May 11, 2008

एन.आर.एन. को अधिवेशन जात्रा:राष्ट्रियताको घोर बेइज्जतीको एक दिन-४

भिडका केहि फोटोहरु यहाँ राखिएका छन्। केहि फोटोहरु मित्र प्रताप छत्कुलीबाट प्राप्त भएका हुन्। उहाँलाई धन्यबाद।


हल परिसरमा सुन्दर फूलहरु फूलिरहेका थिए। केहि नेपालीहरु 'निर्दयी' पाराले फूलमा टेकिरहेका थिए, कोहि बसिरहेका थिए। दिनभरि उभिँदा थकाई लागेर बसेका भनौं भने सबैनै थाकेका थिए। अलिकति मात्रै चेतना भए मान्छेहरु त्यसरी बस्ने थिएनन्।
चुनाव हुने-नहुने अथवा कुन ढंगले हुने हो निश्चित थिएन। वातावरण झन-झन तनावमय हुँदै थियो। मतदाता नामावलीमा अझै मतैक्यता हुन सकेको थिएन शायद।

साढे तीन बजेपछि होला, मतदाता नामवाली ल्याएर टाँसियो हलको मूलढोकाको दुईतिर। त्यसपछि मतदाताहरु लाईन लागे। अलिक ध्यान दिएर हेर्दा मतादात नामावली पनि 'गज्जब' देखियो। एउटै मान्छेको नाम धेरै ठाऊँमा पनि देखिन्थ्यो। एउटै नामको अगडि कहिले Mr. कहिले Ms. देखिन्थ्यो। टोकियोमा आएर लोग्नेमान्छेको middle name, kumari पनि हुन्छ भन्ने जान्न पाईयो:) केहि उदाहरणहरु छन् यहाँ, आनन्द लिनुस्।





भिडको टाउकोमाथीबाट मोबाइलले धेरै खिच्न सकिएन। यिनैको भरमा पनि तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, मतदाता सूचि कति हचुवाको भरमा बनाईएको थियो।

मतदाताको लाईन एकदम भद्रगोल देखिन्थ्यो। एनआरएनका स्वयंसेवकहरु बाहिर देखिएका थिएनन्। हामीसंग बिल्कूल सम्बन्ध नभएका केहि जापानी कर्मचारीहरु हाम्रा 'मतदाता'को लाइनलाई मिलाउँदै र सोझ्याउँदै थिए! 'हग्ने'लाई भन्दा 'देख्ने'लाई लाज!

त्यतिखेरसम्म के स्पष्ट भईसकेको थियो भने अब सदस्यताको बाल मतलब हुने छैन र जस्ले पनि भोट हाल्न पाउनेछ। मलाई यस्तो काइते चुनावमा भोट हालेर आफ्नो हात 'फोहर' गर्न मन लागेन र जो साथीका लागि म टोकियो आएको थिएँ उहाँलाई सोधें, चुनावप्रति उहाँको राय के छ र भोट हालौं कि नहालौं भनेर। उहाँले भोट हाल्ने अनुरोध गरेपछि बेलुकी सात बज्ने बेलामा लाइनमा बसें।

भित्र मतदान गर्ने ठाऊँमा पनि कम्ता भिडभाड थिएन। तलका फोटोहरुबाट देख्न सक्नुहुन्छ। को भोट हालीसकेको हो र को भोट हाल्न जाँदैछ, पत्तै हुँदैन थियो। यस्तो भिडभाडमा गोप्यताको के अर्थ रह्यो?! कस्ले कस्लाई भोट हाले भनेर स्टेजमा बसेका केहि ब्यक्तिले सजिलै हेर्न सक्थे।





यो एउटा सामान्य मतदाताको अनुभव हो। यो चुनावसंग अझ नजिक सम्बन्ध भएका साथीहरुका धारणा तपाईँ http://www.samudrapari.com, http://www.lokatantra.blogspot.com र http://thenewah.blogsome.com आदिमा पढ्न सक्नुहुन्छ।

यो अनुभवपछि म एनआरएनको साधारण सदस्यता पनि परित्याग गर्ने निर्णयमा पुगेको छु।

लेख्न भने एनआरएनको बारेमा पछि पनि लेख्दै गरौंला। अहिलेलाई यो शृंखलालाई समाप्त पार्ने अनुमति चाहन्छु। धन्यबाद!



अरु भागहरु:

भाग-१
भाग-२
भाग-३

14 comments:

  1. बर्मा गए कर्मसँगै भन्छन्।
    जहाँ गए पनि संस्कार उही हो अधिकांश मान्छेको।
    अब जापानमा पनि आफ्नो सही रूप देखाउने मान्छे रहेछन्।

    ReplyDelete
  2. बसन्तजी,
    हार्दिक धन्यवाद। तपाँइका फोटोहरुले धेरै कुरा बतायो।

    सुरेस परिवर्तन

    ReplyDelete
  3. अघिल्लो पटक text मात्रै पढ्दा मैले 'जात्रा' भएको रहेछ भन्ने कमेण्ट गरेको थिएं। बाफ रे ! बाफ !! यो त जात्रा मात्रै हैन गाई जात्रा नै भएको रहेछ ।

    एकातिर यौटा नेपालीले स्वास्नि र छोरीको हत्या गर्ने आर्कोतिर 'बुद्दीजिवि' वर्गबाट पनि यस्तो 'करतूत' भएपछि जापानमा नेपालीहरुलाई केहि महिना मुख देखाउनै पनि गाह्रो होला जस्तो छ ।

    ReplyDelete
  4. Picture said thousand words.

    I don't blame you for giving up NRN membership.

    ReplyDelete
  5. Basanta Ji
    Afno b4 lekhnu bahyeko ma dhnaybad. Tara malie ni 2-4 otta kura lekhna maan lagyo. Sarwa pratham ta sathi haru le photo dekhera gaijatra bahnu bahyeko cha tyo kunai gaijatra haina, malie ta kushi lageko cha yeti dherai nepali haru sabai ko sakriya sahabhagi ko lagi.
    Mallie dukha ke lagyo bahne tapai afu japan ma basera japan ko nepali haru bahnera afnai pahichan ni dekhaudai hunu huncha. Tapai yeuta sacha nepali ra japan jasto desh ma phd gareko DR sahab tapaiko tyo din ke thiyo ta bhumika khalie basera ramita herne ki, sathi haru phohor nagarm bahnera bahne ho? Hami sabai nepali haru aruko angma jumra dekhcau tara afno jiuma bhaisi dekhdainaam, tesaile sathi aba ma u tyo haina hami sabai nepali bahnera thulo maan liyera sabai jana nepali ko japan ma beijati nahosh bahnera lagne ki blog ma tathanam lekhne??yeti chai yaad rakhnush ki tapai pani tyo jatra ma sahabhagi bahyera jatra ko yeuta patro hunu hunthio.
    Japan ko Nam matra ko loktantrik blog ta gyanendra ko blog bahnda ni khatra cha khali ektafi posting huncha kunai comments haru approve hudaina yedi kunai kura ko ispastikaran diyo bahne,,,,,,,aba heram tapaiko blog chai katiko loktantrik cha?
    Uhi nepali maan bahyeko japan ma basne nepali

    ReplyDelete
  6. लोकतन्त्र ब्लगमा हामीले हामिलाई ठीक लागेका कुरा र आफ्ना विचार राखेका छौँ।त्यसै आधारमा एकतर्फी भनिन्छ भने मलाई केही भन्नु छैन। कमेन्टका हकमा त्यो प्रकासन गर्ने कि नगर्ने कुरा ब्लग सँचालकजीमा भर पर्छ। मलाई थाहा भए अनुसार बेतुके र असान्दर्भिक कमेन्ट ्उ्हाँ प्रकासन गर्नु हुन्न। त्यस्तै समयाभावले पनि कमेन्ट प्रकाशनमा ढीलाई भएको हुन सक्छ। त्यस्तो अवस्थामा suresh.paribartan@gmail.comमा आफ्नो कमेन्ट पठा्उ्न अनुरोध गर्दछु।

    सुरेस परिवर्तन

    ReplyDelete
  7. 'Uhi nepali maan bahyeko japan ma basne nepali'jee, welcome to this blog and thank you for your comment.

    Please be assured that I don't delete any comments except those with foul language. Hence your comment will be displayed here forever.

    I haven't written anything 'TATHANAM' and haven't fabricated anything. I wrote what I saw and that is not called 'TATHANAM'. Though I am also a member of Nepalese community in Japan, I don't belive that hiding the reality will benefit us. If such mismanagement and recklessness is not reported well, it will keep on repeating everytime we have any event. So I did what I thought right and still think so.

    Second, it is not necessary at all to drag this 'PhD' and 'Dr' into this conversation.

    You have asked about my BHUMIKA. Well, I had tried to tell some people not to litter the venue but they didn't listen. It might be because I was not an authority there. So I stopped. I didn't want to provoke anybody in that tense environment.

    Yes I was one PATRA of that JATRA and I am repenting it now!

    At last, what do you think of the GREAT DEMOCRATIC WAY of NRN-Japan's election? What do you think of bullying nature of some of its office bearers? What do you think of the JHUREST management of the whole program itself?

    And do you want to blame the all 2000 present there to cover the blunders of the organizers? Sweet talk like HAMI SABAI NEPALI only will take us nowhere. People who made mistakes should take the responsibilty and say 'sorry' to all the Nepalese. I went there as a voter and voted. Frankly speaking, my responsibilty ends there.

    ReplyDelete
  8. Thank you keshuvjee, Sureshjee, Dilip dai, Prajwoljee and Badrijee for your comments.

    ReplyDelete
  9. thanks for sharing dai.
    nagoya bata jane bus ma jatra nai bhayechha. mero sathi haru pani nagoya bata gayeko thiyo. jhan tokyo ma ta gaijatra nai bhayechha. yestai ho dai NRN bhanne pani ani tini haru pani .. manai pardaina..

    ReplyDelete
  10. "tasvir afai bolcha" ....Nepali NRN haru bahira gayara educated bhyachan bhaneko ta tal ta nepal mai baseko haru jasto cha ni .

    ReplyDelete
  11. केही अपवाद बाहेक नेपालीहरुले आफ्नो जात जनाउन खोजेका होलान्, त्यस्तै लाग्यो है मलाई त ! btw...... problem in loading ur blog nowdays......somtimes hang too...

    ReplyDelete
  12. Thank you sphurijee, bikranjee and aakarjee for your kind comment.

    ReplyDelete
  13. आकारजी, मैले पनि महशूश गरेको छु त्यो कुरा र अरु साथीहरुले पनि त्यसै भन्छन्। Template फेर्नुपर्ला जस्तो छ।

    ReplyDelete