July 05, 2008

म पनि रोएँ भने-----

फेरि 'इतिहासको ब्याज'ले काम चलाउने मन थिएन तर ब्लगमा केहि पनि नटाँसेको एक हप्ता हुन लागेछ। त्यसैले ध्वाँसो जमेको पेटारोबाट निकाल्दैछु यो गजल। मेरो छोटो गजल यात्राको पहिलो गजल हो यो।


तिमीसंगै सुँक्क-सुँक्क तारा गनी रोएँ भने
तिम्रो आँशु कल्ले पूछ्ने म नै पनि रोएँ भने?

जग सामु देखिनुछ धातु ढाली बनेको झैँ
तिम्रो शिर अड्ने छाती कहाँ अनि रोएँ भने?

ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
समयको खातबाट घाउ खनी रोएँ भने,

वर्षौँ भयो मैनको मन भित्र भित्रै पग्लेको
जिन्दगीनै बाढी बन्ला ऐया भनी रोएँभने!

गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?

16 comments:

  1. Gajal Sarhai ramro Lagyo ...
    man chune khalko gajal rahecha.
    tar tapaiko Kabita ra gajal haru kin Marmik matra huncha?

    ReplyDelete
  2. ध्वाँसो जमेको पेटारोको गजल त यस्तो दामी छ भने नयाँ डायरीका शायरीहरु किन नलिकालेको आजकल?

    यो गजल चाहि मैले पहिला पढेको थीईन,त्यसैले मेरो लागि त नया नै भयो र खुब मजा लिएर पढें।

    ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
    समयको खातबाट घाउ खनी रोएँ भने,


    ,गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
    मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?


    को भने जबाफ छैन !

    ReplyDelete
  3. ज्वरो बोकी हिँडेकै छु बेहोश हुन के बेर!
    समयको खातबाट घाउ खनी रोएँ भने,

    यो शेर अब्बल लाग्यो । पुराना त यस्ता छन् नयाँ ननिस्किने त कुरै छैन खालि कोर्नुपर्यो ।

    ReplyDelete
  4. wonderful. love to read more in future.

    ReplyDelete
  5. Superb gazal Basantji. hoping for more...

    ReplyDelete
  6. गोतामेको आँशु बग्छ रगतझैँ भित्र भित्रै
    मेरो आफ्नो के नै बाँकी बाहिर पनि रोएँ भने ?

    यो चाँहि निकै मन पर्यो !

    ReplyDelete
  7. इतिहासको ब्याज् मिठो छ।

    ReplyDelete
  8. धन्यबाद सबैलाई! नयाँ लेख्नको लागि दिनुभएको हौसलाको लागि पनि आभारी छु। यो काँचो दिमाखमा केहि छड्किएछ भने तु. पस्किहालौंला।

    tibetartsजी, अचेल टाँसिएका केहि गजलहरु अलि 'मार्मिक'नै परेका हुन् तर मैले मार्मिकमात्र लेखेको भने छैन। मौका मिल्दा हुँदी टाँस्दै गरौंला रमाइला रचना पनि।

    ReplyDelete
  9. धन्यबाद bcजी!

    बडादशैंको मंगलमय शुभकामना!

    ReplyDelete
  10. बसन्त जी तपाईंको गजलहरुको त म मा कमेन्ट गर्ने हिम्मत छैन, किनकी तपाईं भनेको एउटा प्रतिष्ठित गजलकार, अनी यो गजल धेरै नै यथार्थभित्र छिरेर लेखिएको मैले पाएँ यसको नियमहरु त तपाईंहरुलाई भन्दा कसलाई पो थाहा होला यस्तै गजलहरु लेख्दै जानुहोला शुभकामना।

    ReplyDelete
  11. Basantji ! This GAJAL clearly shows a deep love for the loved one and also a deep DARD due to the struggle in life.It`s a nice GAJAL.

    ReplyDelete
  12. धन्यबाद प्रवीणजी!

    धन्यबाद प्रेम बल्लभ सर!

    ReplyDelete
  13. चारै आँखाबाट गजल साह्रै सशक्त देखेँ । बसन्त सरको लेखनशैलीलाइ सलाम । :)

    ReplyDelete
  14. धन्यबाद ilostangel! हौसलाका लागि आभारी छु।

    ReplyDelete