July 22, 2010

सायोनारा जापान!---- अब नेपालबाट

नेपाल फर्केपछि पहिलो पटक लेख्दै छु यो ब्लगमा। यति लामो समयसम्म केहि लेख्न नसकेकोमा क्षमाप्रार्थी छु।

जोन लेननको एउटा प्रसिद्ध गीत छ Beautiful Boy (Darling Son) भन्ने। त्यो गीतको एउटा हरफ यस्तो छ; Life is what happens to you while you are busy making another plans (तिमी अरुनै योजना बनाउदै ब्यस्त भएको बेला तिमीमाथि जे आइपर्छ, त्यहिनै जिन्दगी हो) ।

त्यस्तै-त्यस्तै भएको छ मलाई र मेरो ब्लगलाई। जुलाई महिनाको १४ मा जापान छोडेको थिएँ मैले। जुलाईका ती १४ दिनमा धेरै लेख्ने योजना बनाएको थिएँ। जापान बसाईको अनुभवलाई समग्र रुपमा ३-४ पोस्टमा उतार्ने विचार थियो। तर ती दिनहरु तयारी, बिदाई कार्यक्रमहरु र भेटघाटमै बिते  र त्यो योजना थाती रह्यो अब। भविष्यमा प्रसङ्ग मिल्दा लेख्नुबाहेक अरु उपाय छैन।  १४ को साँझबाट १६ को बिहानी सम्म सिंगापुरमा थियौं हामी, साथी भुवन भट्टजी र भाउज्युको पाहुना बनेर। १५ को दिनभरी त्यहाँको पर्यटकीय स्थल सेंतोसा टापु घुमियो। त्यो अनुभवलाई नेपाल आइपुग्नासाथ ब्लगमा उतार्ने विचार पनि थियो।

घरमा बा (पिताजी) सिकिस्त बिरामी हुनुहुन्छ। बाको अबश्थाको बारेमा भाईहरुबाट खबर पाएकै थिएँ तर स्थिति मैले अनुमान गरेभन्दा धेरै गम्भिर थियो। यसैले परिवारका अरु सदस्यजस्तै म पनि बाको हेरचाहमा ब्यस्त भएँ। बा अहिलेपनि अस्पतालमै हुनुहुन्छ।

यतिखेर भने म नेपालको आफ्नो पुरानो पेशागत जीवनलाई फेरि निरन्तरता दिने ब्यबश्था मिलाउन तीन दिनका लागि पोखरामा छु

सायोनारा जापान!

जिन्दगीको अर्को चरण अब नेपालबाट हाँक्दै छु।

समय मिलाएर ब्लगलाई निरन्तरता दिनेनै छु।  

17 comments:

  1. बसंतजी, बाको सुस्वास्थ्यको लागि हार्दिक प्रार्थना र कामना गर्दछु | व्यस्त त हुनुहुन्छ नै, सबै नयाँ व्यवस्था गर्नुपर्दा अस्तव्यस्त पनि छ होला | बिस्तारै मिल्ला नै | लेख्दै गर्नुहोला, माया नमार्नुहोला |

    ReplyDelete
  2. Buwa ko suswasthya ko lagi kaamanaa

    sanokanchho

    ReplyDelete
  3. Buwako Swasthya ko kamana chha...

    Best regards to Bhauju, Aarya, and you. Hope to see you sometime in Pokhara.

    Gaalab

    ReplyDelete
  4. hari sharan karki AgnasitanJuly 23, 2010 at 1:31 AM

    Basnat nepal gay6au Buwako yo absthama khusi lagyo akhir choraho asha garu sighraswathako lav taek care........ bro..

    ReplyDelete
  5. Good to see you back in the blog world!

    ReplyDelete
  6. बुवाको शिघ्र स्वास्थ्य लाभको लागि भगवान संग प्रार्थाना । समय मिलेपछी तपाईंका लेखहरु पढ्न पाइयोस, निरन्तर् ।

    ReplyDelete
  7. बुवाको सु-स्वास्थ्यको लागी शुभकामना बसन्त जी। र यहाँको जीवन पनि सुगम रहोस् । ब्लग छँदैछ ।

    ReplyDelete
  8. Wish father a fast recuperation and also Wish you all the best ahead, Basantaji.

    ReplyDelete
  9. बसन्त दाइ सर्ब प्रथम त - ड्याडको सु- स्वास्थ्यको कामना गर्द छु !

    नेपालमा अब विताउनु हुने हरेक चरणमा सफल रहनुहोस --

    ReplyDelete
  10. यो लेख्ने काम भने यस्तै हुँदो रहेछ । मैले पनि भारतबाट फर्कनु भन्दा अगाडि त्यहाँको ३ वर्षे बसाईका केही अनुभव लेख्छु भन्ने विचार गरेको थिएँ । तर फर्कने बेलाको चटारो ले लेखिएन र अहिले लेख्दा प्रासङ्गिक नहुने जस्तो लागेको छ ।

    काम र पारिवारिक दौडाहा त चलि नै रहनेछ, ब्लगलाई पनि समय निकाल्दै गर्नुहोला !

    बुबाको शिघ्र स्वास्थलाभको कामना गर्दछु !

    ReplyDelete
  11. बसन्त दाई,
    पिताश्रीको श्रीघ स्वास्थ्य लाभको कामना । आशा छ आगामी दिनमा तपाईका अनुभव र विचारका पोष्टहरु छरिनेछन् र त्यसबाट हामीलाई नि प्रशिक्षित हुने अवसर प्रदान हुनेछ । तपाईले चाल्नु भएका हरेका पाइलाहरुमा सफलताका खुड्किलाहरु लागून् ।

    ReplyDelete
  12. Nepalma tapaika kamharule Saphalata Paun.
    Buwa ko Sighra Swasthya Labhko Kamana.

    ReplyDelete
  13. बसन्त जी, शुभागमनको कामना निरन्तर भएकै हो। पिताको शिघ्र स्वास्थलाभको कामना।

    ReplyDelete
  14. दाजु सर्बप्रथम त पिताजिको श्रिघ्र स्वास्थय लाभको कामना,

    ReplyDelete
  15. नेपाल बसाई सुखद र फलदायि पक्कै हुनेछ तपाईंको । बुबाको शिघ्र स्वास्थ्य लाभको कामना !

    ReplyDelete
  16. शुभेच्छाका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु!

    ReplyDelete