फेरि 'इतिहासको ब्याज'ले काम चलाउने मन थिएन तर ब्लगमा केहि पनि नटाँसेको एक हप्ता हुन लागेछ। त्यसैले ध्वाँसो जमेको पेटारोबाट निकाल्दैछु यो गजल। मेरो छोटो गजल यात्राको पहिलो गजल हो यो।
तिमीसंगै सुँक्क-सुँक्क तारा गनी रोएँ भने
तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने?
जग सामु देखिनुछ धातु ढाली बनेको झैँ
तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने?
ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
समयको खातबाट घाउ खनी रोएँ भने,
वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको
जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने!
गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?
Gajal Sarhai ramro Lagyo ...
ReplyDeleteman chune khalko gajal rahecha.
tar tapaiko Kabita ra gajal haru kin Marmik matra huncha?
ध्वाँसो जमेको पेटारोको गजल त यस्तो दामी छ भने नयाँ डायरीका शायरीहरु किन नलिकालेको आजकल?
ReplyDeleteयो गजल चाहि मैले पहिला पढेको थीईन,त्यसैले मेरो लागि त नया नै भयो र खुब मजा लिएर पढें।
ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
समयको खातबाट घाउ खनी रोएँ भने,
र
,गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?
को भने जबाफ छैन !
ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
ReplyDeleteसमयको खातबाट घाउ खनी रोएँ भने,
यो शेर अब्बल लाग्यो । पुराना त यस्ता छन् नयाँ ननिस्किने त कुरै छैन खालि कोर्नुपर्यो ।
wonderful. love to read more in future.
ReplyDeleteSuperb gazal Basantji. hoping for more...
ReplyDeleteगोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
ReplyDeleteमेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?
यो चाँहि निकै मन पर्यो !
इतिहासको ब्याज् मिठो छ।
ReplyDeleteधन्यबाद सबैलाई! नयाँ लेख्नको लागि दिनुभएको हौसलाको लागि पनि आभारी छु। यो काँचो दिमाखमा केहि छड्किएछ भने तु. पस्किहालौंला।
ReplyDeletetibetartsजी, अचेल टाँसिएका केहि गजलहरु अलि 'मार्मिक'नै परेका हुन् तर मैले मार्मिकमात्र लेखेको भने छैन। मौका मिल्दा हुँदी टाँस्दै गरौंला रमाइला रचना पनि।
wah wah basantji
ReplyDeletebasant
धन्यबाद bcजी!
ReplyDeleteबडादशैंको मंगलमय शुभकामना!
बसन्त जी तपाईंको गजलहरुको त म मा कमेन्ट गर्ने हिम्मत छैन, किनकी तपाईं भनेको एउटा प्रतिष्ठित गजलकार, अनी यो गजल धेरै नै यथार्थभित्र छिरेर लेखिएको मैले पाएँ यसको नियमहरु त तपाईंहरुलाई भन्दा कसलाई पो थाहा होला यस्तै गजलहरु लेख्दै जानुहोला शुभकामना।
ReplyDeletenice gajal
ReplyDeleteBasantji ! This GAJAL clearly shows a deep love for the loved one and also a deep DARD due to the struggle in life.It`s a nice GAJAL.
ReplyDeleteधन्यबाद प्रवीणजी!
ReplyDeleteधन्यबाद प्रेम बल्लभ सर!
चारै आँखाबाट गजल साह्रै सशक्त देखेँ । बसन्त सरको लेखनशैलीलाइ सलाम । :)
ReplyDeleteधन्यबाद ilostangel! हौसलाका लागि आभारी छु।
ReplyDelete