कार्यक्रम शुरु भएपछि भाषण सुनियो एकछिन। र पेटमा मूसा दौडिन थालिसकेकोले केहि साथीहरुसंग बाहिर लागियो।
खाना खाएर फर्केर आउँदा केहि साथीहरुले अर्को गज्जब कुरा सुनाए। नागोयाबाट हामीसंगै गएका केहि साथीहरुतिर एकजना ढल्किँदै आएछन् र पार्किङ गरिराखेका, हामी चढेर आएका बसहरुतिर देखाउँदै सोधेछन् "यो कस्को बस हो? किन यहाँ राखेको?"। साथीहरुले "हामी नागोयाबाट चढेर आएका बस हुन्। हलवालाले यहीं राख्नु भनेकोले राखेको हो।" भनेपछि ती मित्र जंगिन थालेछन्, "मेरो गाडी पार्क गर्ने ठाउँ भएन, तिमीहरुलाई बस लिएर आउनु भनेर कल्ले भन्यो----?!" साथीहरुले "बस ल्याउनु-नल्याउनु हाम्रो कुरो हो, तपाईँलाई पार्किङ चाहिने भए हलवालालाई भन्नुस्।" भनेछन्। त्यसपछि ती मित्र "मेरो गाडी पार्किङ गर्ने ठाउँ छैन, बस राख्ने----?!" भनेर भुन्भुनाउँदै हिँडेछन्। पछि अरुसंग पनि "नागोयाबाट आउनेको 'लिडर' कता छ?" भन्दै हामीमध्येका एकजना साथीको नाम लिएर खोज्दै हिँडेका थिए रे। फेरि पनि निहुँ खोज्न आए अझ 'गतिलो' जवाफ पाउने थिए तीनले, तर त्यो स्थिति आईपरेन। त्यो पार्किङ न त तीनको नीजि थियो, न तीनको नाममा पहिल्यै 'बुक' भएको थियो। पछि थाहा भयो, ती एनआरएन-जापानका अध्यक्ष रहेछन्। तीनको नेतृत्वको 'सक्षमता' त दुई वर्षको कार्यकाल र एकदिनभरिको 'रामलीला'ले देखाएकै थियो, तीनको तुक न तालको बडप्पन पनि देखियो।
देशमा राजतन्त्रले गुण्टा कसिकेको छ, तर विदेश बस्ने कतिपय 'नेता' नेपाली भने अझै आफूलाई
'छोटे राजा' संझिन्छन् जस्तो छ!
उम्मेदवारी दर्ता र फिर्ताको कार्यक्रम पनि अझै सकिएको थिएन। भित्र हलमा पस्दा सांगठनिक र आर्थिक प्रतिवेदन र विधान संशोधन आदिमा ‘छलफल’ हुँदै थियो। तर ‘छलफल’को मैले बुझेको सार यस्तो थियो “समयको अभावले गर्दा हामी अहिले यसमा छलफल-विवाद गर्न सक्दैनौं। एउटा कमिटि बनाएर त्यसलाई जिम्मा दिन्छौं, त्यसले अर्को वर्षको साधारण सभामा लानेछ र त्यतिबेलै छलफल गराउनेछ।“ यो त बडो अचम्मको कुरो भयो, यो वर्षको प्रतिवेदनमाथि अर्को वर्ष छलफल गर्ने! अर्को वर्षको कहिले गर्ने नि?!
घोषित रुपमा समूहगत उम्मेदवारी थिएनन् तर बेला-बेला हस्तलिखित अथवा छापिएका पर्चाहरु बाँडिइरहेका थिए। तीनमा केहि उम्मेदवारहरुका सूचि हुन्थे र तीनलाई मत दिन आग्रह गरिएको हुन्थ्यो। ती पर्चाहरु त ‘रमाईला’ छँदै थिए, तीनले खडा गरेका विवाद र ‘हा—हू’ झन ‘रमाइला’ थिए। यस्तो लाग्थ्यो नेपाली राजनीति अचानक टोकियोको मुटुमा आईपुगेको छ।
उता हल बाहिरको मानव समुन्द्र झन विशाल हुँदै थियो। तह नलागेको भिड देखेर हल र पुस्तकालयका जापानी कर्मचारीहरु निराश देखिन्थे। भिडसंगै स्वाभाविक रुपमा फोहर पनि बढिरहेको थियो। कागतका टुक्राहरु, क्यानहरु, पेट बोटलहरु र चुरोटका ठुटाहरु देखिन्थे जताततै। 'स्वनामधन्य' नेपालीहरु ती चीजहरु फाल्न नजिकैका ढ्वाङहरुसम्म पुग्ने 'पाउकष्ट' पनि गरिरहेका थिएनन् र जता बसेर 'हजम' गरेको हो, त्यतै मिल्काइरहेका थिए। हामी नेपाली जति वर्ष विदेश बसेपनि हाम्रो स्वभाव फेरिन्न, विशेष गरी नेपालीको जमघटमा त हामी उही पूरानै 'भान्छाको फोहर झ्यालबाट फाल्ने र बाटामा ढल मिसाउने' मार्कामा फर्किन्छौं। हामीले लालू प्रसादको नाम राखेर भन्ने-सुन्ने गरेको जोक हाम्रै लागि चरितार्थ भएको थियो र हामी नेपालीको हातमा परे जापानलाई एक दिनमै नेपाल बनाइदिन सक्छौं भन्ने कुराको बलियो प्रमाण पेश भएको थियो।
(मैले क्यामेरा बोकेको थिईँन, तर ब्लगको लागि भनेर मोबाइललेनै भएपनि केहि फोटोहरु खिचेको थिएँ। समयाभावका कारण अहिले राख्न सकिँन, क्षमाप्रार्थी छु। ती फोटोहरु र बाँकी विवरणका साथ अर्को भाग लिएर चाँडैनै आउनेछु।)
अरु भागहरु:
भाग-१
भाग-२
भाग-४
नेपालीहरुले ठाउँ-कुठाउँमा गर्ने गरेको एक -दुईवटा चर्तीकला त मैले पनि देखेको थिएँ, तर त्यहाँ त जात्रा नै भएको रहेछ ।
ReplyDeleteलेखन शैली र घटनाकर्मको प्रस्तुती रोचक भएकोले यो धारावाहिक पोष्ट प्रतिक्षा गरेरै पढि रहेको छु तर घटनाको बास्तविकताले चाही साच्चै सोच्न बाध्य बनाएको छ ----के हामी कहिल्यै सुध्रन सक्दैनौ ?---
बसन्तजी,
ReplyDeleteधन्यवाद। मेरो प्रतिक्षा अत्यन्त सुखद रह्यो। हुन त नागोयाका मित्रहरुबाट मैले त्यो कुरा सुनिसकेको थिएँ। तर, तपाँईको ब्लगमा पढन पा्उ्ँदा झन खुशी लाग्यो। ्््उ्हाँको सँबन्धमा के भन्ने खै। डा. ्उ्पेन्द्र महतो स्वयमले ्पहिलो अधिवेशनका बेलामा सार्वजनिक रुपमा उ्हाँको आलोचना गर्नु भएको थियो। कारण थियो, ्््उ्हाँको "विध्यार्थि विरोधी ्उ्दगार"। शायद, नागोयाका साथीहरुलाई पनि विध्यार्थी नै हुन भनेर आफ्नो बडप्पन देखाएका हुन कि? मेरो अनुमान मात्र। अतिथीदेवो भव: अरुले नमाने पनि अधिवेशनको अध्यक्षता गर्नेले त मान्नु पर्ने हो नी। खै के भन्ने। नागोयामा मित्रहरुसँग विनम्र माफी माग्दछु, हामीले केही गर्न सकेनौँ।
सुरेस परिवर्तन
टोक्यो
Basanta jee
ReplyDeleteVery nice posts.. Waiting for the remaining parts..
Pradeep, Chiba
Basanta Ji
ReplyDeleteI read all three NRN sequels. I had a question: What are the advantages of being elected as Japanese NRN official? Why did all these people decided to go to these meeting?
If they are not paid officials, I don't except the organizers to be very professionals either, but that doesn't mean it gives them right to be rude.
I think the story is same either it's in Japan or USA, when people get into groups with other Nepalese they behave like in Nepal (normally they act fine). When I wrote that I was ashamed in my Gulf Air trip to Kathmandu via Bahrain, someone said I was being very picky. The story was same there too, workers in Gulf were acting wild once they were in groups while returning back to Nepal. When it's wrong, it's wrong...I'm glad you also used the word "ashamed".
I have heard about the Cigg butts and other littering in Annual Gathering of Nepalese in North America. I haven't been to any one of those, but I plan to get to one on July 4th at Baltimore, USA.
For me it's more of a opportunity to meet lost friends and few relatives. I don't even know what goes beyond that. Though I heard that it's more of possible dating venue for Nepalese singles :) Too bad I'm married ;)
Thank you Dilip dai, Sureshjee, Pradipjee and Prajwoljee!
ReplyDeletePrajwoljee, NRNA officials, whether in Japan or anywhere else, are not paid. But as the organization is big and gaining influence in Nepal too, its office has suddenly been being viwed as very 'lucrative'. I think almost all of the people who were fighting so 'shamelessly' in that 'election' do anything good for Nepalese in Japan or do some significant social works in Nepal. They wanted a venue for their own personal causes like increasing business relations etc. NRNA has branches in more than 40 countries and has also gained good पहुँच in the Nepalese government. And it has become a playing ground for political parties too.
Yes they were not professionals, but you don't need to be a professional to find a suitable venue. Many problems were due to the small hall.
Hope to read your posting from Baltimore. I had enjoyed your writing about your Gulf Air trip.
And I agree with you, there is no 'shame' in using the word 'ashamed'. I was ashamed of being a Nepali.