घरसंगै एउटा सल्लाको रुख छ। यो सल्लाको रुख हाम्रो सबैभन्दा नजिकका 'छिमेकी' मध्ये एक भएपनि खासै वास्ता गरिएको थिएन पहिला। एक-डेढ महिना पहिलेबाट भने यसमा खुब ध्यान जान थालेको छ, यहाँ बिहान देखिने एक बथान लाटोकोसेराहरुका कारण।
हरेक बिहान एउटा हाँगामा लाटोकोसेराहरु जम्मा हुन्छन्। जम्मा हुने क्रम घाम उदाउनुभन्दा केहि पहिलेबाट शुरु हुन्छ र उनीहरु त्यहाँ साढे आठ-नौ बजेसम्म रहन्छन्। 'सुत्नु' अगाडि घाम तापेर ज्यान तताईरहेका होलान् उनीहरु। बढीमा सातवटासम्म देखिएका छन् अहिलेसम्म। यिनीहरु त्यसरी लहर लागेर घाम ताप्न बसेको देखेपछि रुखलाई नियाल्दा के देखियो भने सबैभन्दा खुल्ला हाँगा यहि रहेछ, अरु हाँगाहरु सबै खासै घाम नपर्ने गरी छेकिएका रहेछन्।
अचेल, यी लाटोकोसेराहरुको दर्शन गर्नु हाम्रो परिवारको नित्यकर्म बनेको छ। हरेक बिहान उठेपछि 'आज बसेका छन् कि छैनन्?' र '---- कतिवटा छन् होला?' भन्ने कौतूहलले डोर्याएर हामीलाई घरको करेसामा पुर्याउँछ। यिनीहरुले लहर लागेर घाम तापीरहेको देखेपछि नजाने किन मन ढुक्क र प्रफुल्लित हुन्छ। यदाकदा कुनै एक वा दुई छुट्टिएर अरु हाँगामा बसेको देख्दा नरमाईलो लाग्छ र 'किन झगडा पर्यो होला यिनीहरुको आज?' भन्ने प्रश्न आऊँछ मनमा।
यिनीहरुमध्ये धेरैचाहिँ हलचल नगरी घामतिर फर्किएर 'तपस्यारत' हुन्छन्,
दुईटा भने अलिक चनाखा र सकृय देखिन्छन्। मान्छे वा अरु चराचुरुंगीहरिुको
आवाज आउनासाथ सतर्क र सजग बन्छन् यी। माऊ होलान् शायद यी। तपाईँपनि चिनजान गर्नुस् हाम्रा यी 'छिमेकी'हरुसंगः)
Nikkai mazzale dhyan puryaunu bhaeko rahex aafno chhimekiharuko barema - Basnt sir Le.
ReplyDeleteतपाईंका छिमेकी बनेका यि चराहरु बडो रहस्यमयि लाग्छन् मलाई । सानोमा चैं खुब डराउँथें म लाटोकोसेरोहरुसँग । तपाईंको यो छोटो ब्लगमा कति लोभलाग्दो र चलायमान जीवन चित्रित भएको छ - आनन्द लाग्यो ।
ReplyDelete