January 09, 2011

स्पन्दन कविता पुरस्कार - २०१०

एउटा खुशीको खबर बाँड्न चाहन्छु आज।

मेरो कविता "परदेशी" ले "'स्पन्दन' कविता पुरस्कार - २०१०" प्राप्त गरेको छ। फेसबुक सन्देशका माध्यमबाट आदरणीय अग्रज होम बहादुर क्षेत्रीज्यूले यो खबर दिनुभएको हो मलाई। 'स्पन्दन' मासिकमा वर्षभरि छापिएका कविताहरुमध्येबाट सम्पादकमण्डलले उत्कृष्ट ठह-याएको कवितालाई दिईने रहेछ यो पुरस्कार।

"स्पन्दन"मासिक अभि-जमान स्मृति ट्रस्टद्वारा प्रकाशित हुन्छ र संसारभरि नि:शुल्क वितरण गरिन्छ।  "स्पन्दन" को 'आर्थिक' मूल्य 'नि:शुल्क' हो तर यसको सांकेतिक मूल्य भने "हरेक दिन आधा घण्टा नेपाली साहित्यलाई" हो। तपाईँ पनि "स्पन्दन" प्राप्त गर्न चाहनुहुन्छ भने क्षेत्री सरलाई सम्पर्क गरेर अनुरोध गर्नसक्नुहुन्छ। उहाँको सम्पर्क ई-मेल चाहिएमा यो पोष्टमा प्रतिकृया दिँदा सो कुरा जनाउनुहोला। उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ,  Hom Bahadur Chetri खोजी गरेर।

सामाजिक र साहित्यिक सेवाको पवित्र उद्देश्य राखी आफ्ना पूज्य माता-पिताको स्मृतिमा श्री होम बहादुर क्षेत्रीज्यूले अभि-जमान स्मृति ट्रस्टको स्थापना गर्नु भएको हो। "स्पन्दन" प्रकाशनका साथै यो ट्रस्ट अरु साहित्यिक प्रकाशन, छात्रवृत्ति वितरण, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्थाहरुलाई सहयोग, कुवेतमा नेपाली साहित्य चर्चा आदि बिभिन्न गतिबिधिहरुमा सकृय रहेको छ। 

क्षेत्री सर पेशाले एक पेट्रोलियम ईञ्जिनियर हुनुहुन्छ र हाल कुवेतमा कार्यरत हुनुहुन्छ। उहाँ एक चर्चित साहित्यकार पनि हुनहुन्छ र केहि कृतिहरु प्रकाशित भईसकेका छन्। आफ्नै पसिनाको कमाईलाई नेपाली भाषा र साहित्यको सेवामा लगाएर र ब्यस्त पेशागत जीवनका बीचपनि लगनका साथ भाषा-साहित्यका लागि समय निकालेर उहाँले देखाउनुभएको उदाहरणले हामीजस्ता नेपाली भाषा-साहित्यका नयाँ सेवकहरुलाई ठूलो हौसला मिलेको छ।

म आफूलाई एउटा सिकारु लेखक/साहित्यकार मान्छु र कुनैपनि पुरस्कार प्राप्त गर्न सक्ने हैसियतको ठान्दिन। 'स्पन्दन' जस्तो मासिकले मेरा रचनाहरु छापिदिनुनै मेरा लागि ठूलो पुरस्कार भईसकेको थियो। यसैले होम सरको सन्देश मेरा लागि एक सुखद् आश्चर्य र हौसला बनेको छ अहिले:) 

पुरस्कार वितरण कार्यक्रम आगामी भानु-जयन्तीमा आसाममा हुनेछ।

  'स्पन्दन' को एक अंक (साभार: होम सरको फेसबुक पाना)

12 comments:

  1. एकदम खुशिको कुरा हो बसन्त जी । यहाँ लाई बधाई र स्पन्दन पत्रिकालाई हार्दिक धन्यबाद ।

    ReplyDelete
  2. बसन्त दाइ लाइ सर्ब प्रथम त ! हार्दिक बधाई छ -पुरस्कृत हुनु भएकोमा !
    अनि होम बहादुर छेत्री सर लाइ पनि हामी माझ चिनाउनु भएकोमा धन्यबाद !

    ReplyDelete
  3. ल बधाई छ बसन्तजी ! अरू बढी शुभकामना छ !

    ReplyDelete
  4. कविता आफैंमा उत्कृष्ट र मन छुने थियो, सायद सो पोस्टमै पनि यसबारे कमेण्टमा लेखेँ होला मैले ।

    आज सो कविता पुरस्कृत भएको थाहा पाउँदा अत्यन्तै खुशी लागेको छ । हार्दिक बधाई !!!।

    ReplyDelete
  5. धेरै धेरै बधाई र शुभकामना !!!

    ReplyDelete
  6. पहिले पनि एकपल्ट पढेको थिएँ | आज फेरी पल्टाएर पढें | कविता साँच्चिकै मनछुने र पुरस्कृत हुनैपर्ने खालको छ | यहांलाई धेरै धेरै बधाई छ |

    ReplyDelete
  7. बसन्तजी, धेरै धेरै बधाइ छ!
    kbs
    Majheri.Com

    ReplyDelete
  8. Great! congratulations Basantaji!

    ReplyDelete
  9. हार्दिक बधाई छ वसन्तजी ।

    हामी सबैले यहि ब्लग मार्फत मनपराएको कविता पुरस्कृत भएको सुन्न पाउँदा अझ खुसी लागेको छ ।

    ReplyDelete
  10. बसन्तजी धेरै खुशी लाग्यो सुनेर । धेरै धेरै बधाई छ । म आज्काल अती ब्यस्त भएर ब्लग हेर्न भ्याएको छैन । तर पनि आज तपाईंको कबिता र खुशीको कुरा पुरै पढ्न भ्याएँ । बेला बेला संपर्कमा रहने छु है त ।

    ReplyDelete
  11. सरले बाँड्नुभएको खुशीको खबर केही पहिले पढेको थिएँ, तर प्रतिक्रिया लेख्न ढिलो भएँ। जेहोस्, ढिलै भए पनि सरलाई धेरै-धेरै बधाई तथा अगाडिको साहित्य-यात्राका लागि हार्दिक शुभकामना। मलाई व्यक्तिगत रुपमा पनि साह्रै गडेको कविता हो त्यो, तर सरले आफैँ भन्नुभएजस्तै बाँकी रहेको अलिकति कोरीबाटी पनि गरिदिनुभयो भने कविताले पूर्ण न्याय पाउनेछ।

    ReplyDelete