आवास क्षेत्रको ईण्टरनेटमा केहि प्राविधिक समस्या थियो र बल्ल आज त्यो समाधान भयो। यसैले ब्लगमा धित मर्ने गरी लेख्ने त के कुरा, नियमित हुन पनि सकिएन।
ईण्टरनेट चलाउनकै लागि बजार जान पनि मन नलाग्ने, झन् पोखराको अविरल घोर वर्षामा त अलिकति पनि आँट आउँदैन। अरु कुनै वैकल्पिक ब्यबश्थाको पनि जोगाड गरेको छैन अझै। यहि बानी खराब छ मेरो, अघि भर्खरसम्म 'यस्तो तालले भएन, अर्को कुनै ब्यबश्था त गर्छु-गर्छु!' भनेर गमीरहेको थिएँ; अहिले त्यो बिर्सिसकें:)
देशमा जारी कुरुप नाटकमा पनि खासै ध्यान जाँदैन अचेल। सबै यस्तै र उस्तै हुन् र यो देश सधैं यस्तै हुनेछ भन्ने विचारले मनमा जरा गाड्न थालेको छ र सबैथोकप्रति उदासीनता जाग्दै आएको छ। आउने १४ गते यिनले आफ्नो कुरुप नाटकमा अर्को अध्याय पनि पक्कै थप्नेछन्। यस्तो हुनुहुँदैन म, संवेदनशील र यो स्थितिका बिरुद्ध कुनै न कुनै हिसाबले प्रतिरोधी हुनुपर्छ भन्ने थाहा छ तर म यो उदासीनता र आलस्यबाट आफूलाई उतार्न बिल्कुलै असफल छु अहिले।
यसैले जागिरले खाने अलिकति समय बाहेक फुर्सदै-फुर्सद छ मलाई यतिखेर। यो समयको सदुपगयोग हेतु थुप्रै किताबहरु किनेर थुपारेको पनि छु। एउटा पढीरहेको छु यतिखेर। बिस्तारै तिनैका बारेमा आफ्ना विचारहरु लेख्दै जानुपर्ला, यो ब्लगको खेतीलाई निरन्तरता दिन।
यहाँहरु सबैका सबै दिनहरु शुभ रहुन्!
Sir, in this country there is nothing you can enjoy with except politics, so only politicians are enjoying and will enjoy, the rests are obviously the victims..
ReplyDelete