May 19, 2011

चौथो चौतारीबाट

ब्लग जगतमा होमिएको पनि चार वर्ष पूरा भएछ आजबाट।

यो चार वर्षको अवधिमा मेरा विचार र रचनाहरु पढिदिएर र अनलाईन/अफलाईन प्रतिकृया दिएर हौस्याउनुहुने सम्पूर्ण श्रद्धेय पाठकहरु सहकर्मी ब्लगरहरुमा हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु। मेरो यो ब्लगयात्रा तपाईँहरुसंगको आत्मीय साथकै कारण निरन्तर छ। मलाई विश्वाश छ, यस्तै आत्मीय माया मेरा ब्लगहरुले तपाईँहरुबाट सदैव पाईरहनेछन्। र म पनि यो यात्रालाई निरन्तरता दिने प्रण गर्दछु फेरि पनि।

यसअघिका हरेक वर्ष पूरा हुँदा लामै, झर्कै लाग्ने गरी गफ हानेको याद गर्नुभएकै होला तपाईँहरुले:) यसपालि भने त्यस्तरी झर्को लगाउनेछैन। 

जापान प्रवासमा हुँदा चार वर्ष अघि शुरु गरेको यो ब्लग गत वर्षको जुलाईमा नेपाल पस्यो। नेपाल फर्केपछिका दिनमा यहाँको जीवनसंग फेरि अभ्यस्त हुने क्रममा ढुक्कले ब्लगमाथि पोख्न मिल्ने समय जुरेन। जति लेखियो, तिनै विषयमा पनि आफ्नो मनलाई पूरै पोख्न भ्याईएन।पारिवारिक र पेशागत दायित्वले पनि धेरै ब्यस्त बनाए यो अवधिलाई। यदाकदा समय मिल्दा ईण्टरनेट मिलेन। बल्ल अहिले आएर धेरै कुरा सोझिएको अनुभूति भईरहेछ र लाग्छ अब पहिलेजस्तै नियमित हुन सक्नेछु ब्लग-यात्रामा।

गत सालको जस्तो 'तथ्यांक' पेश गरीरहेको पनि छैन आज। यो वर्ष धेरै लेखिएको छैन, यसैले आघौं एकैपटक दुई वर्षको समीक्षा गर्नुपर्ला। 

.com को कुरा
मैले ब्लग शुरु गरेको केहि समयपछिबाट www.basantagautam.com को रुपमा ब्लगलाई प्रस्तुत गर्दै आईरहेको थिएँ। यो डोमेन मैले Yahoo! Small Business बाट किनेको थिएँ। गुगलबाट किन्दा यो भन्दा सस्तो हुने कुरा थाहा पाएको थिएँ केहि समयपछि तर तीन वर्ष यसैले काम चलाएँ। यो पालि Yahoo! Small Business को मेरो खातालाई नवीकरण गरिन मैले। यहि डोमेन गुगलबाट लिन नमिल्ने रहेछ (अथवा मैले नजानेको पनि हुनसक्छ)। यसमा समय दिन पनि सकिन। basantagautam.com नै नभएपनि अर्को कुनै नामको डोमेन त लिनुपर्ला कुनैदिन। डोमेन नभएपनि http://gautambasanta.blogspot.com काफी छँदैछ भनेर त्यति मरिहत्ते गरीहालेको छैन, अरु कामबाट फुर्सद नमिलुञ्जेल।

ब्लगको नाम (शीर्षक)लाई पनि अझ प्रभावकारी र अर्थपूर्ण हुनेगरी फेरौंला भनेको त्यस्तो केहि फुरेकै छैन:) अब नाम फुरेपछि फेर्न भने ब्लगको अर्को 'जन्मदिन' सम्म कुर्ने छैन।
-----------------------------------------------
पहिलो, दोश्रो र तेश्रो वर्ष पूरा हुँदाका अनुभूतिहरु यता पढ्न सक्नुहुन्छ;



9 comments:

  1. 'आँगन'को चौथो वर्ष पूरा भएकोमा बधाई ! नेपाली ब्लग जगत्‌मा यो छोटो यात्रालाई लामै जँघार मान्नुपर्छ ।
    व्यस्तता र ब्लगको पातलोपना सधैंजसो र सबैजसोको साझा 'छवि' हुन् :)पन्छाउँदै जान सक्नुहोस्, शुभ कामना !

    ReplyDelete
  2. Congratulations Basanta jee... for four continuation in blogging..

    ReplyDelete
  3. Many Many Congratulations Basanta dai. Wish you a lot of success in the blogging world. Keep writing. I expect to read a lot from you in coming days. Cheers !

    ReplyDelete
  4. तलब खाएर एउटै अफिसमा काम गर्दा त लामो समय भएपछि अल्छि लाग्न थाल्छ । पैसा-न‍-सैसा अलिकता भएको समय पनि यो अनुत्पादक ब्लगमा लगाउनु... त्यो पनि ४-४ वर्ष :) ।

    हाँसो-ठट्टा आफ्नै ठाउँमा छ । ब्लगले चार वर्ष पुरा गरेकोमा हार्दिक बधाइ र 'बाक्लोपन' लगाएत निरन्तरताको शुभकामना !

    ReplyDelete
  5. प्रशान्त श्रेष्ठMay 19, 2011 at 9:41 PM

    निरन्तरता रहिरहने छ भन्ने विश्वासका साथ् हार्दिक शुभकामना l

    ReplyDelete
  6. 'आँगन' लाई हार्दिक बधाई!! साथै निरन्तरता र 'बाक्लोपन' का निम्ति धेरै-धेरै शुभकामना!!

    ReplyDelete
  7. All the best!
    Happy Blogging!!!

    ReplyDelete
  8. बसन्त दाइ सबै भन्दा पहिला त - चौथो बर्ष पार गर्नु भएकोमा यहाँ लाइ हार्दिक बधाई छ ! र आउदा दिनहरुमा पनि मिठा /राम्रा र जोसिला पोस्टहरु पस्केर सम्पूर्ण ब्लग पाठकहरुको मन जित्न सफल हुनु होस् भन्ने शुभ कामना यो ब्लगको जन्म उत्सबमा भन्न चाहान्छु !
    ए ! साच्चि दिलिप दाइले भनु भए जस्तो ........अनुपादक क्षेत्रमै यत्रो समय खेर फालिए'छ कि क्या हो ? सृजना आफैमा अनुपादक होइन कि ? ( तर दिलिप दाइको ठट्यौली कुराले म सोच्न मग्न भए ! )
    मेरो ब्लग संगको परिचय सँगै यो ब्लगसँग चिना पर्ची भएर मात्रै यसले मलाइ सधै यतै तानी रहे जस्तो त लाग्दैन तर मलाइ यसमा मौलाउने पोस्टहरुको पौष्टिकताका आहारले यी ब्लगका पेजहरुमा भुलाई रह्यो ! हो - बसन्त दाइ यो गुण चाही यो ब्लगमा सदा रही रहोस भन्न चाहन्छु !

    ReplyDelete
  9. बधाइ छ दाइ !
    अनि जहाँसम्म डोमेन को कुरा छ, त्यो भने अन्य कम्पनी बाट पनि सोही डोमेन मिलाउन सकिन्छ ।
    ब्लगिङ निरन्तर जारी रहोस् शुभकामना !

    ReplyDelete