छोरीको नेपाली विषयको गृहकार्यमा 'सुरु' शब्द देखियो एकदिन। यो 'सुरु' सुरुसुरुको 'सुरु' थिएन, शुरुवात जनाउने अर्थमा थियो।
"'सुरु' होईन 'शुरु' हुनुपर्छ।" हामीले सच्याउन खोज्यौं।
"होईन, गुरुआमाले यस्तै लेख्नुहुन्छ।"
"गुरुआमा झुक्किनु भो होला।"
"किताबमा पनि यस्तै छ।" छोरीले किताब देखाई।
"कहिलेकाहीँ किताबमा पनि गल्ती छापिन्छ।"
त्यो दिन हामीले छोरीलाई कसैगरी मनाएर 'शुरु' लेख्न लगायौं। गृहकार्य जाँचिएर फर्केपछि हेरेको, 'शुरु'लाई 'सच्याएर' रातो 'सुरु' आएको रहेछ। छोरीले हामीलाई गाली गरी एकछिन।
आफूले नेपाली लेख्न सिकेदेखि 'शुरु' लेखेकाले यो कुराले मलाई पछ्याईरह्यो। पछि बृहत् नेपाली शब्दकोष (२०६७ संस्करण) पल्टाएँ। त्यहाँ 'सुरु' नै रहेछ। यो संस्करणको 'संसोधन मण्डल' मा अहिले नेपाली भाषालाई ताछेर ठुटे बनाउन कन्दनी कसेर लागीपरेका त्रि. वि. का 'प्रा. डा.' हरुको बहुमत छ। तिनैको प्रभाव, आदेश वा उर्दी च्याऊसरी प्रकाशकले छाप्ने 'पाठ्यपुस्तक' र विद्यालयका शिक्षकसम्म आईपुगेको होला।
पछि, यतिखेरका छापाले के प्रयोग गर्छन् भनेर हेर्दा धेरैजसो 'शुरु' र कतै कतै मात्र 'सुरु' देखियो।
आफू ठूलो भाषाविज्ञ परिएन तैपनि नेपाली मायालाई माया गर्ने मान्छे, यस्ता अन्यौलले मन कटक्क दुखाऊँछन्। फेरि मनचाहिँ किन हो किन 'शुरु'मै जान्छ।
Very good wishes!
ReplyDeleteअन्योल धेरैमा छ.....के गर्ने सबैलाई यस्तै हो........विद्वान कहाँ छन् कहाँ ???
ReplyDeleteएउटा रमाइलो प्रसंग:
ReplyDeleteएउटा नेपाली प्रा. डा. की छोरीलाई मध्यरातमा उसको केटा साथी ले बोलाउन आएछ
"सान्ति, ए सान्ति ... "
प्रा. डा. तन्द्रामै थिए, जोरले कराएछन:
"बदमास, रात-बिरात अर्काको छोरी लाई बोलाउने? सान्ति होइन शान्ति भन्!"
शुद्ध नेपाली लेख्नु त सारै गाह्रोछ.हाम्रा भाषाविदहरूपनि फरक-फरक नियमहरू लागु गर्न चाहन्छन.
ReplyDeleteनबिनजीको चुट्किला सारै मन पर्यो.