बाटाघाटा, गोरेटो-डोरेटोमा ताल्चा लागेपनि सेता हात्तीहरुलाई फरक पर्नेछैन किनभने उनीहरुका आ-आफ्ना नीजि सुरुङ्ग छन्। तर हर्केसंग नीजि सुरुङ्ग छैन, ऊ आफ्नो र आफ्नाको भोक मार्ने जोहो गर्न, काम खोज्न निस्कनेछ।

आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु हर्केका हात-खुट्टामा खुँडा हान्नेछन् र उसलाई अधमरो बनाउने छन्। एकछिनपछि हर्केको रगतले रंगिएको खुँडा बस्तीलाई देखाऊँदै भन्नेछन्; “हर्केलाई हामीले काटेको होईन, खुँडाले काटेको हो। हामीले हाम्रो पार्टीबाट खुँडालाई निष्काशन गरिसकेका छौं।“

सन्तु खोलापरीको बस्तीमा मजदूरी गरेर घर फर्किरहेछ। आफ्नो बस्ती जाने बाटोमा ताल्चा लागेको देखेर छक्क पर्छ ऊ। तर त्यो उसकै बस्ती हो, यसैले ऊ आँट गरेर ताल्चा फोरेर अगाडि बढ्नेछ।

आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले सन्तुलाई “अगाडि नबढ्! जताबाट आएको होस्, उतै जा!” भनेर हकार्नेछन्। सन्तु बिलखबन्दमा पर्नेछ, ऊ जताबाट आएको हो, त्यतै फर्किन सक्दैन किनभने त्यो उसको बस्ती होईन। ऊ “जे त पर्ला!” भनेर आफ्नै बस्तीतिर पाईला बढाउनेछ। आँखामा कालो पट्टी लगाएका अगुल्टाहरु सन्तुसंग रिसाउनेछन्, “हामीलाई अटेर गर्ने यो मु--- को हो?” भन्दै सन्तुलाई गोलीले उडाउनेछन्। यसरी उनीहरु सन्तुले बोकेर ल्याएको उसको परिवारको सपनाको पोकोको हत्या गर्नेछन्।

आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले अनि बस्तीतिर फर्केर भन्नेछन्; “सन्तुलाई हामीले मारेको होईन। हाम्रो पार्टीको नीति त्यस्तो होईन। सन्तुलाई हाम्रो बन्दूकमा घूसपैठ गरेको गोलीले मारेको हो, गोली हाम्रो कार्यकर्ता होईन।“
------------------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले अब बस्तीलाई मर्ने आदेश दिनेछन्।

बस्तीले आफ्नो आदेश नमानेको झोंकमा उनीहरु अब पूरै बस्तीमा आगलागी गर्नेछन् र यन्त्रवत एकचोटि भन्दिनेछन्; “आगो हाम्रो नीति होईन, आगलागी हाम्रो नीति होईन, यो सब आगोले गरेको हो। आगो हाम्रो पार्टीको होईन।“

यसरी आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरुले “आगलागी हाम्रो नीति होईन—“ भन्नेछन्।

र एकछिनपछि; बस्तीको लाशमाथि उभिएर, बस्तीको खरानीको राशमाथि उभिएर “क्रान्ति सम्पन्न भएको” भोज खानेछन्।

भोजको पृष्ठभूमिमा बज्न मूर्दा शान्तिको सन्नाटा बाहेक केहि पनि बाँकी हुनेछैन।
----------------------------------------------------------------------------------
मान्छेहरु हो, सावधान! आँखामा कालो पट्टी लगाएका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।

 
Image Source: Click Here

37 comments:

  1. छोटो तर मिठो कथा जस्तै निबन्ध

    धन्यबाद बसन्तदाईलाई

    ReplyDelete
  2. सचेत हुनु एकदम जरुरी छ । प्रतिकार कसरी गर्ने ,के प्रतिकार हुनसक्ला ? यो ठूलो समस्या हुनेछ ,हेर्नु र पछुताउनु बाहेक को बिकल्प केहि नहुनसक्छ । झन झन जकडिदैछ समस्याले ।ठीक भन्नु भो "भोजको पृष्ठभूमिमा बज्न मूर्दा शान्तिको सन्नाटा बाहेक केहि पनि बाँकी हुनेछैन।"

    ReplyDelete
  3. हो अगुल्टादेखि सावधान, अत्यन्त राम्रो!!

    ReplyDelete
  4. भित्रैबाट चित्त बुझ्यो लेखले दाजू । घुमाउरो पारामा यति सप्रेको दनक दिनुभइको छ यि क्रान्तिकारी भनाउदाहरूलाई, म त तारिफ नगरी बस्नै सकिन ।

    ReplyDelete
  5. निबन्धको झटारो निकै घत्पूर्ण छ बसन्त दाई । नेपालीहरु कसैको, हिँसा, दमन र आतंकले सहेर फेरी बस्नेछैनन् । जनताको चेतनाको स्तर निकै माथि भएसक्यो अहिले । बनाउने पनि यिनीहरु नै हुन् । अन्तमा दुधको दुध पानीको पानी हुनेछ ।
    व्यङ्यात्मक टाँसोका लागि धेरै धन्यवाद दाईलाई ।

    ReplyDelete
  6. स्थिती साँच्चै चिन्ताजनक छ । बजारमा खोटो सिक्का चल्ने बेलामा असली सिक्का भएकाहरु उल्टै हच्कने स्थिती पो भयो यो त !

    ReplyDelete
  7. wow... beautiful sarcasm... loved reading it dai!

    ReplyDelete
  8. Very nice and powerful words to those.......................

    ReplyDelete
  9. पढ्दै जांदा बुझ्दै पनि गए, अनी एकदमै सटिक लाग्यो

    ReplyDelete
  10. "....आगलागि हाम्रो निति होइन ..."

    भित्रै बाट धित मर्यो । power writing!!

    ReplyDelete
  11. समय सान्दर्भिक धेरै राम्रो! तर के गर्नु, बिडम्बना यस्तै छ/

    ReplyDelete
  12. साँच्चै नै अगुल्टा झैं लाग्छ मलाई पनि | बडो राम्रो प्रतीकात्मक निबन्ध लेख्नु भएछ |

    ReplyDelete
  13. andho manchhe sabda khelaudaima ra sabda thupardaima sahityakar sahityakar bhainna.aakha phuteko ra chetana nabhayeko jasto lagyo lekhak ko!!alikati pani logical chhaina yo lekh..pakka ki regressive yo ho lekhne.pathit murkha!!

    ReplyDelete
  14. This comment has been removed by a blog administrator.

    ReplyDelete
  15. Basant jee, I like your selection of words and the way you narrate. Really enjoyed reading. - Sushama

    ReplyDelete
  16. maobadi pidit haruko internet jatra !!
    timiharu ko aakha sadhai banda nai hunchha?
    sahi manema ko ho terrorist?bidesika dalalharu,samanti haru
    desko lagi sinka nabhachne tara
    deshbhaktiko asare geet gauneharu....maobadilai sath nadiye nadewo tara sahi lai sahi galat lai galat ta bhana....janata le ta yesto sarkar chaheko hoina ni..ho ra?????
    malai dukha ra daya lagchha timiharulai dekhda!!
    kasto loktantra chahanchhau timiharu??????
    harekaharu le chalaune????ghin lagchha yo byabasta dekhi...kina timiharu andho chhau????
    desh india le sikkimikaran garda nabolne "girija" ra "ma ku ne" chai thik ho ki? desh ko lagi bhanera sangarsa garne maobadi thik????wa dubai galat lagchha bhane pani maobadiko ahileko andolan lai kasari galat bhanchhau????terrorist bhanchhau uniharu paisako nimti ladeka british ghorka sainik thiyenan....uniharu lahure ni hoinan....uniharu mare pani marinchha deshko lagi bhanera astha bokera hideka thiye...yuddha ko bela bhairavnath gan bhitra ko katha sunyeu bhane sahajai thaha hunchha ko terrorist ho bhanne kura....tettile ni napuge...shivapuriko samuhik chihan here hunchha khotalera...ajai holan awasesh haru....yudhha namitho hunchha...
    yethartha ma deshbhakti kasaima less matra ni baki chha aba bhane tiniharu tinai maobadi hun aru ko dekhiyo!!!malai yestai lagchha!!!
    basanta ji tapaiko banduk sahi chha nisana galat chha!!!
    at last "comment garda gali galauj ko bhasa prayog garnu murkhata ho"sabailai anurodh!!!

    ReplyDelete
  17. Really touchy presentation ... thanks BASANTA dai

    ReplyDelete
  18. जनताको नाम लिंदै ज्यादती गर्ने र जनताकै मर्ममाथि गंभीर प्रहार गर्ने प्रबृत्ति बिरुद्धको तिखो प्रहार हो यो लेख | आफु मात्र जानकार र अरु सबै लाटा सोझा सम्झनेहरुले लोकतंत्रको अर्थ साँच्चिकै बुझेका होलान भन्नेमा मलाई शंका छ | बिगतका श्रेष्ठ/थैब कांडहरुको ब्यबस्थापन कसरी भयो भन्ने बिचार गर्ने हो भने हालको नागरिक सर्बोच्चताको अर्थ टाढा खोज्न जान पर्दैन | अंतरिम संबिधान-कालको घटनामा गल्ती भयो र भयेन भन्नेमै शिंग जुधायेर दीर्घकालीन संबिधान निर्माणको महत्वपूर्ण जिम्मेवारीलाई कौडिको दाउमा लगाउनु बुद्दिमानी पक्कै होइन | त्यस्ताहरुको कारणले जनताले बिनसित्ति भोग्नुपरेको अन्यायपूर्ण पीडालाई यो लेखले मुखरित गरेको छ | लेखकलाई जस्तै रिस सबैलाई उठेको छ |

    ReplyDelete
  19. घर न्यानो बनाउने अरु थुप्रै बाटो छन, अझ किन बुझ्दैनन यी अगुल्टाहरु ?

    ReplyDelete
  20. धन्यबाद मनु! प्रतिकृया पाएर हौसिएको छु।

    धन्यबाद दिनेशजी! उनीहरुको यो भष्मासुर प्रवृत्तिले देशलाई खरानी बनाईसकेपछि पनि उनीहरुको चेत खुल्छ कि खुल्दैन कुन्नि! भष्मासुर प्रवृत्तिको प्रतिकार जरुरी छ, जताबाट जसरी सकिन्छ त्यहि हिसाबले।

    धन्यबाद कमलजी! सावधानी अत्याबश्यक छ।

    हौसलाका लागि धन्यबाद अशेष!

    धन्यबाद राजेश! नेपाली जनताले यी र यस्तै प्रवृत्तिका जो कोहिलाई ठेगान लगाउने बाटो खोज्नेछन् भन्ने कुरामा आशावादी हुनु र विश्वाश राख्नुको विकल्प छैन।

    धन्यबाद दिलिप दाइ! यो चिन्ताजनक स्थितिले देशलाई चितामै पु-याउने छाँट आऊँदैछ।

    धन्यबाद पूनम! हौसलाका लागि आभारी छु।

    धन्यबाद Anonymousजी! तपाईँको उत्साहपूर्ण प्रतिकृयाका लागि आभारी छु।

    धन्यबाद प्रज्वलजी!

    धन्यबाद Spectraजी!

    धन्यबाद somewhereondearthजी! आँखा टालिएका अगुल्टाहरुले ‘आगलागी’ हाम्रो नीति होईन भनेर कस्ले पत्याऊँछ?

    धन्यबाद Anonymousजी!

    धन्यबाद सुदीप सर! यो बिडम्बनाको अन्त्य कहिले होला?निराशाजनकमात्रै देखिन्छ स्थिति।

    धन्यबाद चुडामणिजी!

    ReplyDelete
  21. ‘अगुल्टो’जी, प्रतिकृयाका लागि धन्यबाद! साहित्यकार को हो र को होईन अनि म सहित्यकार हो कि होईन भन्ने कुरामा आफ्नो ‘पट्टी लागेको आँखा’ले निर्णय दिनुभन्दा पहिले चार हरफ केहि लेखेर देखाउने चुनौती दिन्छु।
    'चोरको खुट्टो काट्!’ भन्दा खुट्टो स्वाट्ट हटाउने पारा सोझै देखिएको छ तपाईँको भनाईमा। तपाईँ मलाई प्रतिगामी भन्नुहुन्छ तर तपाईँको प्रतिगामीको परिभाषामा माओवादीभन्दा अलिकति मात्रै पनि फरक मत राख्ने सबै पर्छन्। प्रतिगामीको मेरो परिभाषामा चाहिँ देशलाई कठोर दमनकारी आधिनायकवादी ब्यबस्थामा लैजान खोज्ने पर्छन्। हिजो राजतन्त्र प्रतिगामी थियो, आज कुनै न कुनै निहुँमा देशमा आफ्नो हैकम र एकदलीय मध्ययुगीन तानाशाही लाद्न खोज्ने र देशलाई भुरे-टाकुरे जातीय सरदारहरुको मौजा बनाएर बाँड्न खोज्ने माओवादी प्रतिगामी हो।

    [‘विरोध’ नामको मुखौटोधारी कुनै महाशयले प्रतिकृयाको नाममा आफ्नो दरिद्र वैचारिक स्तर छादेका थिए यहाँ। असहमति आउनु राम्रो हो, त्यसले छलफललाई सघाऊँछ तर ती मित्रले प्रयोग गरेको भाषा अत्यन्त अभद्र र फोहर थियो। यसैले मैले मेटिदिएँ। ‘गु’लाई चलाएर चारैतिर छिटा फैलाउनुभन्दा यहि राम्रो लाग्यो।]

    धन्यबाद सुषमाजी!

    ‘जनता’जी, धन्यबाद!
    माओवादीबाट पनि मान्छेहरु पीडित हुन्छन् भन्ने स्विकार गर्नुभएकोमा खुशी लाग्यो, सबै माओवादी यति ‘ठूला’
    दिलका हुँदैनन्:)
    तर तपाईँ मेरो रचना कहाँ-कहाँ र कसरी गलत छ भन्ने देखाउनतिर नलागी ‘आतंकवादी’को परिभाषा तिर लाग्नुभएको छ। अर्कोतिर तपाईँ म र मजस्तै अरुलाई ‘देशको लागि सिन्का नभाँच्ने’ भन्नुहुन्छ, तपाईँले चाहिँ देशको लागि के गर्नुभयो, त्यो जान्न पाए हुन्थ्यो। सक्नुहुन्छ भने आफ्नो असली परिचय सहित तपाईँका ‘महान देशभक्तिपूर्ण’ कामहरुका बारेमा बताउनुस्, आँट छैन भने यसैगरी भूमिगत ढंगले गरेपनि हुन्छ। तपाईँ आफू शायद यूरोप, अमेरिका वा जापान आदिको खुल्ला लोकतन्त्रात्मक समाजको अधिकार प्रयोग गरिरहनुभएको छ, देशलाई भने एकदलीय तानाशाहीतिर लान चाहनुहुन्छ, यो बेईमानी हो। देशभित्रै हुनुहुन्छ भनेपनि तपाईँले अहिलेसम्म रेलिङ्ग भाँच्ने र आफूसंग फरक मत राख्नेको ढाड भाँच्नेबाहेक केहि गर्नुभएको छैन। त्यो देशभक्ति होईन। मैले अरु केहि नगरेपनि देशको सम्पत्ति नाशेको छैन, त्यसकारण म देशसेवी नहुँला, तर देशघाती पनि होईन।
    विगतको द्वन्द्वकालको प्रसंग यहाँ ल्याउनु आवश्यक थिएन किनभने द्वन्द्वकालका गतिविधिहरुहरुलाई बिशेष अवश्थाको उपज भनेर देशले मानिसकेको छ। त्यतिखेर ज्यादती दुबैतिरबाट भएका थिए, माओवादी पनि ‘दूध’ले नुहाएको थिएन। तपाईँले भैरवनाथ गणको प्रसंग ल्यउनुभयो, त्यहाँ यातना पाउनेहरु प्रति सबैको सहानुभूति निश्चय पनि हुन्छ तर आफ्ना अहिलेका गतिबिधिको समर्थनमा त्यो प्रसंग जोड्नुमा कुनै तुक छैन। विगतका कुरा कोट्याऊँदा भैरवनाथ मात्र होईन, बाँदरमूढे र भित्र जिऊँदा मान्छेहरु हूँदा-हुँदै जलाईएको बस पनि आऊँछन्। यसबाहेक छाला काढेर, ढुंगाले टाउको थिचेर, आफ्नै विद्यार्थीहरुका अघिल्तिर रुखमा बाँधेर माओवादीद्वारा मारिएका नेपाली नागरिक पनि आऊँछन्। बरु द्वन्द्व सकियो भनिए पछिका दिनमा नेपाली सेना चूप लागेर ब्यारेकमा बसेको छ तर माओवादीले भने कहिले रामहरि श्रेष्ठ र कहिले प्रचण्ड ठैवलाई मारेको छ। हालै चितवन, धनकुटा आदिमा देखाईएको ताण्डव नाच के हो?
    हारेकाले देश चलाउनुहुँदैन भन्ने कुरो पनि आयो। तर हारेकालाई संविधानसभामा ल्याउन बिन्ती गर्ने को हो? संविधानसभाको सदस्य भईसकेपछि बहुमत जुटाएर प्रधानमन्त्री हुन पाउनु त्यो संविधानसभा सदस्यको हक हो। समानुपातिकबाट आएकाहरु प्रधानमन्त्री हुन नपाउने ब्यबश्था गर्नुपर्थ्यो पहिल्यै, टण्टै साफ हुन्थ्यो; अहिले आएर यो अर्घेलो निकालिरहनुको तुक छैन। जितेकाहरु सबेका सबै योग्य छन् कि छैनन् भन्ने कुरा पनि बबन सिँह मार्काकालाई हेरेपछि बुझिन्छ।
    अहिलेको सरकारसंग मेरो कुनै मोह छैन तर यो सरकार माओवादीले सरकार छोडेपछिको अवश्थामा संविधानसभामा आवश्यक बहुमत जुटाएर बनेको हो। प्रचण्डलाई कसैले जबर्जस्ती लेखेटेको होईन। त्यो अवश्थामा देश सरकारवीहिन बस्न सक्दैनथ्यो। अहिले पनि बहुमत जुटाउन सके माओवादीको सरकार बन्छ, जनतालाई सास्ती दिईरहनुपर्दैन। माओवादीले चाहेको सत्ताको ‘तर’ हो र कथित ‘नागरिक सर्वोच्चता’ साँचिलो हुन ओढेको खोलमात्रै हो भन्ने उनीहरु आफैंले प्रमाणित गरिसकेका छन्। सरकार बनाउन नसकेपनि संविधान निर्माणमा सबैभन्दा धेरै रचनात्मक भूमिका खेल्न सक्छ माओवादीले, किनभने बहुमत उसकै छ।

    धन्यबाद आशा!

    धन्यबाद चैतन्यजी! संविधान लेख्नै नदिई सकेसम्म अराजकता फैलाउने अनि ‘धमिलो पानीमा माछा मार्ने’ दाऊ हो यो।

    धन्यबाद कृष्णपक्षजी! त्यहि त, घर उज्यालो बनाउने भन्दै घरै बालिरहेछन् उनीहरु।

    ReplyDelete
  22. basantaji
    maile tapaiko kura kaha nera bhujina bhane ni...maobadi tapailai galat lagchha hola tara lakhau nepali janatako aasa ahile tehi party ma chha...yo nai satya ho.Hernus na , sabdaharu jaba tehi party mathi dharehaat layera sattosarap garera lekhinchhan malai naramro lagchha..tapai ko afno dristikon rakhnu bho tapailai dhanyabad..k tapai afno chhati ma haat rakhera imandaripurwak bhanna saknu hunchha???nepali congress ra cpn uml le bigat ma ra bigat dekhi nai deshlai yo gati ma lyaaeka hoinan ra?....deshlai dwanda tira lagda galti sachhinchha???.tapai sochnus????hijo bhanda aja desh santa chha....tara bholi santi huna sakchha maobadi lai space nadiyera???aba RASTRAPATIKO KURA SANSADMA CHALFAL GARDA K BIGRINTHYO????sochnus ta???
    yuddha kaal ma pani "maobadile SAMBHIDANSABHAKO MAAG GARDA TESLAI SWIKAAR GARNA DHILA GARDA YUDDHA LAMBIYO" tespachi santibarta bhadiyo...kaslai jimmewar manne???yetasthitibadi party haru jo" pashupati ka Bharatiye bhatta hatauda char haat ufranchhan" tara nepalko sima michida " sima michiyekai chhaina" bhanchan
    Basantaji, maile mandaima ya namandaima ,tapai deshbhakta hune nahune hoina...tapiko desh banos bhanne icchya rahirahos...harek byaktile afno bhumika afai khojne ho deshma...
    manilinus...ma pani bhumika kai khojima teshkai tayarima chhu..mero parichaya yesailai mannus ahile...MA JANATA HO ...MAILE DESHKO LAGI ANDOLAN MA 2-4 LATTHI KHAKO CHHU..ahilesamma sakeko tetti ho.ani tapaijasta sathiharu sanga antarkriya garchhu kahilekahi...janata jo sambhidansabha hunchha santi hunchha bhanera danga thiyo...mannus ma tehi ho...
    ani mannus ma tehi ho jo....
    hamrodesh ma bideshi hastachhep channna..
    bideshi pujari chahanna...
    paramparaka naam ma yethasthiti chahanna
    ra ganatantrako naam ma naya khale raajtantra chahanna jaha hareka haruko bahumat hos junsukai naam ma.
    jaha ratarat dpm banchhe sujata jost chunav harera...maile kasaiko samarthan gareko hoina mannus...malai mero swabhiman le dhikkarchha laaj lagchha desh ko awasta dekhda...kasari janata ko biruddha jana sakya holan yi netaharu????????
    tapaile wa tapaijasta bidwanharule kamse kam bujnu parchha basnta ji,,,,,,,
    janata bhanda saktisali kohi chhaina??chha ta???sena ra banduk le hudaina...hune bhaye gynendra le chhadera jane thiyenan.tesaile maobadi sanga yi neta haru kina daraunu??ya natak kina??maobadile adhinayekbad ladna khojyo bhanchhan...janata baliya chhan teso gare janata le chhadchan ra??itihas janatale lekhne ho ni ...na ta koiralabadile na ta bhandaribadile....na ta maobadile...galti garnele ta pachi sajaye pauchan ni janatako haatbata...yo janatalai tesai lagchha.aastu!

    ReplyDelete
  23. वसन्तजी
    लेखाइ अत्यन्त शुन्दर छ र लेख हो कि निवन्ध हो छुट्रयाउन गाह्रो भो ।
    शिव प्रकाश
    nepalimanharu.com

    ReplyDelete
  24. YOu are too biased Basanta ji...try to analyze the thing.. prensent scenario.. what happened in the past, what is happening and what will happen... Dont be dogmatic. It seems like you drive by the same DOGMA since ages and always pour same old blues... be true analyzer not puppet of particular dogma...

    ReplyDelete
  25. very nice writing, thanks Basanta jee

    ReplyDelete
  26. 'जनता'जी, धन्यबाद! माओवादीमा भरोसा राख्नेहरुले उसको समर्थनमा बोल्नु जत्तिको स्वाभाविक छ, उसमा भरोसा नदेख्नेहरुले आफ्नो कुरा राख्नुपनि उत्तिकै स्वाभाविक छ। माओवादी सबैभन्दा ठूलो दलको रुपमा देखिएको हो गत चुनावपछि तर त्यहि कारणले सबैले उसको समर्थन गर्नुपर्छ भन्ने छैन, उसलाई भोट नदिने मतदाता उसलाई दिनेभन्दा धेरै छन्। मूलत: असहमति र विरोधलाई शान्तिपूर्ण तरिकाले राख्न पाउनुपर्छ सबैले। मेरो यो निबन्ध मेरो असहमतिको स्वर हो, कसैको हात-खुट्टा नभाँची र कसैलाई जबर्जस्ती नगरी राखिएको स्वर हो।
    यो निबन्ध लेख्दा माओवादीको अहिलेको आन्दोलन निश्चयपनि मेरो मनमा थियो तर यो यत्तिमै सीमित भने छैन। देश हिंसा-प्रतिहिंसाको खतरनाक चक्रमा पुगेको छ र स्थिति जता हेरेपनि भयावह देखिँदैछ।
    अहिलेको स्थितिको जडमा कांग्रेस-एमालेको विगतको अकर्मण्यता पनि छ भन्ने कुरामा म स्पष्ट छु र मेरो ब्लगमा मैले सबैको आलोचना गरेको छु। तपाईँको आँखामा मैले माओवादीका बारेमा लेखेका कुराहरु मात्रै परेका हुनसक्छन्।
    र समस्या के हो भने जुन बाटो कांग्रेस-एमालेले हिँडे त्यहि बाटो माओवादीले हिँडिसकेको छ। माओवादी नेताहरु एकथरी कुरा गरेर कार्यकर्ता भड्काऊँछन् र कार्यकर्ताले सडक तताईरहेकै बेला अर्को थरी कुरा गरीसक्छन्। माओवादी कार्यकर्ताले यो कुरा बुझ्लान्-नबुझ्लान् तर यो उनीहरुको युवा उर्जाको गम्भिर दुरुपयोग हो। अहिलेका वाईसीएल र अरु माओवादी कार्यकर्ताहरुसंग अलिक उमेर ढल्केपछि पछुताउनु बाहेक केहि पनि बाँकी रहने छैन। यो कुरा माओवादीमा मात्र होईन, धेर-थोर सबै दलमा लागु हुन्छ।
    चुनाव हारेका प्रम बनेको कुरामा मेरो विचार छोटकरीमा माथि पनि लेखिसकेको छु। सुजाता उप-प्रम हुनुलाई कसैले राम्रो मान्न सक्दैन। तर एउटा कुरा के नबिर्सनुस् भने माओवादी पनि उनलाई प्रम दिएरै सरकार टिकाउने दाउमा थियो। पशुपतिको पूजारी काण्डको बारेमा आफ्नो धारणा मैले त्यहि ताकाको टाँसोमा राखिसकेको छु। दोहोराउन चाहन्न।
    "तपाईँ जस्ता विद्वानहरु---" को आवश्यकता थिएन किनभने म आफूलाई कुनै विद्वान ठान्दिन। बन्दूकको भरमै मात्र सत्ता-सरकार टिक्दैन भनेर अरुलाई उपदेश दिने माओवादीले पनि उसको हकमा पनि त्यो लागु हुन्छ भनेर बुझ्नु राम्रो हुन्छ। त्यो कुरा सबैले बुझिदिए हाम्रो देशमा चाँडै शान्ति आऊँथ्यो।
    मेरो निबन्धको मूल आशय सरकार ढाल्न जनतालाई अनाहकको सास्ती दिनु गलत हो भन्ने हो।

    धन्यबाद शिव प्रकाशजी! निबन्ध वा लेख जे भने पनि हुन्छ; शैलीका हिसाबले म भने यसलाई निबन्धनै भन्न रुचाऊँला। हौसलाका लागि आभारी छु।

    Anonymousजी, धन्यबाद!
    के लाई तपाईँ dogma भनिरहनुभएको छ, मैले बुझिन। आफ्नो धारणा बनाउन म पनि विगत र वर्तमानलाई हेर्ने गर्छु, म स्वतन्त्र चिन्तन राख्ने मान्छे हुँ र म कुनै दल वा कुनै वादको कठपुतली होईन। तपाईँ आफैं कुनै दल र कुनै वादको चश्मा लगाएर संसार हेरिरहनुभएकोले म त्यस्तो देखिएको हुनसक्छु।

    धन्यबाद बद्रीजी! हौसलाका लागि आभारी छु।

    ReplyDelete
  27. म त हैन् म त पानी माथीको ओभानो पो हूँ त ।

    ReplyDelete
  28. desh ma j bhaye ni k matlab hai seto hatti?naglo thattayera kehi hunna seto hattilai?thaha rahechha.

    bastima swasta mancheharuko khaderi pare k bho ta?
    japan ra thuprai desh bata seta hattiharu aunechan kaso?ki utai marne ho?

    aakhama kalo patti layeka agulta haru basti ma aago lauchan ki k garchan k ko matlab.bhare japani raksi ra masu tanna dhokera ek duita kabita sochera
    kanera lekhchhu
    akhir blog ta chalaunu chha ni?haina?ha ha ha

    ani mul mantra ta jhan gatilo chha
    ROADS TO NOWHERE LEADS TO EVERYWHERE..desh ni tesri nai hidos k matlab?
    blog sitelai kasri chalaune po thulo kura ho ta desh ma bastavma k hudai chha tyo ta sanotino kura ho.jati biased bhaye ni painchha nepali netaharu jastai .asal nagarik ho ni hai?ha ha ha aba malai maobadi bhanera kabita lekhnu aja
    ha ha ha
    ani o janata ji,sutekalai uthaunu hola !
    yini ta japan ma suteko natak gardai chhan!kina uthaunu?uthne bhaye samachar herera uthisakthe
    .http://telegraphnepal.com/news_det.php?news_id=6583
    UN BHANDA THULA DAL HARU CHAN HAMRO NEPAL MA.HA HA HA HA HA HA HA

    ReplyDelete
  29. प्रतिकृयाका लागि धन्यबाद सन्दीप भाइ!
    ------------------------------------
    ------------------------------------
    धन्यबाद 'अगुल्टो'जी!
    तपाईँ त गज्जब हुनुहुँदो रहेछ यार! तपाईँ यसरी कुरा गरिरहनु भएको छ कि मैले ब्लग चलाउनालेनै नेपाल भँड्खालामा गएर जाकिएको हो। म अदना प्राणीलाई यति धेरै 'सम्मान' नदिनुस् न यार:)

    मेरो ब्लगको नाम The Road to Nowhere Goes Everywhere---- रिसको झोंकमा राम्रोसंग हेर्दा पनि हेर्नुभएन जस्तो छ ROADS TO NOWHERE LEADS EVERYWHERE बनाईदिनुभएछ। खैर, जे होस्, मेरो ब्लगको नाम किन यस्तो राखें भनेर ब्लगमै कतै कुरा गरिसकेको छु मैले। तपाईँलाई रुचि नहुन सक्छ त्यसमा अथवा त्यो तपाईँको सोचाईले भ्याउने भन्दा माथिल्लो आयामको पनि हुनसक्छ, तैपनि लिंक राख्दैछु यहाँ; http://www.basantagautam.com/2009/05/blog-post_29.html

    तपाईँ नेपालमा हुनुहुन्छ कि हुनहुन्न मलाई थाहा भएन, यदि हुनुहुन्छनै भनेपनि तपाईँ नेपालै बसिदिएर नेपाल र नेपालीप्रति ठूलो गुण लगाएको नठान्नुहोला र विदेशमा रहेका लाखौं नेपालीहरुलाई राष्ट्रघाती नभन्नुहोला। घरभित्रै बसेर घरमा आगो लगाउनेहरु साँचिलो हुने समय हो यो।

    बान कि मूनले बोलेका कुरालाई सबैले आ-आफ्नै अर्थ लगाए हुन्छ। राष्ट्रिय सहमतिको सरकार बनाए राम्रो हुन्छ भनेर भनेका हुन्, माओवादीकै नेतृत्वमा बनाउनुपर्छ भनेर प्रचण्डलाई नियुक्ति-पत्रनै दिएजस्तो गरेर कोकोहोलो मच्चाएर केहि हुनेवाला छैन। हिजो माओवादी सत्तामा छँदा पनि राष्ट्रिय सरकार बनाउन सकेको थिएन, आज सक्छ भन्ने केहि ग्यारेण्टी छैन। लुटिएको सम्पत्ति फिर्ता गर्छु भनेर प्रचण्डले दश पटक किरिया खाए तर उनका कार्यकर्ता भने फिर्ता गर्नु त कता हो कता, झन् लुट्न थाले। यस्तै कपटी कुराले नबनेको हो राष्ट्रिय सरकार।

    बान की मूनको बक्तव्यमाथी सरकारले गरेको टिप्पणीमाथि भने मलाई र मेरो ब्लगलाई दोष लगाउनुहुनेछैन भन्ने आशा छ म अदना ब्लगरको:)

    अस्ति 'सक्ने भए चार हरफ लेखेर देखाउनुस्' भनेकोमा तपाईँको चित्त दुखेजस्तो छ; आज पनि निकै 'छाद्नु' भएको छ मेरो लेखाईका बिरुद्ध। महाकवि देवकोटाले आफ्नो 'भलाद्मी' भन्ने ब्यंग्य निबन्धमा 'आफू कहिल्यै नलेख्ने तर अरुको भने आलोचनामात्रै गर्ने' लाई पनि एकथरी 'भलाद्मी' भन्नुभएको छ, तपाईँ त्यसमै पर्नुहुन्छ जस्तो छ।

    रक्सी र मासु धोकेर कविता लेख्ने भनेर तपाईँ शायद आफ्नै जीवन-शैली ममाथि थोपर्दै हुनुहुन्छ। मेरो दिनचर्या-मेरो जीवन शैलीको स्पष्टीकरणको जरुरत छैन यहाँ तर के भन्दिहालौं भने तपाईँले सोचेको भन्दा धेरै फरक छ। र यदि मैले रक्सी वा मासु खाएरै लेखेको हुँ भने पनि तपाईँको टाउको दुखिरहनुपर्ने कुनै कारण छैन, किनभने मैले लोकमान सिंह कार्की जस्ता 'सेता हात्ती'को घरको 'प्रसाद' खाएको होईन, देशको बैंक लुटेर खाएको पनि होईन, स्वेच्छिक चन्दाको नाममा जनताको घाँटी अँठ्याएर लुटेर खाएको पनि होईन। मैले खाएको मेरै पसिनाको प्रतिफल हो।

    मित्र, म मेरो लेखन क्षमता र ब्लगप्रति गर्व गर्छु। म आफ्नो लेखनको कमजोरीप्रति पनि सचेत छु र आफूभन्दा सक्षम मान्छेहरुका सुझाव र आलोचनाबाट सिकिपनिरहेछु।
    मेरो लेखनप्रतिको तपाईँको खोक्रो खोकीले तपाईँमा रहेको हीनताबोधलाई छर्लङ्ग देखाईरहेछ।

    तपाईँलाई माओवादी भनेर कविता लेखेर एउटा कविताको दुरुपयोग गर्नुपर्ने आवश्यकतै छैन, तपाईँकै कुराले त्यो सबै देखाईरहेकै छ।

    ReplyDelete
  30. Common Basanta ji. I read the all the comments and your comments for those comments. Try to take negative comment in a positive manner. Why are you turning so rude. If you are true writer, you should take all the comments positvely whether it is with your appreciation or the other way round. I hope you'll be decent towards the readers. be decent, be polite, be democratic....

    ReplyDelete
  31. Anonymousजी, प्रतिकृया र सुझावका लागि धेरै-धेरै धन्यबाद! तपाईँको कुरा सहि हो,म अझ संयमित हुन सक्नुपर्थ्यो।
    गाली-गलौज बाहेकका हरेक प्रतिकृयालाई म सकारात्मक रुपलेनै लिन्छु। यो टाँसोमा प्राप्त प्रतिकृयाहरुको हकमा पनि फरक विचारका प्रतिकृयाहरु पाएर खुशी छु। प्रतिकृया लेख्ने केहि साथीहरुले मेरो ब्यक्तिगत जीवनसम्मै भ्याउने गरी लेखिदिनुभएकोले यो छलफल यो रुपको हुन पुग्यो। यति हुँदा-हुँदै पनि म संयमित हुनुपर्थ्यो र हुन नसकेकोमा तपाईँ र ब्लगका सम्पूर्ण पाठकहरुसंग क्षमाप्रार्थी छु। भविष्यमा अवश्य पनि ध्यान दिनेछु।

    ReplyDelete
  32. बसन्त दाइ,
    अधिकार र शक्ति बिचको द्वन्दको रुपमा बुझे मैले हजुरको लेख। पूर्णरुपमा काल्पनिक पनि छैन --विगतमा हामीले यस्ता थुप्रै चोटहरु सहनु परेको छ। कति चोट त अझै पनि चहराउछन। तर हरेक पटक मूढे बल र शक्तिको बिजय नहुन सक्छ--- जब अधिकारको लागि उठ्ने हजारौ दुब्ला हातहरु एक हुन्छन त्यहाँ मूढेबल आफैमा कमजोर साबित हुन्छ!--- अनि घाउमा अलिकति भए पनि मलहम त लाग्छ तर चाहेर पनि दाग मेटाउन सकिदैन!!

    ReplyDelete
  33. धन्यबाद आश्मा! आशा गरौं ती हजारौं दुब्ला हातहरु एक हुनेछन् एकदिन र वास्तविक क्रान्ति हुनेछ हाम्रो समाजमा।

    ReplyDelete
  34. अलि दिन पछी बसन्त ब्रो को ब्लग मा आएको निकै घम्सा घम्सी पो रैछ

    बसन्त जी, एउटा संबेदनसिल र इमान्दार प्रतिभा हुनुहुन्छ भन्ने मा मलाइ चाहि संका छैन

    तर के भने, अगुल्टो बस्तीमा अहिले मात्रै पसेको हैन उहिले नै हो.. फरक एती हो कि त्यो अगुल्टो अहिले गाउ बस्ति मात्र हैन बसन्त जी को सहर मा पनि पसेको छ..तेसैले बसन्त जी आफ्नो घर छेउ मै अगुल्टो आइपुगेकोले आत्तिनु भएको हो.. गाउ बस्ति मा लागेको डढेलो बेवास्ता गरेपछि सहर मा अगुल्टो पस्ने नै भो.. बेवास्ता मात्र हैन आगो निभाउनु को साटो यहा पेट्रोल नै खन्याएपछि आगो दन्किने नै भो

    अगुल्टो बस्तीमा पस्ने भो मात्र हैन..जंगल मा डढेलो लागेको देखेपछी पनि बेवास्ता गरेपछि गाउ बस्ति सहर मा डढेलो नपसोस पनि कसरि ?

    ReplyDelete
  35. धन्यबाद हावा ब्रो! ब्रोको प्रतिकृया अलि पहिलानै पढेको हो,तर अचेल मेरो समय ब्यबश्थापन नराम्रोसंग अल्मलिएकोले बेलैमा धन्यबाद दिने मेसो मिलेन।

    धेरै कुरा त माथिनै भईसकेका छन्। देशमा सेता हात्तीहरु धेरै छन् तर आँखामा पट्टी बाँधेका अगुल्टाहरुले समस्याको जरोलाई पहिल्याउनुभन्दा पनि समस्याहरु झन् थपिरहेका छन् र यो वा त्यो नाममा गरीब नेपाली जनतालाईनै दु:ख दिईरहेका छन् भन्ने मेरो आशय हो। नेपालमा अहिले छाडा भएर मडारिईरहेका अगुल्टाहरुले आफ्नो आँखामा लागेका अनेक थरी पट्टीहरु खोलेर एकचोटि संसार नियाले हुन्थ्यो र ठण्डा दिमागले समस्याहरुका समाधान खोजे हुन्थ्यो।
    मेरो बस्तीको परिभाषामा सधैंभरि गाऊँ र शहर सबै परेका छन् र विगतमा अगुल्टाहरुले गाऊँ-गाऊँमा गरेका ज्यादतीहरुलाई नजिकबाट पनि देखेको छु। त्यसैले मेरो यो 'क्रन्दन' आजको मात्रै होईन र म आफूलाई हिजोसम्म निदाएर बसेको 'शहर' ठान्दिन।
    र अन्त्यमा, सकेसम्म कम क्षतिमा बस्तीलाई डढेलोबाट उद्धार गर्ने बाटोमा लागौं, यसमै देशको र हाम्रो कल्याण छ।

    ReplyDelete