अस्तित्वहीनझैं लाग्छ-
डराएर लुकेजस्तो
कसैको कर्कश आदेशमा
लत्रिएर झुकेजस्तो
चारै सूरमा लहर लागेर
विपत्ति र पिडाले ढुकेजस्तो
अन्धकारको भारले थिचिएर
पाईलाहरु रुकेजस्तो,
यो बिजुली निभेको रात
मलाई अचेत बनाउन
सघन हुँदै सोहोरिएका छन्
यो बस्तीका सम्पूर्ण पिडाहरु,
र मथुप्रिएका पिडाहरुबाट फुत्किन
कहिले रोगी जूनमुनि कठ्याङ्ग्रिँदै
कहिले मलीन ताराहरुसंग गुँडुल्किँदै
आफूलाई दौडाईरहेछु
यो बस्तीको शिर-पुछार,
किन यस्तरी कान्तिहीन छ बस्ती?
कहिल्यै बैंश नआउने गरी
जन्मिँदै आत्मा सुकेजस्तो
किन यस्तरी झोक्राएको छ यो बस्ती?
अक्षता हान्दै कसैले
कालो मन्तर फुकेजस्तो
किन हरबखत सन्त्रस्त छ बस्ती?
कसैले अविराम कानमा
घोर आतंक भुकेजस्तो।
(माघ १, २०६७; राती ११:३५ बजे; पोखरा)
हाहा ... म त क्या झुकिएको बसन्त दाइ ! हैन मेरो नेट Slow भो कि भनठान्या ...फोटो किन देखिदैन भन्दै थिए ! लोडलिन समय लाग्दै छ जस्तो लाग्दै थियो ! पुरै लोडशेडिंगले पो कालो भएको रहेछ !
ReplyDeleteआफ्नो ठाउको निकै दुर्दशा रहेको छ !
मुलुकको नमिठो यथार्थ लाई छर्लङ्ग बुझाएको छ कबिताले -- चित्रले झन साथ दिएको छ --तस्बिर बोल्छ भने झै --
ReplyDeleteghanta ghanta ma bijuli jane hola,ani ta basanta ji ko kabita loadshedding mai gayecha.
ReplyDeleteAjkal pokhara ma ho basanta sir?
Nice Poem Basanta jee...
ReplyDeleteबसंतजीलाई अँध्यारोले सारै पिरोलेकोछ,देशको हाल देखेर सारै कुण्ठित पारेकोछ.के गर्ने !यो बस्तीको बेहालछ,अरू बस्तीहरू प्रगतिपथमा छन् ,यो बस्ति कोमामा छ.
ReplyDeleteआफूलाई बचाउनुस बसंतजी,लोड-शेडिंगको बेला गीत गाउनुस,जोगिंग गर्नुस,आफ्नो शरीर बन्छ,स्वास्थ राम्रो हुन्छ.
समसामयिक कविताले बिजुली निभेको रातमा बस्तीको अनुहार कस्तो देखिन्छ प्रस्ट्याएको छ ।
ReplyDeleteलोड शेडिंगको दुखलाई यहांले असाध्यै मार्मिक ढंगले राख्नु भएको छ | यो दुराबस्था छिटै अन्त्य होस भन्ने पुकारा गर्छु |
ReplyDelete