June 05, 2011

दुर्घटना

लघुकथा
दुर्घटना

"ए---गाडीले मान्छे किचेछ। छिट्टो एम्बुलेन्स बोलाउनुप-यो।"
"------------------------"
"भयो, भयो! बोलाउनुपर्दैन। मान्छे होईन, नेता पो रै'छ।"

                            **************** - **************

8 comments:

  1. विस्फोटक ! (यो भन्दा लामो कमेन्ट लेखे, कथा भन्दा कमेन्ट लामो हुने डरले मात्रै यत्ति लेखेको है :)

    ReplyDelete
  2. हत्केला नडामी चड्कन दिनुभो !

    ReplyDelete
  3. आक्रोश र घृणाको भयानक ज्वारभाटा उर्लेको छ यो छोटो लघुकथामा ।

    ReplyDelete
  4. साँच्चै विष्फोटक! (दिलीपजीकै कुरा टिपें मैले पनि।)

    ReplyDelete
  5. भोलिपल्ट तिनै नेताले भने होलान - होइन, दुर्घटना भएकै थिएन | ससानो घटना होला जस्तो भएको थियो, हेलिकोप्टर चढेर म राजधानी उत्रिहालें | म त गाडीमा पो थिएँ त ! मर्ने अर्कै मान्छे हो !

    ReplyDelete
  6. छि: यस्तरी आफ्नै जनताको नजरमा घृणित भएर पनि के नेता भइ'रा होलान ? त्यो भन्दा त बरु डाडुमै पानी तताएर मरे हुन्छ, निकम्मा नेताहरु ।

    ReplyDelete
  7. जनताले रोजेको, नेताले खोजेको ।

    ReplyDelete