"कानून"
नसोध भो-के बैध, के अबैध छ
छुट्याउने चेतना आफैं कैद छ
खोर जाने त टापटिपे मात्रै हुन्
भयंकर डकैती पूरै बैध छ!
"भिड"
जत्था माथि जत्था, 'खाने'हरुको
लत्ता देखि सत्ता 'खाने'हरुको
तलब लिँदै जन्मनेको ठाऊँ अब
मर्न पनि भत्ता खानेहरुको!
------------------------------
------------------------------
"प्रस्ताव"
यसै अल्झेर बिताइदिऊँ यो यामको पहिलो झरी
घाम पर्खेर बिताइदिऊँ यो यामको पहिलो झरी
भिज्ने-भिजाउने, बग्ने-बगाउने होडबाजी गरौं
आऊ! दर्केर बिताइदिऊँ यो यामको पहिलो झरी!
"अनूरोध"
उन्मत्त छ, बैंश फक्रेर गुलाब
बैंशालु हातमै टक्रेर गुलाब
अलिकति मात्तिऊँ कि मै पनि
तिम्रा हात हुँदै पक्रेर गुलाब!
Wonderful composition! concise yet so vivid. especially liked the first and last verse.
ReplyDelete'अनुरोध'मा साँच्चै मजा आयो । 'भिड' पनि गजब लाग्यो ।
ReplyDeleteचारै मुक्तकहरु बेजोड उत्रिएका छन् बसन्त दाईको , एकदम तिक्खर लाग्यो है मलाई त .. धन्यवाद !
ReplyDeleteबसन्त जी , चारै मुक्तक बेजोड छन् बिषय बिबिधताले झन रोचक बनाइदिएको छ । राजनीति र प्रशासनका बिषय बाहेक का बिषयमा मात्र रोमान्चकता भेटिन्छ आजभोलि जुनै ब्लग चहारे पनि त्यसैले मनको शान्तिको लागि पनि केहि समय यो भद्रगोल परिस्थितिबाट टाढै रहने रहर मनमा पलाएको छ । त्यसैले "प्रस्ताब" र "अनुरोध" मेरो छनौटमा परे यो पाला ।
ReplyDeleteकानुन बानाउन, कानुन बनाउने प्रकृयागत कानुनले कहिले कानुनी प्रकृया पुरा गरेर कानुन बनाउने हो हेर्न बाँकी त के हेरेको हेरै हुईने पो जस्तो छ । शून्यको के मोल भनेर, ६०१ लाई ६००१ बनाउने हुन् कि जस्तो लाग्न थाल्यो । पैसामा के के साट्ने हो ? कत्तिलाई बाड्ने हो ? यहाँ त आमा नै साट्न थाल्यौँ हामी । जति दिए पनि बड्ने भनेको ज्ञान, हुदैन जस्तो छ । घरको कुरा घरमै जान्छ, कस्ले पायो ज्ञान ।
ReplyDeleteए सावधान सुन्दर गुलाफमा काँडा पनि हुन्छ । हात हुँदा, हातैले समाउँदा घुसखोरीको गन्ध आउँछ । छिमेकी चलाख छन् । छिमेकका चतुर छन् खै मिलेका छन् जस्तो छ कहिल्यै झगडा गर्दैनन् । कुरा बुझ्दा एकै आँगन हो, भनौँ जस्तै गरेर चिप्लो कुरा गर्छन् । एकतामा बल हुन्छ भनेर सप्रसंग व्यख्या गर्न कक्षा २ देखिनै सिकिएछ, मलाई पनि मिलौँ मिलाँै जस्तो लाग्न थाल्यो ।
बैरागका मुक्तक सुन्दर छन, रागका अनुपम सुन्दर छन | हुनुपर्ने पनि त्यसै हो कि ?
ReplyDeleteराग बैरागका कुरा आफ्नै ठाउँमा छन्... मलाई त 'भीड' ले छोयो सबैभन्दा बढी।
ReplyDeleteबसन्त दाई, यी चार मुक्तकहरु निकै घतपूर्ण लाग्यो । विशेष गरी ‘कानून’ले छोयो मलाई । सटिक र सरल भाषामा ठूलै व्यङ्ग गर्नुभएको छ तपाईले ।
ReplyDeleteसबै मुक्तकहरु उत्कृष्ट छन्। वाह !!
ReplyDeleteबसन्त दाइको चार राग बैराग साच्चै राम्रो राम्रो लाग्यो । कानुन,अनुरोध र भिडले मन छोयो ।
ReplyDeleteसाह्रै मिठा अनि सटिक मुक्तक रै'छन् दाइ !! मज्जा आयो पढ्नलाई !
ReplyDeleteधेरै पछि साँच्चै मन खोलेर प्रशंसा गर्न मिल्ने मु्क्तक पढन पाएको जस्तो लाग्यो ।
ReplyDeleteमैले चाही माथिका चार मुक्तक मध्य कुनै १ वा २ लाई उत्कृष्ट भएको भनेर छान्न सकिन। चारै वटा एक-से-एक छन ।
राग पनि बैराग पनि दुबै जमेका छन !!!
अत्यन्तै मन छुने मुक्तकहरु बसन्त जी !
ReplyDeleteनिक्कै चोटिला लागे | अन्तिम मुक्तक अतिनै मन पर्यो |
ReplyDeletewell said and nicely composed.
ReplyDeleteinteresting muktak.. well done...
ReplyDeleteमुक्तक त मन छुने खालका छन् | राम्रो लाग्यो |
ReplyDeleteयस्तो भीड र कानुनको बीचमा रहेर पनि यस्तो अनुरोध र प्रस्ताव गर्न सक्नुभयो, धन्यबाद तपाइलाई; यस्तै चोटिला राग/बैरागहरु पढ्न पाईराखौ
ReplyDeleteI couldn't follow each & every word of these short poems...but understood the gist of it! I enjoy reading this language a lot!
ReplyDeleteA special thanks for the comment on my blog"Bikahre Sitare"...Please continue to read & encourage...friends like you r my strength!
पढिदिनुहुने, हौसला दिनुहुने सबैमा हार्दिक धन्यबाद!
ReplyDeleteहाम्रो समाजमा यस्ता भिड कम भईदिए हुन्थ्यो, र कानूनहरुले आँखा खोलिदिए हुन्थ्यो, जिन्दगीमा यस्तै प्रस्ताव र अनूरोध धेरै गर्न पाए हुन्थ्यो। तर समयमा आगो लागेको छ, आफूभित्रको स्वस्थ रागलाई पनि लुकाएर हिँड्नुपरेको छ, समयमा लागेको आगोले सिध्याईदेला भनेर।