June 27, 2007

हाम्रा 'अति ब्यस्त' मन्त्री ?! (अथवा माइकका लोभी !?)

मन्त्री प्रदिप नेपाल एकै दिन नौ वटा कार्यक्रममा प्रमुख अतिथि बनेछन्, तर सबैमा ढिला गरी पुगेछन्। यस्तै लेख्या छ कान्तिपुरले।

हुनत यस्ता दृश्यहरु सामान्य भईसकेका छन् नेपालमा। बोलाउनेले सकेसम्म मन्त्री-प्रधानमन्त्रीनै बोलाउन खोज्छ र हाम्रा मन्त्री-प्रधानमन्त्रीपनि जल्ले बोलाएपनि गईदिन्छन् (उस्तै परे नबोलाएपनि जान बेर लगाउँदैनन्!)। दुबै पक्षले मनग्गे चर्चा कमाउन पाउने मेसो जो परेको हुन्छ यस्ता अवसरमा। बोलाउनेको कार्यक्रम टिभीले खिच्दिन्छ र राष्ट्रिय समाचारै बनेर आउँछ, हाम्रा नेताहरुले पनि चिलाएको मुख शान्त पार्न अण्ट-सण्ट बक्ने मौका पाउँछन् र अरु बढी चर्चा कमाउँछन्। मलाई केहि वर्ष पहिला कुनै एउटा पत्रिकामा पढेको एउटा घटना याद आयो। माओवादी नियन्त्रणको लागि लगाईएको पहिलो संकटकालको शुरुवाती दिनहरुको कुरा हो शायद, तत्कालीन प्रम देउबा एक दिन साँझपख पत्रकारहरुसंग 'आज पाँचवटा बिहेको निम्तो भ्याएर आईयो!' भनेर धाक लगाउँदै थिए रे! अब देशमा संकटकाल लागेको छ, हेर्नुपर्ने कुराहरुको ताँती छ, तर प्रधानमन्त्रीको पूरै दिन बिहे भोजहरुले खाईदिन्छन्। (प्रधानमन्त्रीले बिहे भोज खानै हुँदैन भनेर भनेको अर्थ नलागोस् यहाँ, हाम्रा नेताहरुले कति पत्रु तालको प्राथमिकता क्रम राखेर आफ्नो दैनिक कार्ययोजना बनाउँछन् भन्ने कुराको एउटा उदाहरण मात्र देखाउन खोजिएको हो।)

छुरा-जिब्रे (त्यस कुराका लागि भने म यिनको सानोतिनो 'फ्यान'नै हुँ भने पनि हुन्छ!) मन्त्री नेपालको यो 'ब्यस्तता' पनि मलाई त्यस्तै पत्रु शैलीको लाग्यो। ठीक छ, बोलाउनेले बोलाए। आफ्नो कार्यक्रमको बढी चर्चा गराउने रहर सबैलाई हुन्छ। तर भ्याईन्छ कि भ्याइन्न भन्ने विचारै नगरी सबैलाई 'हुन्छ' भन्ने यी नेपाल बाजेचाहिँ झन बढी चर्चाका भोका रहेछन्। अथवा यीनले भाषण गर्न नपाएको धेरै भएर यीनको मुख नराम्रोसंग चिलाएको रहेछ र भाषण ठोक्ने कुनैपनि मौका नछोडेका होलान्। (सके आफ्ना वयोबृद्ध मामालाई पनि सानोतिनो भाषणनै सुनाए होलान्।)

तर सबै कार्यक्रममा घण्टा-दुई घण्टा ढिलो पुग्नु सट्टा थोरै कार्यक्रममा मात्रै गएर समयमा पुगेको भए, कुरेर बस्ने जनताले दु:ख त पाउँदैनथे!

उनले मुखको चिलाई गृहमन्त्रीले राजिनामा दिनुपर्छ भनेर मारेछन्! देशको शान्ति-सुरक्षाको स्थिति खत्तम र झूर छ, त्यसैले गृहमन्त्रीको राजिनामा माग्ने धेरै निस्केका छन् । तर एउटै क्याबिनेटभित्रको अर्को विभाग हेर्ने मन्त्रीले सार्वजनिक कार्यक्रममा यसरी बोल्नु, राजिनामा माग्नु कस्तो पेशागत र राजनैतिक नैतिकताभित्र पर्छ कुन्नि? अब देशको शैक्षिक अवस्था अस्तब्यस्त छ (भएको कुरो हो, यहाँभन्दा अस्तब्यस्त कति हुनसक्छ!) भनेर सिटौलाले अर्को कुनै कार्यक्रममा प्रदिप नेपालको आलोचना गर्ने र राजिनामा माग्ने?

4 comments:

  1. Namaste
    Thanks for visiting my blog. and very glad to find this blog i enjoyed to read your articales.
    have good day

    ReplyDelete
  2. बसन्तजी,
    नमस्ते।
    खुसी लाग्यो तपाईको पनि ब्लग देखेर। कायम राख्नुस स्वतन्त्र विचार प्रवाह ।

    परिवर्तन

    ReplyDelete
  3. dzi beadsजी, यो ब्लगमा स्वागत छ यहाँलाई।

    स्वागत छ परिवर्तनजी। शुरुवात गर्दैछु भर्खर। तपाईँहरुको सुझाव र प्रतिकृयाको आशा गर्दछु।

    ReplyDelete
  4. It is indeed my pleasure. Thanks,

    A Nepali Mystic
    http://nepalimystic.blogspot.com

    ReplyDelete