एउटा प्रसिद्ध लोकवचन छ, 'अंधेर नगरी, चौपट राजा-टका सेर भाजी, टका सेर खाजा' भन्ने। लोकवचन कसरी बन्यो र नगरी अंधेर भएकाले राजा चौपट बने या राजा चौपट भएकाले नगरी अंधेर बन्यो भन्ने थाहा छैन मलाई; तर अहिलेको नेपालमा भने पूरै नगरी 'अंधेर' छ र नेपाल र नेपालीको जिन्दगी पनि 'चौपट' भएको छ। यस्तो स्थिति विगत केहि वर्षदेखिको निरन्तरता बनिसकेको छ। तर 'राजा'हरुलाई सत्ताको मादल र कुर्सीको बाँसुरी बजाऊँदै ठिक्क छ। 'लोडशेडिङ्ग आतंक'ले दल र सरकारका कुरामा ठाऊँ बिल्कुलै पाएको देखिन्न। हाम्रा हिजोका 'राजाहरु' र आजका 'राजाहरु'मा खासै ठूलो चारित्रिक भिन्नता देखिन्न, तिनका चिन्तनका विषयहरु र तिनको सोच्ने आयाम पनि उस्तै लाग्छन्।
केहि दिन भयो, दिनको १२ घण्टे लोडशेडिङ्गको 'उपहार' पाईएको। यो दुई, पाँच, आठ, दश, एघार हुँदै यहाँ आईपुगेको हो। अब छिट्टै नयाँ तालिका पनि हात लाग्ला। १४-१६ घण्टा हुने त पक्का-पक्का मानिसकिएको छ यसपाला।
नेपाल छाड्नुअघि कहिलेकाहीँको १-२ घण्टे 'आतंक' मात्रै भोगेका मेरा लागि यो पहिलो 'भयावह' अनुभव हो। नेपालमै बसिरहेका साथीहरु 'हामीलाई त बानी लागिसक्यो!--' भन्दै निरीह सुस्केरा मिसिएको मरन्च्याँसे हाँसो निकाल्छन्। कुनचाहिँ साल त दिनको अठाह्र घण्टासम्म पुगेको थियो रे यो 'लोडशेडिङ्ग'को आतंक!
केहि दिन भयो, दिनको १२ घण्टे लोडशेडिङ्गको 'उपहार' पाईएको। यो दुई, पाँच, आठ, दश, एघार हुँदै यहाँ आईपुगेको हो। अब छिट्टै नयाँ तालिका पनि हात लाग्ला। १४-१६ घण्टा हुने त पक्का-पक्का मानिसकिएको छ यसपाला।
नेपाल छाड्नुअघि कहिलेकाहीँको १-२ घण्टे 'आतंक' मात्रै भोगेका मेरा लागि यो पहिलो 'भयावह' अनुभव हो। नेपालमै बसिरहेका साथीहरु 'हामीलाई त बानी लागिसक्यो!--' भन्दै निरीह सुस्केरा मिसिएको मरन्च्याँसे हाँसो निकाल्छन्। कुनचाहिँ साल त दिनको अठाह्र घण्टासम्म पुगेको थियो रे यो 'लोडशेडिङ्ग'को आतंक!
आधुनिक जीवनका लागि बिजुली अक्सिजन जस्तै हो, जिन्दगी बिजुलीमाथि यस्तरी आश्रित भईसकेको छ। एउटा ब्यक्तिको जीवनमात्र होईन, हरेक समाज र हरेक राष्ट्रको विकास र समृद्धि आज बिजुलीमै अडेको छ।
यो लोडशेडिङ्ग आतंकले जिन्दगीका सम्पूर्ण कर्महरुलाई चौपट बनाईदिएको छ। हरेक कुरालाई बत्ती आउने समयसंग तालमेल गरेर मात्र योजना बनाउनुपर्ने बाध्यता छ, तर त्यस्तो 'पर्फेक्ट' तालमेल मिल्ने भन्या पनि त्यस्तै हो। बत्ती ढुक्कले आउने धेरैजसो आधा रातपछिमात्रै हो, त्यतिखेर नसुती काम गरेर बस्न सकिँदैन। अरु बेला बत्ती हुँदा आफू घरमा भईन्न, आफू घरमा हुँदा बत्ती हुँदैन। कहिलेकाहीं मोबाईल चार्ज गर्ने तालमेल समेत मिल्दैन। बिजुलीबाट चल्ने सामानहरु पनि किन जोगाड गरिएछ जस्तो लाग्छ अचेल।
जता बिजुली छ, उतै जाने एउटा 'मोबाईल' घर चाहिया छ अब:))
लोडशेडिङ्ग आतंकबाट जोगिने अस्थायी/स्थायी 'सुरक्षा कवच' पनि बजारमा धेरै पाईँदा रहेछन्। 'के लिँदा ठिक होला?' भनेर दशैंपछिदेखि गम्न थालेको म, अझै गमेको गम्यै छु; गम्दा-गम्दै यो पालिको लोडशेडिङ्ग सकिएला जस्तो छ; केहि छैन अर्को पालि पनि लोड्शेडिङ्ग भईहाल्छ:)
हरेक पटक लोडशेडिङ्ग 'आतंक'को मात्रा वृद्धि गरिएपछि आफ्नो भेगको भागमा परेको नयाँ 'आतंक तालिका' को जोहो गर्नु जिन्दगीको अर्को 'प्रमुख' कर्म बनेको छ। पत्रिकाकै पानु राख्नु सट्टा तालिका आफ्नै हातले सार्नु एउटा कला पनि हो:) यो 'कला' एउटा बानी बन्दै छ, अम्मलजस्तै बन्दै छ। भोलि देशमा छेलोखेलो बिजुली भएर लोडशेडिङ्ग इतिहासको 'बासी अखबार' बन्यो भने यो अम्मलले दु:ख दिनसक्छ:) त्यतिखेर के को 'आतंक तालिका' खोजेर मोर्नु ल:)
यस बीचमा जोगाड गरिएका 'आतंक तालिका'हरु हेर्नुस् (यी बाहेक पनि थिए होलान् एक-दुई, ती 'अभागी' लाई च्यातेर फ्याँकिएको हुनसक्ने सम्भावना प्रवल छ)। यी सबै आतंक तालिकाहरु एउटै किलामा झुण्ड्याईन्छन्, सबैभन्दा नयाँले सबैलाई थिचेर झुण्डिएको हुन्छ। यी सबलाई थिच्ने अर्को पनि चाँडैनै ढिम्किँदै छ रे। त्यसको र त्यसपछिकाको दर्शन गराउने सौभाग्य मिल्ला-नमिल्ला, हाम्ले हात बजार्ने कम्पुटर पनि बिजुलीकै नातेदार जो प-यो:)
लोड शेडिंग भन्नु कि headache timing भन्नु , देश त्यसै पनि दिनदिनै बन्द जस्तै भएको आभास हुन्छ यो लेख पढेपछि |पर्खनुस, तपाइंले भनेजस्तो मोबाइल घर पनि आइपुग्छ कि खासा तिरबाट !
ReplyDeleteलोड-शेडिंगको आतंकको शुरुको समयमा प्रधान-मन्त्रिको बढी निर्देशनहरू आउथे,प्रचण्डजी प्रधानमन्त्री हुदात थर्मल-पावर उपलब्ध गराउने सम्मको बक्तब्यहरु पढ्न पाइन्थे.तर अब कुनै उपायनै छैन भनेर सब चुप लागेका छन.अझ ५-६ वर्षत एस्को आतंक सकिने सम्भावनानै छैन.यो पनि सम्भव जस्तो मलाईत लाग्या छैन.बिजुली उत्पादन गरेपनि वितरण प्रणाली निर्माण गर्ने पैसा सरकार सग छैन.
ReplyDeleteमैले नेटबाट तालिका लेखेर भान्साको झ्यालको तस्वीरमा टाँस्ने गर्याछु र मोबाइलमा पनि ड्राफ्ट लेखेर राख्छु,र साथीहरूलाई यसयमयसपनि गर्छु.
म घरां भको भए अइले त बिजूली आउंदो रहेछ। तर ८ बजे सम्म मात्रै। त्यो बिजूलीको खम्बा बोकेर आर्वा उक्कलेको अइले हो कि जस्तो लाग्छ। कांधका खाला अझै छन। अइले क्यारन बोकिएछ जस्तो लाउच त्यो खम्बा। लाल्टिनले काम दिएकै थियो।
ReplyDeleteनेपालको राजनैतिक संगै उब्जिएको अर्को ठुलो आतंक भनेकै -यो लोडशेडिंग आतंक हो ! जसले हरेक विकास लाइ बाधा पुर्याको छ र नेपाललाइ जलश्रोतको देश भन्न नि -उपहास नै भएको छ !
ReplyDeleteके गर्ने बसन्त दाइ -जे भए नि आफ्नै देश हो ! तर कसैको सुद्दी आएन त !
अँधेर नगरीको व्यथालाई सरले रमाइलो कथा बनाइदिनुभएछ। अरु उपाय पनि के नै छ र हामीसँग :(
ReplyDeleteबिजुलीका खम्बा र तार बाँड्ने आश्वासन प्रजातन्त्र प्राप्तिको केहि बर्ष लहर नै चलेको थियो । हुन त धेरै ठाउँमा खम्बा अझै पनि ठडिएका मात्र होलान् ,भोटको राजनीति ले जितेपछि यस्तै हुन्छ सर । पूर्बाधारको बारेमा योजना बन्दैनन् सरकारलाई आंकडा बढाउनु छ , अहिले यति % नेपाली ले बिजुली बत्तीको उपयोग गर्छन यिन्लाई यहि % मा मात्र बढोत्तरी को ख्याल छ , अनि होस् पनि के ?
ReplyDelete