July 07, 2008

"No!" to 'एक मधेश-एक प्रदेश'


फोटो साभार:कान्तिपुर दैनिक

नेपालका सबै रोगहरुको जडको रुपमा आजसम्मको केन्द्रीकृत राज्यब्यबश्थालाई दोष दिन थालेका छन् सबैले। यसको पुनर्संरचना गरी संघीय राज्यको रुप दिने प्रयासनै आजको नेपाली राजनीतिको यथार्थ र गन्तब्य दुबै हो। तर नयाँ राज्यको संरचना कस्तो हुँदा सबैले न्याय पाउन सक्छन् भन्ने कुरामा सबैतिर बहस जारी छ अझै। राज्यको पुनर्संरचनाकै लागि भनेर तेत्रो 'जम्बो' संविधानसभाको निर्वाचन पनि भएको छ। अबको दुई वर्ष संविधानसभाभित्र र बाहिर सबैतिर ब्यापक छलफल र वादविवाद नगरी राज्यहरुका सिमा कोर्न थालियो भने त्यो बिखण्डनको बीउ रोपेसरह हुनेछ।

यसै प्रसंगमा अचेलको नेपाली राजनीतिको 'तातो' विषय 'एक प्रदेश-एक मधेश'को नारा मलाई वेमौसमी र बेतुकको लागेको छ। अहिल्यै कुनै राज्यको सीमा यो हो भनेर तोक्नुपर्ने हो भने हामीलाई चुनाव र संविधानसभानै किन चाहिएको थियो? दोश्रो सिंगै नेपाल जति विविधतापूर्ण छ, मेचीदेखि महाकालीसम्म फैलिएको नेपाली मैदानी भूभागपनि त्यत्तिकै भाषिक-सांस्कृतिक-भौगोलिक विविधतापूर्ण छ। एक राज्यले मात्रै त्यो विविधताको सम्बोधन कदापि हुनसक्दैन। 'एक मधेश-एक प्रदेश' केन्द्रीकृत नेपालकै अर्को रुपमात्रै हुनेछ।

'एक मधेश-एक प्रदेश'को नारा उचाल्ने नेताहरुको नेपालप्रतिको निष्ठामा शंका गर्दिन म। तर एउटा कुरा के भने स्पष्ट देखिँदै आएको छ भने तराइका केहि 'स्थापित' राजनीतिज्ञहरु तराइमा 'आफ्नै' केन्द्रीकृत सत्ता लागू गरेर भूमिसुधार लगायतका सामाजिक-सांस्कृतिक परीवर्तन र अग्रगमनलाई रोक्न चाहन्छन्।

यी 'कुनियत'हरुका का विरुद्ध देशभरि आवाज उठिरहेछ, यो अत्यन्तै खुशीको कुरो हो।

अर्कोतिर, देश टुक्राउने नियत भएपनि-नभएपनि 'एक प्रदेश-एक मधेश' नयाँ नेपालको घाँटीमा कुनैबेला पनि कस्नसकिने पासो बनेर रहनेछ। भारतसंगको पारवहन निर्भरता र समग्र आर्थिक निर्भरतामा तात्विक कमी नआउँदासम्म 'एक मधेश-एक प्रदेश' नेपाल देशभित्रको 'भिआइपी' राज्य बनेर रहनेछ र यसले अरु राज्यहरु र केन्द्रीय राज्यलाई सजिलै घुँडा टेकाउने हैसियत राख्नेछ। यो संभावनालाई कुनै पनि हालतमा रोकिनै पर्छ।

यसबारेमा मैले अलिक पहिला पनि केहि लेखेको थिएँ, जुन यहाँ 'मूसो' पिटेर हेर्न सक्नुहुन्छ।

भर्खर पढें 'मधेश' शब्दको सट्टा 'तराइ' शब्दको प्रयोग गर्न 'स्वनामधन्य मधेशी नेताहरु तयार भए रे! तर यो कुन ठूलो कुरो भयो? शब्द जे राखेपनि सार त उहि हैन र?

10 comments:

  1. 'एक मधेश-एक प्रदेश'को नारा उचाल्ने नेताहरुको नेपालप्रतिको निष्ठामा शंका गर्दिन म। भनेर तपाईले लेख्नु भएको छ।

    तर दक्षीण तर्फको पुरै बेल्ट, (जहाँ विबिध संस्कृति, जाति र भाषिक भिन्नता समेत छ) लाई एउटै प्रदेश बनाउने कुरा कुनै पनि मापदण्डबाट जायज देख्दिन म ।

    कसैले पूर्वाग्रहि भने पनि भनोस तर यो 'एक मधेश-एक प्रदेश'को नारा पछाडि मलाई भने देश टुक्र्याउने "slow-explosive-substance" प्रष्टै दर्शन भै रहेको छ।

    पहिला पृथ्वि नारायण शाह अनि लखन थापा र भानुभक्त समेतको को सालिक तोडन लगाएर नेपालीहरुमा फुटको बिउ रोप्न त ति तत्वहरु सफल भैसकेका छन र अब यो "Big Game" को कार्ड फ्याकिएको छ।

    'एक मधेश-एक प्रदेश' होईन म सधै एक नेपाल र अखण्ड नेपालको पक्षमा छु । खासगरि देशको सिमारेखामा (त्यो पनि दक्षीण तर्फको)रहेका प्रदेशको बारेमा त राष्ट्रले झनै संबेदनशिल भएर सोच्नु पर्छ जस्तो लाग्च मलाई।

    ReplyDelete
  2. मलाई यी मधेसी को मुद्दा भन्दै सदन अबरुद्ध गरिरहेका कुनै पनि मधेसी नेता को विश्वास छैन ।
    खास मा नेपालका कुनैपनि नेताहरुलाई विश्वास गर्ने आधार छैन, त्यसभन्दा पनि बढि अरुको इसारामा उचालिएका यी मधेसी नेताहरु मा राष्ट्रप्रेम छ भनेर पनि म मान्दिन ।

    विविध जातजाति को आफ्नै साँस्कृतिक पहिचान भएको तराई कुनै पनि हालत मा मधेस बन्ने छैन र बन्ने दिने पनि छैनौँ ।

    अहिले मधेस को मुद्दा भन्दै पार्टिहरुले पनि आफ्नो कुर्सी को सोझो हुने हिसाब ले काम गरे भने ती पार्टिहरुको पनि अस्तित्व खतरामा पर्नेछ ।

    तराईका ३३ प्रतिशत जनजाति तथा ३३ प्रतिशत पहाडिया को बोली नसुनी, बाँकी ३३ प्रतिशत को आवाज सुनेर सरकार अगाडि जानेहो भने, निश्चित छ, देशमा गृहयुद्ध ठूलै हुनेछ ।

    २२ भन्दा बढि संघसंगठन तथा नागरिक समाज र विभिन्न पार्टिहरुले "एक मधेस एक प्रदेश" को विरोध गरिरहेका छन् भने, बहुमत लाई कुल्चिएर सरकार अगाडि जान मिल्दैन ।

    स्मरणिय रहोस्, डेढ वर्ष अगाडि यी मधेसी दलहरुले लगाएको जातियता को नाराले नै देश अहिले जटिल मोड मा पुगेको हो । जातियता को नाम मा गरिने राजनितिले अहिले नेपाली-नेपाली विच नै फाटो ल्याएको सबैलाई थाहा नै छ । अर्को कुरा, मधेसी संगठनहरुले गरेका बर्बरता र अमानविय कार्यहरुले गर्दा "चुरे भावर" को जन्म भएको थियो । यसलाई "मधेसी को काउन्टरमा खोलिएको संगठन" पनि केही ले भन्ने गरेका छन् । तर म यत्ति भन्छु कि, "चुरे भावर" लगायत अरु संगठनहरु बलियो रुपमा अगाडि नआएका भए, यी दुई कौडी का मधेसी नेताहरुले उहिले नै हाम्रो देशलाई टुक्रा पार्दै खाँदै गरिसकेका हुन्थे । र सायद हामी तराईबाट विस्थापन भइसक्ने थियौँ, जसरी बिरगंज तथा जनकपुर लगायत का क्षेत्रहरुबाट मानिसहरु विस्थापित भैरहेकाछन् । उनीहरुको बारेमा बोल्ने कल्ले ????

    ReplyDelete
  3. यसै बारेमा आजको कान्तिपुरमामदनमणि दीक्षीतको यौटा राम्रो लेख छापीएको छ । कोहि सथिहरुले पढन चाहनुहुन्छ भने त्यो यहाँ! छ

    ReplyDelete
  4. "Ek Madesh, EK pradesh" Will be a Suicide.

    No.No.No

    ReplyDelete
  5. 'एक प्रदेश-एक मधेश' हाम्रो देशमा कुनै पनि हालतमा हुनुहुदैन, सम्भवत देश टुक्रिन पनी सक्छ, भोली ..'एक प्रदेश-एक हिमाल', 'एक प्रदेश-एक पहाड', 'एक प्रदेश-एक शहर', 'एक प्रदेश-एक गाउँ' को पनि जोड्दार माग भयो भने नेपालको हालत के होला ? त्यसैले अहिले नै 'एक प्रदेश-एक मधेश' को बिरोध गर्नु पर्छ, हाम्रो देश नेपालमा एउटै मात्र प्रदेश नेपाल हुनुपर्छ

    ReplyDelete
  6. प्रतिकृयाहरुका लागि यहाँहरु सबैलाई धन्यबाद!

    "एक मधेश-एक प्रदेश" आत्मघात हो भन्ने स्पष्ट छ। हिजो भएको नयाँ सम्झौतामा 'राज्यहरुको संख्या र सिमाना संविधानसभाले तोक्ने--' भन्ने ब्यबश्था रहेछ। यसले समस्यालाई तत्कालका लागि समाधान गरिदिएको छ तर यो 'नारा' फेरि नउठोस् भनेर निरन्तर जागरुक हुनै पर्छ। 'अहिले यो माग पूरा भएन तर दिर्घकालीन रुपमा भने उठाइरहनेछौं' भनेर उपेन्द्र यादवजीले भनीसके। यसका विरुद्ध सशक्त वैचारिक लडाईँ जारि राखिएन भने फेरि हावी हुनेछन् उनीहरु। यो मानसिकताका विरुद्ध तराईभित्रै ब्यापक जनमत सृजना गरिनुपर्छ। मधेशी जनताका जायज मागहरु सम्पूर्ण पूरा गरिनुपर्छ तर विखण्डनका सम्भावनाविरुद्ध उनीहरुलाई पनि सछेत पारिनुपर्छ।

    ReplyDelete
  7. aba ta wakka lagna thalyo...k ko nepal ani k ko rastriyata ????
    Vad ma jaos sabai chij...kunai desh(INDIA haina) lai baru lease ma diye huncha nepal lai ....

    Hos garnus...jaba euta yuwa yeti samma ko wakka huncha vane jo pariwar palne manche hunchhan ...ti kati wakka vaka holan ???

    HAMILAI AFNO LIFE CHAHIYEKO CHA BY ANYCOST.

    Madhesh ka kura uthayera sadan ma hindi boleko sunda ta jhan wakka lagcha.

    Aba maile yo lekhda yaha rastriyata ko kura uthla..tara chati ma hat rakhera vannus tapai sanga chahi kattiko cha rastriyata ???

    sadan ma hindi hawi hudai gai raheko cha ...yasto bela ma kaha cha hami sanga rastriyata ??

    America ra Europe jana palkeka hami yahi nai europe ra america ayo vane vai halyo ni....

    ke lekhnu ...lekhna pani wakka lagi sakyo...dhanna jiuna chahi wakka lageko chaina....

    PURAI WAKKA LAGDO PARIWESH ANI BATAWARAN ...

    Bhag Amite..yaha bata vag...man le yahi vancha..tara feri vagera samasya ko samadhan hune pani ta haina ???

    K garne basanta dai, aba tapai nai vani dinu paryo ????
    k vagnu nai thik ho ta ??? mero bichar ma ta haina, tyaso vaye upaya k ta ?????

    ReplyDelete
  8. अमेत्य भाइ, प्रतिकृयाको लागि धन्यबाद!

    भाइले ब्यक्त गरेको चिन्ता हामी सबैको चिन्ता हो। नेपाल अत्यन्त संवेदनशील अवश्थाबाट गुज्रिरहेको छ। वास्तवमा नेपालले आफ्नो पहिचानको ब्याख्या गर्न खोजिरहेको छ, इतिहासमा पहिलो पटक। यो प्रसव-पिडा अत्यन्त अराजक र निराशाजनक छ। हामीलाई नेतृत्व गर्नेहरु र हामी सबैमा सुझबुझ भएन भने पहिचान स्थापित हुने हैन, नेपालकै भौगोलिक र भौतिक पहिचान नरहन सक्छ।

    मधेश मुद्दालाई हतियार बनाएर धेरै थरी खेलहरु खेलिइरहेका छन्। मधेशका वास्तविक समस्याहरु तुरुन्त समाधान गरिनुपर्छ तर मधेशलाई भजाएर पूरा गर्न लागिएका 'कुनियत'हरुको सबैले भण्डाफोर गर्नैपर्छ र ती कुनियतहरुका विरुद्ध आफ्नो ठाउँबाट लड्नैपर्छ।

    म आफैंलाई एउटा 'भगौडा' सम्झन्छु, त्यसैले भाइलाई के सल्लाह दिन सक्छु र? नेपाल फर्किने योजना नभएको हैन मेरो, तर नेपाल नफर्किउञ्जेल म आफूलाई भगौडाकै रुपमा हेरिरहनेछु। मैले बुझेको सत्य, भोगेको सत्य के हो भने देशबाट भागेपनि पहिचानबाट भाग्न सकिँदोरहेनछ।

    ReplyDelete
  9. देशमा बस्दैमा देश प्रेमी राष्ट्रियता प्रेमी हुनेभए देशघाती र राष्ट्रियताघाती पनि त यहि देशमा छन नी।

    ReplyDelete
  10. धन्यबाद anonymousजी!

    मेरो भनाइको अर्थ त्यो थिएन। मैले मेरो ब्यक्तिगत सोचाइ (त्यो पनि मेरैबारेमा मात्रै) राखेको हुँ। निश्चयपनि देशबाहिर बसेर देशको लागि धेरै गरेका धेरै मानिसहरु छन्। सबैलाई एउटै आँकाले हेर्न सकिदैंन।

    ReplyDelete