मन्दिरका घण्टहरुसंगै ब्युँझिएर
ताजा घाम सिउरेर तालुमा
परेवाहरुको माझबाट
यो यात्रालाई अघि नबढाएको,
मध्यान्हको गाढा छायामा
दुनियासंग बेखवर भएर
आफैसंग बेखवर भएर
एउटा मिठो सपना नदेखेको,
दिन-रातको दोसाँधमा
हल्का सिन्दूर पोतिएको बादल
झोलाभरि बोकेर
आँगन नटेकेको,
धेरै भएछ-
धेरै भईसकेछ-
कतै लम्पसार परेर
आकाशका तारा नगनेको,
एउटा तारा रोजेर
'त्यो मेरो तारा’ नभनेको।
[यो कविता "तृष्णा" शिर्षकमा (र अलि फरक रुपमा) २००७ को अन्त्यताका 'साझा' को कविताको देशमा राखिएको थियो। ब्लगमा समसामयिक विषयमा लेख्ने मन हुँदा-हुँदै पनि नभ्याउनाले आजपनि यो 'इतिहासको ब्याज'ले काम टारें:)]
Awesome poem! simply loved it.
ReplyDeleteएउटा मिठो तिर्सना !
ReplyDeleteNice poem basanta jee.Keep it up.......
ReplyDeleteराम्रो लाग्यो ।
ReplyDeletewoo nice poem broo i like it most
ReplyDeleteVery nice poem!
ReplyDeleteतिर्सना जगाइदिने तिर्सना!
ReplyDeleteपाटनको कृष्णमन्दिर परिशरमा बसेर घाम ताप्दा यस्तै अनुभूति हुने गर्थ्यो|अक्सर तपाईंका कविताहरु पुराना दिनहरुलाई सम्झनाको ताजा पाना बनाएर पल्टाउने गर्छन|
ReplyDeleteदाई निकै राम्रो कविता । यहाँ तारा रोज्नु शिवाय के नै पो गर्न सकिन्छ र । अन्तिमका पद्याशहरु निकै मन परे मलाई ।
ReplyDeletesimply sweet..
ReplyDeleteतपाईको लागि पुरानै भए पनि मेरो लागि चाहि नयाँ नै रह्यो है बसन्त जी। साह्रै चित्त बुझ्यो कबिताका शब्दहरुले।
ReplyDeleteवसन्त दाइले युवा वर्गको समाज र कर्तव्य प्रतिको चिन्तन प्रतिको वेवास्थालाई ध्यान दिनु भएको जस्तो मलाई लाग्यो ।
ReplyDeleteसाहैं मन पर्यो यो सुन्दर कबिता!!
ReplyDeleteमेरो तिर्सनामा आफ्ना तिर्सना पनि देख्नुहुने सबैमा हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु।
ReplyDeleteएउटा रुमानी लहर सिउरिएर आएको कविता, कहीँ कतै छुटिसकेको जिन्दगीको हिस्सा सबैसँग मिल्दोजुल्दो प्रतीत भयो ।
ReplyDeleteIs rachnaka arth nahee samajh payee...padhne me naad achha laga...ye pashchimottar Bharat kee bhojpuri hai?
ReplyDeleteराम्रो छ वशन्तजी
ReplyDeleteतर धेरै तारामा छान्न नसक्नु भएको भए म सधाउँला, कसो मित्र !
राम्रो छ वशन्तजी
ReplyDeleteतर धेरै तारामा छान्न नसक्नु भएको भए म सधाउँला, कसो मित्र !
धन्यबाद धाइबाजी!
ReplyDeleteधन्यबाद क्षमाजी! यो भोजपुरी होइन, नेपाली भाषा हो।
धन्यबाद शिवप्रकाशजी! सहयोगको तत्परताका लागि आभारी छु:)