आज फेरि एउटा पुरानो कविता। म पोखरा बस्दा लेखेको हो यो पनि। २०५६-२०५७ सालतिर हुनुपर्छ। ब्लगमा लेख्नका लागि धेरै विषयहरु थिए तर समयले साथ दिएको छैन अचेल। त्यसैले आजपनि "इतिहासको ब्याज" पस्किँदैछु यहाँहरुसामु।
खासमा नयाँ कविता नलेखेको पनि धेरै भईसक्यो। अब त कविता 'फुर्न'समेत छोडिसक्यो:)
शहरको एक दिन
बिहान सबेरै-
एक हुल कुकुरहरु आएर
सडकमा राशलीला मच्चाईदिन्छन,
दिनभरि-
नाङ्गो एकलास डाँडोमा
आफ्नै छायाँमा गाडिएर
एउटा रुख रोइरहन्छ,
साँझ परेपछि-
अराजक सडकहरु
पहाडमा ठोक्किएर
चूपचाप घर फर्कन्छन्,
र आफ्नै सुरक्षामा खटिएको शहर-
आफ्नै आँसुको घोर वर्षामा
रातभर एक्लै रुझिरहन्छ।
राम्रो लाग्यो कविता । झण्डै १० वर्ष अगाडीको तपाईंको कवितामा कोरिएको चित्र अझै उस्तै दुरुस्तै उस्तै छ । कहिले त फेरिएला यो चित्र !! घोर दुख लाग्छ हाम्रो समय त्यसै खेर गै रहेको देख्दा ।
ReplyDeleteसदाबहार कविता रहेछ।
ReplyDeleteइतिहासको ब्याज्मा रमाउनु पनि राम्रै हो। म पनि त्यसो गर्ने गर्छु।
कविता फु्र्न छोड्यो भने त बर्बाद हुन्छ नि! सिर्जनशीलता सधैँ रहिरहोस् मेरो यही छ कामना।
कबिताले ब्यापकै गहिराई बोकेको छ। दामी छ।
ReplyDeletekeep it up.
धन्यबाद सबैलाई! नयाँ केहि लेख्न सकिएला जस्तो छैन, त्यसैले छउञ्जेल बेला-बेलामा "इतिहासको ब्याज" पेश गर्दै रहनेछु। कतैबाट नयाँ फुरिहाले, नयाँ पनि टाँसौंला।
ReplyDelete