जिन्दगी यतिखेर
अपरिचित शहरमा आईपुगेको छु,
मध्यरातको सूनसान छ,
बास मागेर निद्रा बिगारीदिने मन छैन मलाई;
म उज्यालोको खोजीमा सडकहरु नापीरहेछु।
(भदौ २७, २०५७; पोखरा)
-----------------------------------------
तिम्रो आकृति
लठ्ठिएको मोहक साँझ,
झ्यालबाहिरको मोहक संसार,
कुनै क्यानभासमा उत्रन तयार छ;
म मेरो मनको बुरुशले
स्मृति र कल्पनाका रंगहरु घोलेर
जताततै तिमीलाई सजाइरहेछु।
(मे २६, २००४)
----------------------------------------
फिका जिन्दगी
प्रत्येक दिन-
अघिल्लो भन्दा उदास लाग्छ,
यस्तो लाग्छ जिन्दगी
गिलासमा एक पोका चिया छ
म हिजो देखि पानी थप्दै पिईरहेछु
स्वाभाविक हो-
प्रत्येक घुट्की
अघिल्लो भन्दा फिका लाग्छ।
(अगष्ट २०, २००६)
--------------------------------------
समयसंग
मेरो इतिहासका
सडक, चोक र गल्लीहरुमा-
गजधम्म
बाटो छेकेर उभिएका छन्
युग-युगका खलनायकहरु,
के यो भिड अझै बढ्ने हो?!
खै, नायकहरु कहाँ छन्?
(जनवरी १२, २००६)
Image Source: Click Here
[दैनिकी अलि भद्रगोल भएको छ अचेल। ब्यस्तताको बीचमा अलि-अलि फूर्सदका 'टापू'हरु नभएका होईनन्, तर 'टापू'हरुकै भरमा नयाँ रचना लेख्न भने नसकिने रहेछ, अलिक धेरैनै फूर्सदिलो मनस्थिति चाहिँदो रहेछ। मलाई 'इतिहासको ब्याज'कै भरमा ब्लग चलाईरहन पटक्कै मन छैन तर तपाईँहरुसंगको कुराकानीलाई निरन्तरता दिन यहि बाहेक अरु बाटो बाँकी देखिएन अहिलेलाई, क्षमाप्रार्थी छु।
तपाईँका दिनहरु शुभ रहुन्!]
वाहा ! बसन्तजी यस्ता गजबका रचना कहाँ लुकाएर राख्नु भएको थ्यो ? फिक्का जिन्दगी र समयसंग चाहीं चाहिने भन्दा पनि बढी मात्रामा मन परे |
ReplyDeleteबसन्त जी , तपाईंका पुराना रचनाहरुले समयलाई जितेका छन् यी बर्षौं अगाडिका रचनाहरु आज पनि उतिकै सुन्दर अनि बास्तबिक ।निरासामानै आसाको उदय हुन्छ ,गाढा जिन्दगि या नायकहरु आउने प्रतिक्षा हुन्छ । धेरै सुन्दर टुक्राहरु भावनाका ।
ReplyDeleteबुझ्न मैले गल्ती नगरेको भए,
ReplyDeleteमेरो बुझाईमा समयसंग जिन्दगी र जिन्दगीका आकृतिहरु फिका हुँदै जाँदैछन् ।
जीवन भोगाईको अनौठो आत्मा बोध भएको मैले पाएँ । चोईटा बटुल्नु पर्ने आवश्यत्ता मैले बुझेँ । "इतिहासकै ब्याज" भए पनि मलाई त वसन्त दाइ, तपाईका रचनामा भविष्यका यात्रा नजर आए ।
माथी साथीहरुले लेखिसक्नु भएको छ। सबै 'चोईटा'हरु बेजोड छन। यस्तै "ईतिहासको ब्याज" छन भने अरु पनि राखौँ है ! सदावहार छन यी ब्याजहरु ।
ReplyDelete'फिका जिन्दगी' पढेर फिका बनाउन लागेको मनमा 'तिम्रो आकृति' ले स्वाद खन्याउँछ भन्ने मेरो विचार छ | (साँझको साढे सातमै मध्यरात झर्ने पोखरामा पहिलो चोइटा लेख्नुभएको संयोग मात्र हो कि! )
ReplyDelete'फिका जिन्दगी' - वाह कस्तो बेजोड विम्ब!!
ReplyDeleteइतिहासको ब्याज वर्तमानमा पनि उत्तिकै सशक्त भएर आएको छ दाइ...
ReplyDeleteचार ओटै चोइटा चोटिलो छन् तर पनि 'फिका जिन्दगी' !
ReplyDeleteअन्तिम चोइटानेरि आइपुग्दा, मलाइ यी चोइटा र त्यसबाट उठेका झिल्काहरु पटक्कै पुराना लागेनन..... ती झन् भर्भाराउदा तेजिला र चम्किला देखिए । दिनेशजी कै शव्दमा इतिहासको चेतनाले युगलाई जितेर अघि बढे जस्तो लागे यी सबै रचनाहरु !
ReplyDeleteवाह ! चोईटाहरु साँच्चै चोटिला छन् । पहिलो चोईटो पढेर मलाई नि भन्न मन लाग्यो जिन्दगी यतिखेर(भित्र कथा जे होस्)।
ReplyDeleteगजबका चोईटाहरु!! आजकल बजारमा यो ४ चाहीँ एकदमै चोटीलो हुन लागेको छ है बसन्त जी। दिलिपजी को पनि बेला बेलामा आई रहन्छ यो ४ टु्क्रा हाहा। फीका जिन्दागी बेशेष।।।
ReplyDeleteवाह! वाह! चारै वटा एक से-एक छन् ।
ReplyDelete# la basanta je nayek haru pani khalnayek haru kai bhid ma bhtinchan ni khoji pasnus na!
ReplyDelete# tyo third choita chai mali khub ramro lagyo!
व्याज त साजी नै रहिरहने खालका रहेछन् ।
ReplyDeleteयी मध्येमा पनि सबैको पदचिन्हमा साझेदारी गर्ने खालको भएर होला, 'फिका जिन्दगी' ले मनलाई रुमाल समान निचोर्यो है !
'टापु'हरू बेलाबेला निस्किऊन्, कामना !
चोइटा र टुक्राको बहारमा आइपुगेंछु | सबै चोइटा एक से एक छन |
ReplyDeleteईतिहाँसकै ब्याज भए नि ओल्ड ईज गोल्ड छन |
तर बेला बखत फुर्सदको ठुलै टापूमा पुग्नुहोस भन्ने नि शुभकामना छ |
तपार्इका सवै रचना विधाहरू मलार्इ रामै् लागेकेा छ। नया पुराना जे भए पनि पस्की रहनु हेाला ।तपाइका दिनहरू शुभरहेास् ।
ReplyDeleteमेरा चोईटाहरु उठाएर हेरिदिनुहुने सबैमा हार्दिक धन्यबाद!
ReplyDelete