प्रकृति संगको नाता अब फेरि जोडिनुपर्छ
जो जहाँको हो, उसलाई त्यहीँ छोडिनुपर्छ
हरेक जीवन मुक्त हुनुपर्छ, यसैले अब
चिडियाखाना तोडिनुपर्छ, पिँजडा फोडिनुपर्छ।
(असोज २९, २०६९; पोखरा)
प्रत्येक दिन देशको
जीवनमा एउटा धराप थपिन्छ
र लेण्डुप
दोर्जेहरुको काँधमा एउटा धाप थपिन्छ
खै कसरी सोचौं उज्यालो भोलि? जब प्रत्येक दिन-
एउटा भिम मल्ल काटिन्छ र एउटा सराप थपिन्छ।
खै कसरी सोचौं उज्यालो भोलि? जब प्रत्येक दिन-
एउटा भिम मल्ल काटिन्छ र एउटा सराप थपिन्छ।
(मंसिर २३, २०६९; पोखरा)
कामै चलाउन नसक्ने-काम चलाऊ सरकार
लखनौ लूट जारी छ-दाम चलाऊ सरकार
भाँचिनेछन् विदेशी वैशाखी-इतिहास साक्षी छ
कतिञ्जेल चल्ला तिम्रो-छलछाम चलाऊ सरकार!
भाँचिनेछन् विदेशी वैशाखी-इतिहास साक्षी छ
कतिञ्जेल चल्ला तिम्रो-छलछाम चलाऊ सरकार!
(पुस ११, २०६९;
पोखरा)
दामी ! दामी !!
ReplyDeleteबम हानेर चोइटा रे :)