May 25, 2008

'बेकर' हरुको नेपालमा 'मस्ती'

नेपालमा साँच्चिकै सफा दिलले समाजसेवा गरेर वा कार्यरत भएर बसेका विदेशीहरु(पश्चिमाहरु अथवा 'गोरा'हरु, जनबोलीमा) धेरै छन् र ती सम्मानका हकदार छन्।

तर नेपालमा रहेका 'गोरा'हरुको अर्को भाग भने कथित समाजसेवा अथवा आफ्नो प्रतिष्ठित 'क्यारीयर'को आडमा नेपाललाई अनगिन्ती अवैध धन्दा र अपराधहरुको खेल-मैदान बनाएर बसेको छ। नेपालीमा रहेको विदेशीप्रतिको आकर्षण र सद्भाव, अनि नेपालका लोभी र भ्रष्ट राजनीतिज्ञ र प्रशाशकहरुलाई राम्रैसंग 'उपयोग' गरेका छन् यस्ता 'गोरा'हरुले। नेपालमा सामन्यतया यस्ता मान्छेमाथि कारवाही हुँदै-हुँदैन। कुनै कारणवश, कारवाहीको 'नाटक' मञ्चन शुरु भईहाल्यो भनेपनि उच्च तहमा रहेको आफनो 'पहुँच'को आडमा तिनीहरु सजिलै फुत्किन्छन् र फेरि नेपालमै अथवा नेपालजस्तै 'अभागी' तेश्रो विश्वको अर्को कुनै देशमा आफ्ना कर्तुतहरु दोहो-याउन थाल्छन्। कतिपय अबश्थामा उनीहरु आफ्नो देशको कूटनीतिक निकायकै दबाब प्रयोग गरेर पनि फुत्किन्छन्। हामी सबैलाई थाहा भएको एउटा 'लाजमर्दो' कुरा के हो भने, संसारमा यस्तो कुनै देश बाँकी छैन जस्को उचित-अनुचित दबाबमा नेपाल गल्दैन। हाम्रो देशको कूटनीतिमा अलिकति पनि नैतिक बल हुन्थ्यो भने भुटानी-नेपाली शरणार्थीहरुको त्यो दुर्गति हुने थिएन।

केहि वर्ष पहिलाको एउटा प्रसंग याद आयो। यूरोपको कुनै देशको एउटा 'गोरा' बालयौन-दुराचारको अभियोगमा समातिएको थियो। खोरबाटै उसले पत्रकारहरुसंग भनेको थियो-"तिमीहरुको देश कसरी चलेको छ भन्ने मलाई थाहा छ। कसैले केहि गर्न सक्दैन मलाई।" नभन्दै केहि दिनपछिनै ऊ रिहा भयो। निकट अतीतका केहि प्रसंगहरु पनि यस्तै छन्। धर्मपुत्र-पुत्रीको 'कारोबार' गर्ने गिरोहको पहुँच प्रधानमन्त्रीसम्म रहेको कुरा अझै ताजै छ। त्यस्तै, आफ्ना कर्मचारीहरुलाई तलब समेत नदिने छिमेकी देशको टेलिभिजन च्यानल चलाउने मान्छेले हाम्रो संचार मन्त्रीलाई "धेरै निहुँ नखोज् है, तेरो 'पोर्टफोलियो' फेर्दिउँला नि फेरि!" भनेर भनेको दुई वर्षपनि पुगेको छैन। थुक्क हामी नेपालीको इज्जत!!!!!!!!

यो 'इयान बेकर' भन्ने त अहिले नेपालमै रहेनछ। अब यो 'बेकर' भन्ने नेपाल आउँछ कि आउँदैन कुन्नि! ऊ नेपालै आएपनि हाम्रो सरकार-प्रशाशनले के गर्न सक्ला र? अथवा के गर्न चाहला र? प्रहरीका उच्च अधिकारीहरुलाई नियमित 'भोज' ख्वाउनेले केहि राजनीतिज्ञहरुलाई पनि केहि न केहि 'चटाएकै' होला। 'बेकर' भन्ने त फुत्किए पनि अलि-अलि बेईज्जत त भयो त्यस्को; सके यो समाचारका कारण उस्को जागिरै 'चेट' होला र जिन्दगीभरको उ्सको प्रतिष्ठा अमेरिकामापनि धूलोमै मिल्ला। तर उस्ले ख्वाएको 'भोज' खाएका हाम्रो देशका प्रहरी-प्रशाशन-राजनीतिका ती पातकीहरु भने सजिलै उम्कनेछन्। कल्ले छुने तिनलाई नेपालमा?!

रक्षकनै भक्षक!


यो मैले नेपालको प्रहरी-प्रशाशनलाई भनेको होइन, तिनीहरुलाई त भनिरहनै पर्दैन, प्रमाणित कुरो हो। तर यो 'बेकर' भन्ने पनि उस्तै निक्लियो। हामी सबैमा नेशनल ज्योग्राफिक र न्यूजवीकप्रति पक्का पनि धेरैनै विश्वाश छ। झन नेशनल ज्योग्राफिक त विश्वका प्राकृतिक-साँस्कृतिक सम्पदाहरुको संरक्षणमा समर्पित संस्था हो। यस्तो प्रतिष्ठित संस्थाको लेखक भएर संरक्षणको साटो त्यो मान्छे उल्टो महातस्कर भएर हिँडिरहेको रहेछ। योभन्दा 'रक्षकनै भक्षक' अरु के हुन सक्छ?!

समाचार पढिसक्नुभएको छैन भने यहाँ सूत्रहरु छन्।

Police Recover Illegal Treasure Trove from House of National Geographic Writer
बाघको छालामा बेकरको रजाईँ

10 comments:

  1. Sensitive issue. Thanks for bringing it up. There are many ways Nepalese feel cheated every day.

    ReplyDelete
  2. बसन्तजी,
    यस्तै हो नेपालको चाला। विदेशी र गोराहरु भन्ने बितिक्कै "अतिथिदेवो भवः " सँझदै हरेक गल्तीलाई आँखा चिम्लिनुको परिणाम हो अहिले बेकरले मस्ती मारेको। आवश्यक छ दन्डहिनताको अन्त्यको।

    सुरेश परिवर्तन

    ReplyDelete
  3. Thank you mprofitjee. Th end to such cheating doesn't seem near. But lets hope there will be some improvements.

    सुरेशजी, वास्तवमै दण्डहीनता हाम्रो सबैभन्दा ठूलो समस्या हो। हाम्रा अरु धेरै समस्याहरुको जडपनि दण्डहीनता हो।

    ReplyDelete
  4. I'm curious if National Geographic issued any statement on this regard. Do you know if he was just a freelancer, or official employee of National Geographic?

    ReplyDelete
  5. He seems to be a freelancer but from the names of many books he has penned, you can guess he was involved more with National Geographic than others. If you search 'Ian Baker' in NG's site, you get quite an impressive list.

    But this matter hasn't yet been picked by major western media.

    ReplyDelete
  6. Thanks for the Info Basanta Ji.

    Being associated with NG is very prestigious stuff, that doesn't mean they should get free pass on everything, especially in Nepal (citing the examples you provided in your post) that looks more likely.

    Especially with the theme of NG, act of Baker is more shocking. I think someone in National media (with some substance) should inquire NG for their statement on this (I am not sure if a general public can get the statement out from them, might be worth trying though)

    The point here is not about getting Int'l limelight, but giving message out to the world that these sort of hypocrisy are not accepted. And, all the guilty must prosecuted by National as well as Int'l law.

    ReplyDelete
  7. Nepalese media (and whole Nepal) is right now obsessed with the constitution assembly, its first sitting and subsequent ‘expected’ ‘implementation’ of the republic. So this issue has faded quite fast. We Nepalese have a habit of forgetting everything very quickly and it is possible that this guy Baker will come back to Nepal again soon and engage in his illegal activities.

    Or we can do something Prajwoljee. I have one good experience with NG. Five years back, I read somewhere else that Chinese were doing mining in the Kailash and Mansarobar area and destroying the natural environment there. So I wrote to NG (through their site) asking whether they had any knowledge about it. I got a good response from them within a few days. (The report of mining around Kailash and Mansarobar area turned out to be false.)
    So we can send them the news that appeared on the Kantipur online and ask them what they think of this.

    ReplyDelete
  8. That's great Basanta Ji.....

    Do you want to do the honors? Sending that link with a question if they even know anything about it and where they stand on this.

    That's the least we can do, at least getting the statement out from NG.

    ReplyDelete
  9. Thank you Prajwoljee. Lets both of us write. It is better to request some other friends too. It will be better than one person writing.

    ReplyDelete
  10. Did you hear anything from them?

    I forgot about it, but I did send them an email today.

    ReplyDelete