April 08, 2012

तीन समसामयिक मुक्तकहरु

१.  दुई खुट्टे प्राणी
एक टुक्रा कपडा, खादा हुन्छ, फेटा हुन्छ
मान्छे गलाउने रोग हुन्छ, ब्यथा हुन्छ
नेताजति चोर देख्दा-देख्दा यस्तो लाग्छ
दुईखुट्टे प्राणी कि मान्छे हुन्छ कि नेता हुन्छ!

२. योजना चाहिए
सूरसाको मुखलाई खाना, दाना, भूस-- दिनुस्
सात पुस्ताले मुख मिठ्याउने गुलियो जूस दिनुस्
पोष्टपेडमा लाईन लाग्ने जमाना गयो हजूर!
योजना चाहिए मन्त्रीलाई प्रिपेड घूस दिनुस्।

३. साला बाहुन मूर्दाबाद!
आज पानी धेरै प-यो, साला बाहुन मूर्दाबाद!
कस्तो हावा-हुरी चल्यो, साला बाहुन मूर्दाबाद!
हिजो रातभरि फिट्टान भईयो-उडान भईयो
आज कस्तो टाउको दुख्यो-साला बाहुन मूर्दाबाद!




10 comments:

  1. दामी मुक्तहरू ।

    आज पनि बागमति बन्द रै'छ साला बाहुन हरू :)

    ReplyDelete
  2. सारै हिर्दयस्पर्शी छन् हजुरका रचनाहरु|

    ReplyDelete
  3. बसन्त दाइ ले लेख्नु पुर्व नै समसामयिक भनेर लेखि सक्नु भएको छ ... एक दम समयसान्दर्भिक नै लाग्यो ...
    नम्बर २ मुक्तक चाही ...अलिक मन पर्यो .....

    ReplyDelete
  4. गाडी ठुलो जाममा पर्‍यो, साला बाहुन मुर्दाबाद

    आज मापसेले धन्नै मार्‍यो, साला बाहुन मुर्दाबाद

    प्रकाशेले सगरमाथा चढ्यो किक्या हो , साला बाहुन मुर्दाबाद

    हतियार बुझाउने नाटक गर्‍यो, साला बाहुन मुर्दाबाद !

    ReplyDelete
  5. समसामयिक राजनैतिक स्थितिको यथार्थ तस्वीरजस्ता छन यी तीन चोटिला मुक्तकहरु ..

    ReplyDelete
  6. चोटिला प्रहारहरु ! कमेन्टमा पनि सक्दो थपथाप भएका रहेछन |

    ReplyDelete
  7. पेचिला र ज्यानमारा खुर्सानी जस्ता !

    ReplyDelete
  8. ramro leknu hudo rahechha lekdai janu

    ReplyDelete