October 24, 2010

शाकाहारतिरको यात्रा-२

Image Source: Click Here
भाग १ यता

एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ| त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही भोजन विषाक्तता (food poisoning) को समस्याले गर्दा अस्पताल भर्ना भएछन्| त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछन्| साउदी सरकारले ती मध्ये केहीलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ|

आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय| त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले| मासु नखाई पनि नहुने, तर खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन| ती तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु मेटें मैले| कसैलाई forward पनि गरिन| तेस्ता तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा-आहार हो| कतिपय मान्छेमा ठुलो  मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले| केहि वर्ष पहिला इराकमा अन्सर-अल-सुन्नाका राक्षसहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ|

यी घटनाहरुले मलाई मानव जीवन र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए| ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें| मेरो निर्णय केहि समय धर्मराईरह्यो; मेरो मन-चिन्तन त संवेदनशील बनेको थियो तर मेरो जिब्रो अझै जब्बरनै थियो यो मामिलामा| यही अनुभवी जिब्रोले मलाई धोका दिईरहयो धेरै समय| विगत ३ महिनाको अनुभवबाट भने मलाई आफुले आफ्नो जिब्रोलाई पनि शाकाहारमा ढाल्न सकेको अनुभूति भईरहेछ| मासु र मासुका कुनै पनि परिकारका प्रति बिल्कुलै आकर्षित महशुश गर्दिन म अचेल| एउटा सफलताको भावले मन भरिएको छ:)

6 comments:

  1. ..दुवै पोस्ट पढ़ें..यो संस्मरण मांसाहारीको लागी बाध्यकारी प्रेरणास्तोत्र र अरूको लागी रोचक, ज्ञानवर्धक हुने छ..यसको हिंदी अनुवाद गर्ने र आफ्नू ब्लॉगमा प्रकाशित गर्ने इच्छा भै राख्या छ..

    ReplyDelete
  2. म आफू मंसाहारी हूँ तर शाकाहारीको आफू प्रति केही अनौठो सोच राखेका हुन्कि जस्तो अनुभव हुन्छ ।

    ReplyDelete
  3. मन लागि लागि छाड्नु चाही उचित होइन होला बसन्त दाइ तर ...
    आफुलाई मांसाहारी हुन मन पर्दैन - आफ्नो भित्रि इच्छा देखि हो भने चाही ठिकै हो ! जीवनमा मन मारेर कुनै पनि काम गर्नु नपरोस है !

    लौ बधाई छ दाइ साहाकारी हुनु भएकोमा !

    ReplyDelete
  4. बल्ल आज दुवै पोस्ट पढ्ने अवसर मिल्यो मलाइ यो शाकाहारिताको । बसन्त जी (पहिलो पोस्ट अनुसार) हुन त मैले पनि यो कुरा सुनेको थिए तर हेर्ने आट भने मैले गर्न सकिन। हत्यालाई हत्याको बदला दिने यो सस्कृतिमा सायद ति मानवभक्षी हरुलाई पनि साउदी सरकारले बाकी त पक्कै राखेन होला । (आधिकारिक जानकारी मलाई छैन ) तपाइले भने झैँ एउटा क्रूर र दरिलो मन नभैकन हत्या भन्ने कुरा हुनै सक्दैन चाहे त्यो पशुपन्छीमा होस् या मानवमा । लेख दुवैले यथार्त अनि इमान्दारिता बोकेको पाए । यो यात्रा पूर्ण रुपमा सफल होस् कामना पनि ।

    ReplyDelete
  5. मनैदेखि साकाहारी बन्न सक्नु आफूमाथिको ठूलै विजय हो भन्ठान्छु म पनि | बधाई छ यहाँलाई |

    ReplyDelete
  6. यहाँहरु सबैलाई हार्दिक धन्यबाद! ज्यादै ढिलो प्रतिकृयाका लागि क्षमाप्रार्थी छु।

    देवेन्द्रजी, तपाईँले मज्जाले आफ्नो ब्लगमा प्रकाशित गर्न सक्नुहुन्छ; स्रोतको रुपमा यो ब्लगको सूत्र राख्दिन भने नभुल्नुहोला।

    ReplyDelete