June 26, 2007

मसंग घोर घृणाबाहेक केहि पनि छैन!

केहि दिन पहिला अर्को एउटा ब्लगमा प्रतिकृया दिँदा नेपालको सम्पूर्ण फोहर नेपाली राजनीतिमा गएर थुप्रिएको छ, यसैले सबै क्षेत्रलाइ बिटुल्याएको छ भनेर लेखेको थिएँ। तर कुरो त्यतिमै सकिने भने होइन रहेछ। यो कुरा हाम्रा स्वनामधन्य प्रधानन्यायाधीशसंग जोडिएर आएका प्रसंगहरुको सन्दर्भमा हो। सम्झँदा-सोच्दा पनि घृणा जागेर आउँछ, देशको न्याय-कानूनको सबैभन्दा उच्च तहको संरक्षक यति घटिया करतूतहरुमा जोडिएर आउनु। हाम्रो दुर्गतिहरुको मूल श्रोत त न्यायपालिकामै पो रहेछ र त्यसैले राजनीतिलगायत सबै क्षेत्रका विकृतिहरुलाई मलजल गरिरहेको छ!

हिजो कान्तिपुर अनलाइनमा अभियुक्त दिलिप कुमार सगर्व प्रम र सभामुखसंग बसिरहेको फोटो देखेको थिएँ। यति धेरै विवाद र चर्चा चलिरहेको छ, न खण्डन छ, न स्पष्टिकरण छ; उल्टो नीति-नियमलाई धोती लगाउँदै पत्रकारहरुलाई वयानमा डाकिएको छ। अझ, राजेश के सी को कार्टूनमा पनि स्वनामधन्य प्रधानन्यायाधिशको गिद्धे आँखा परिसकेको छ, एक-दुई दिनमा उनलाई पनि वयानमा डाकिएको खबर आउन बेर छैन।

शाही टाटनामा गएर दरबारी घाँस खाएको भरमा पदमा पुगेका यीनी नीति-नियमलाई धोती लगाउँदै देशकै बेइज्जत गरिरहेछन्। प्रतिनिधिसभाको रिटलाई एक युग कुराउने यिनै, सिडी प्रकरणबाट घूसखोरीमा रंगेहात समातिएका यीनै, आफ्नै श्रीमती (ब्याइते भनौं न अब!)लाई निजी सचिव बनाउने यिनै,भ्रष्ट र अपराधीहरुसंग सरकारी निवासमै भेटेर ब्रिफकेश लिने अनि तीनलाई मुद्दा जिताइदिने यिनै-------!

अब कुरो आयो तुलसा प्रकरणको । म चाहन्छु यो असत्य होस् तर नेपालका कथित ठूला-बडाहरुको कर्तूतको लामो सूचि हेरेपछि पक्का लाग्छ यो एकदम सत्य घटना हो। आफ्नै छोरी (धर्मपुत्री भन्नाले हाडनाता नहोला, तर त्यहाँ मानवीय र नैतिक नाता जोडिएको छैन र बाउ-छोरीको?)माथि १३ वर्षको कलिलो उमेरबाटै ३०-३० वर्षसम्म पाशविक बलात्कार गर्न सक्ने! छि-- छि! थुक्क! र त्यस्तो मान्छे हाम्रो सबैभन्दा ठूलो न्यायमूर्ति रे! यो कत्रो अन्याय हामीमाथि?

मलाई लाग्छ यो पशुले ती तुलसाको हत्या गरेर फालिसक्यो कतै!

फेरि एकचोट्टि थुक्क!

3 comments:

  1. mission million jee, thank you for visiting this blog and commenting.

    Yes, unless proved none is guilty, it is for sure.
    But this man's name has come with many scandals. Among the ones I mentioned in my blog, lets put the sex scandal with his adopted daughter separate and lets suppose it is not true. Then among remaining,

    - When Gyanendra Shah took over, there were many writ petitions on behalf of reinstatement of the perliament. I am not saying I wanted decisions that favored political parties, but he didn't proceed at all with that.

    - A CD including घूस वार्तालाप including his staffs became public. He was alsmo mentioned there, though indirectly. But I don't have any knowledge of him giving any proof of his non-involvement or punishing the culprits.

    - He appointed his wife(now you can say the married one, not BHITRIYA)as his personal secretary. Legally this is OK, but where is the ethics? She is already paid separately by the state as CJ's spouse.

    - Recently it has come in media that he visits the guys who have cases on charges of corruption in his official residence. This is both against national and intrnational code of conducts for judges. And it can't be the coincidence only that these guys are getting clean chits from the court.
    It has already been many days, but he hasn't condemned this news or given any clarification for meeting with those persons. What does his slience say to you?

    So he is not innocent in all these. He should be removed to save Nepal's dignity. I hope he will be impeached.

    Lets go back to Tulasa case now. Lets suppose he is innocent at alst here. But his desperate and frantic behaviour after the case became public suggests something else. Anyway, lets wait and see. They say truth can't be hidden long.

    ReplyDelete
  2. You said: "फेरि एकचोट्टि थुक्क!"

    Lets add my spit to it. So that makes : Feri dui patak thukka.

    ReplyDelete