फोरमका परमानन्द झा उपराष्ट्रपति बनिसके र ४ मत कम भएर कांग्रेसका रामवरण यादव राष्ट्रपति हुन पाएनन्।
परमानन्द झाज्यू लाई हार्दिक बधाई र सफल र लोकप्रिय कार्यकालको शुभकामना!!!
नेपालको राजनीति कुनै उत्कृष्ट जासूसी धारावाहिक भन्दा कम छैन! लामो समयसम्म घटनाक्रम एक ढंगले सुस्तरी अघि बढ्छ, निष्कर्षको बारेमा मान्छेहरुको एउटा अडकल हुन्छ। अचानक नयाँ मोड लिन्छ कथाले र मान्छेहरुलाई पक्का हुन्छ निष्कर्षको। तर भईदिन्छ बिल्कूल फरक, कसैले पनि नसोचेको, नसम्झेको!
गिरिजा, माधव नेपाल, सहाना, रामराजा----आदिमा घुमिरहेको धारावाहिक माधव नेपालमा पुगेर अडिने पक्का लाग्या हुँदो हो सबैलाई तर माओवादीले अस्तिताका अचानक देखाएको 'चलाखी'ले रामराजा नेपालका पहिलो राष्ट्रपति बन्ने निश्चित भईसकेको थियो। आज बिहान केहि घण्टामा घटनाक्रमले यस्तो नयाँ मोड लिन्छ भनेर शायदै कसैले सोचेका थिए होलान्! राष्ट्रपति पदको चुनाव फेरि हुने भएपछि यो अवधिमा अझ के के हुने हो! के फोरम कांग्रेस-एमालेसंगको सम्झौतामा अडिग रहला? कि मेरो भागको उप-राष्ट्रपति पड्काईहालें अब मलाई कण्डैसित्ती भनेर नयाँ खेल खेल्न थाल्ला? के एमालेले सभामुख पाउला त साँच्चिकै? कि फेरि खाल्टाँ' जाक्किएला? माओवादीले केहि नयाँ खेल नखेल्ला र फेरि? हे भगवान! अपरम्पार छ नेपाली राजनीति! नेपाली राजनीतिको बारेमा अनुमान गर्न म भने छोडिदिन्छु अब। तपाईँ नि?
अहिलेमात्रै होईन, अचेलका सबै घटनाक्रमहरु यस्तै गरी 'अप्रत्याशीत' ढंगले अगाडि बढेका छन्।
अरु देशमा पनि यस्तै हो त? राजनीतिमा अलि-अलि चलखेल त जता पनि होला तर हाम्रोमा जति 'रमाईलो'चाहिँ कतै नहोला भन्ने लाग्छ मलाई।
खासमा यस्तो खाले 'राजनीतिमा पोल्टिक्स घुसेका' कुराहरुको बारेमा केहि समय नलेख्ने योजना थियो मेरो। संस्मरण आदिको तयारी गर्दै थिएँ। माओवादीले एमालेलाई खाल्टाँ' हालेपछि केहि लेख्न हात चिलाएको हो। समय मिलेन यतिखेरसम्म। अहिले समय मिल्यो बल्ल, तर अब त त्यो प्रसंग 'डाइनोसर' भईसक्यो!:)
संविधानसभा-चुनावपछिको एमालेको मनोदशालाई हेरेर 'एमालेको छट्पटी' भन्ने एउटा 'टाँसो' हाँनौंकि भन्ने पनि लागेको हो केहि समय यताबाट। त्यो पनि लेख्नुपर्लाजस्तो छ चाँडैनै।
राष्ट्रपति नागरिक समाजबाट भईदिए हुन्थ्यो जस्तो लागेको थियो शुरुमा मलाई। तर माओवादीको कठपुतली हैन कि स्वतन्त्र चिन्तन भएको, राजनीतिक रुपमा निष्पक्ष, इमान्दार। तर माओवादीको तुक न तालको अडान देखेपछि अहिलेको नेपाललाई राष्ट्रपति बलियै चाहिन्छ भन्ने लाग्न थाल्यो। देशको राजनीतिक यथार्थ र समीकरणनै यस्तै छ, तर माओवादीमा अत्यन्त ठूलो दम्भ देखिन्छ। संवैधानिक रुपमा राष्ट्रपति र प्रधानमन्त्रीका काम, कर्तब्य र अधिकार स्पष्ट रुपले छुट्याएपछि कथित 'दोहरो सत्ता' कसरी बन्छ? हो पदमा हुने ब्यक्तिको छवि र ब्यक्तित्वको असर हुनसक्छ केहि, तर त्यहि निर्णायक कदापि हुँदैन। खासमा माओवादी आफ्नो अकण्टक एकलौटी सत्ताको खेती गर्न चाहन्थ्यो। एकलौटी खेतीको सम्भावना अझै टरिसकेको भने छैन।
विहानले दिन देखाउँछ। अबका दुई वर्ष हामीले अझ 'रमाइला' जासूसी धारावाहिकहरु देख्न पाउनेछौं! दुई वर्ष सरकार बनाउने र गिराउने खेलमै बित्ला जस्तो छ। दुई वर्षमा संविधान बन्छ कि बन्दैन? बनेपनि कस्तो बन्छ?
अहिलेको स्तिथिलाइ हेर्दा त पहिला कांग्रेस र एमाले ले पालै पिलो सुर्यबहादुर र लोकेन्द्रबहादुर लाई बोक्दै हिंडेको जस्तै हुने भयो। हाम्रा यि नेता हरुले काम मिलाउने भन्दा काम बिगार्ने बढी गर्ने हुनाले किन चाहियो र सरकार जस्तो पनि लाग्छ, संबिधान नबने सम्म देश सचिवहरुलाई चलाऊन दिएर यि ६०१ ले यदी मिलेर संबिधान बनाउन सके बल्ल आम चुनाव गरी सत्ता सुम्पे राम्रो हुन्थ्यो । के गर्नु त्यसो गर्न मिल्दैन, फेरी सहनु पर्ने जस्तो छ अस्थिरता ।
ReplyDeleteसेरेमोनियल पद त हो राष्ट्रपती, आफ्नै पार्टी को किन बनाउनु पर्ने हो कुन्नी? के नेपालमा सबै ले सम्मान गर्ने कोही राष्ट्रिय ब्यक्तित्व नै छैन ? के ठुलो काम पो गर्नु पर्ने छ र राष्ट्रपती ले? प्रोटोकल अनुसार चल्नु पर्ने त हो नि। दलित कि मधिशे कि जनजाती कि माहिला राष्ट्रपती बनाउने भनेर दिमाग खियाउनु भन्दा को नेपाली योग्य होला भनेर सोचे राम्रो हुन्थ्यो। बरु सबै मिलेर खुरुक्क अनुराधा कोइराला (माइती नेपाल) वा सो सरहकै राष्ट्रिय - अन्तराष्ट्रिय ब्यक्तित्व लाई बनाए हुन्थ्यो । बरु नागरिक समाज एकाबद्ढ हुन सकेर एउटा ब्यक्त्तिको नाम सिफारिस गर्न सकेको भए जनताले सिधै Ultimatum दिन मिल्थ्यो " जुन पार्टी ले यो उमेद्बबार लाई समर्थन गर्दैन, उसले कहिले हाम्रो भोट पाउंदैन भनेर" । यसो नगरि नहुने भयो। के गर्ने सोझो आउंलाले घिउ नआए आउंला बङाउनै पर्यो नि। पार्टी र नेता हरु भेंडा भए पछी उनिहरुको काम को जिम्बेबारी पनि नागरिक समाजले नै लिनु पर्ने भयो। यसरी लुछाचुंडी गर्दै जाने हो भने त १० बर्षमा पनि बन्दैन नयाँ संबिधान।
खै के हुँदैछ ? त्यसैपनि राजनीतिको पोल्टिक्स् नबुझ्ने हामीजस्तालाई त महानेपालनै हुनेभो । स्थिरता तर्फ जाने संकेत पट्टक्कै देखिएन ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteनेपालको राजनिती यत्ति तल्लो स्तरमा झर्यो कि अब यसबारेमा बोल्दा र लेख्दा समेत लाज लाग्ने बेला हुन लागिसक्यो ।
ReplyDeleteयौटा थर्ड क्लास हिन्दि फ्लिमको कथा भन्दा पनि "पत्रु" ताल भयो अब त । विश्वास, मेल-मिलाप वा समन्वय जस्ता शब्द नै काम नलाग्ने भो भने नेताका बोलि र नैतिकता स्यालको सिंङ भन्दा पनि दूर्लभ भए । देशकोबारेमा ठुलो निर्णय यहि नौटंकि तालमा हुंदै जाने हो भने दुई बर्षमा होईन १० बर्षमा पनि नया संबिधान बन्ने देख्दिन म त !
सबैलाई धन्यबाद! प्रतिकृयाहरुको जवाफ दिन पनि ढिला भयो, नेपाली राजनितिको यस्तो खरायो चाललाई कछुवा चालको ब्लगले के आँट्नु:)
ReplyDeleteराष्ट्रपतिको चुनावपछि भने मलाई अलिक स्थायित्वको आभाष भएको छ। बुझ्दै आउँदा, डा रामवरण यादव राष्ट्रपति पदका लागि अत्यन्त योग्य र रामराजाभन्दा कता हो कता हुने लाग्दैछ। उपराष्ट्रपतको भ्रष्ट विगतको बारेमा थाहा थिएन, तर उनको भूमिका कम हुने हुँदा त्यति समस्या नपर्ला।
जे घुर्की देखाएपनि सरकार बनाउन माओवादी अबश्यपनि आउँछन् जस्तो लाग्छ। यसमै उनीहरु, अरु सबै र देशको भलो छ। माओवादी आफैले खनेको खाल्डामा आफैं खसेको मात्रै हो। घस्रेरै भएपनि देश सही बाटोमै हिड्लाजस्तो लाग्दैछ मलाई। ममा अचानक यस्तो आशावादिता किन आयो, म आफैं छक्क छु; तर देशको भावी गतिप्रति आशावादी हुँदै गएको भने पक्का हो।