July 24, 2012

'सास धान्न' दुई मुक्तकहरु

ब्लगको 'सास धान्न' यतिखेर यी दुई मुक्तकको भर परेको छुः)

१.
चोर र ठग-को ठूलो? विवाद भएको छ
सरोकारवालाबाट भीषण प्रतिवाद भएको छ
बेईमानी मिसिएको छ यहाँ हरेक 'वाद'मा
'ईमान्दारी' बजारको अपवाद भएको छ।

२.
सुख्खा-सुख्खा नहर लाग्छ देश
बाढीपछिको बगर लाग्छ देश
भत्काउनेहरुको जमाना छ-
पराजित, खण्डहर लाग्छ देश।

2 comments:

  1. दुबै मुक्तक गहकिला छन् । के गर्ने यस्तै छ देश !

    ReplyDelete