१. दुई खुट्टे प्राणी
एक टुक्रा कपडा, खादा हुन्छ, फेटा हुन्छ
मान्छे गलाउने रोग हुन्छ, ब्यथा हुन्छ
नेताजति चोर देख्दा-देख्दा यस्तो लाग्छ
दुईखुट्टे प्राणी कि मान्छे हुन्छ कि नेता हुन्छ!
२. योजना चाहिए
सूरसाको मुखलाई खाना, दाना, भूस-- दिनुस्
सात पुस्ताले मुख मिठ्याउने गुलियो जूस दिनुस्
पोष्टपेडमा लाईन लाग्ने जमाना गयो हजूर!
योजना चाहिए मन्त्रीलाई प्रिपेड घूस दिनुस्।
३. साला बाहुन मूर्दाबाद!
आज पानी धेरै प-यो, साला बाहुन मूर्दाबाद!
कस्तो हावा-हुरी चल्यो, साला बाहुन मूर्दाबाद!
हिजो रातभरि फिट्टान भईयो-उडान भईयो
आज कस्तो टाउको दुख्यो-साला बाहुन मूर्दाबाद!
दामी मुक्तहरू ।
ReplyDeleteआज पनि बागमति बन्द रै'छ साला बाहुन हरू :)
सारै हिर्दयस्पर्शी छन् हजुरका रचनाहरु|
ReplyDeleteबसन्त दाइ ले लेख्नु पुर्व नै समसामयिक भनेर लेखि सक्नु भएको छ ... एक दम समयसान्दर्भिक नै लाग्यो ...
ReplyDeleteनम्बर २ मुक्तक चाही ...अलिक मन पर्यो .....
गाडी ठुलो जाममा पर्यो, साला बाहुन मुर्दाबाद
ReplyDeleteआज मापसेले धन्नै मार्यो, साला बाहुन मुर्दाबाद
प्रकाशेले सगरमाथा चढ्यो किक्या हो , साला बाहुन मुर्दाबाद
हतियार बुझाउने नाटक गर्यो, साला बाहुन मुर्दाबाद !
समसामयिक राजनैतिक स्थितिको यथार्थ तस्वीरजस्ता छन यी तीन चोटिला मुक्तकहरु ..
ReplyDeleteचोटिला प्रहारहरु ! कमेन्टमा पनि सक्दो थपथाप भएका रहेछन |
ReplyDeleteramailo laagyo
ReplyDeleteपेचिला र ज्यानमारा खुर्सानी जस्ता !
ReplyDeletesarai ramro chha
ReplyDeleteramro leknu hudo rahechha lekdai janu
ReplyDelete