[एउटा संक्रमणकालबाट गुज्रिरहेको जिन्दगीको यो क्षणमा धेरै पहिलाको अर्को संक्रमणकालको रचना राख्दैछु आज। जिन्दगीको त्यो कालखण्डको एउटा दस्तावेज।]
"म"
म थुप्रै सपनाहरुले किचिएको जीव
म महत्वाकांक्षाहरुले लतारिएको यात्री,
म रित्तै हात फर्केको लाहुरे
म फाईल बोकेर जुत्ता खियाउने योद्धा
म हरेक पटक थचारिइएको-
आफैं उठ्न खोज्ने मान्छे,
म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको
म परदेश पलायनको अर्को एउटा धोको।
(३ सेप्टेम्बर, १९९६, घर)
म भन्दा पनि हामी भन्न मन लाग्यो मलाई त। म प्रमाणपत्रहरुको निर्जिव पोको..त्यस्तै छ सबैको हाल..
ReplyDeleteसुन्दर यथार्थपरक टुक्राहरु..
विवशताको काखीमा च्यापिएका आम रहरको दस्तावेज जस्तो लाग्यो यो छोटो कविता ।
ReplyDeleteभूपीको कविता याद आयो,
म एक पुत्र,
एक पति,
एक पिता हुँ ....
दौडाहा जीवनको नाडी मजाले छामेको छ कविताले ।
यथार्थ! अरु के भन्नु र यो जीवनको मार्मिक खोपीलाई!
ReplyDeleteअरुको नुनको सोझो गर्ने नियतीलाई के भन्नु र बसन्त दाजु ! परदेश पलायन पछिको हाम्रो बाध्यता ! दुई हरफ मेरो पनि :
ReplyDeleteम सबैले थुक्ने र फाल्ने रद्धीको डोको,
म अरुले घिचेको हेरी थुक निल्ने भोको ।
पीडाको मार्मिक अभिव्यक्ति !
ReplyDelete"म हरेक पटक थचारिइएको –
ReplyDeleteआफैं उठ्न खोज्ने मान्छे, "
छोटो लेखाइ भए’नि धेरै थोक बोल्न सकेको छ ... ती शब्दहरुले !
म पात्र –सकारात्मक, महत्वाकांक्षी , विबस्ता र बाध्यताको बाबजुत पनि धेरै सपना सजाउन उन्मत रहेको देखिन्छ !
दुर्जेय चेतनाजीले भनेजस्तो यो `म` प्रशस्त हामीहरु थियौं | शायद अहिले पनि हजारौं `म` हरु यहि स्थितिबाट गुज्रिरहेका छन् | अहिले के छौं त्यो पनि लेख्नु भयो भने झन् रमाइलो हुनेथियो |
ReplyDeleteथोरै शब्दमा लामो जीवनगाथा बोकेको अभिव्यक्ति बसन्त जी । मन छोयो
ReplyDeleteकविता त उत्कृष्ट छँदैछ, दूर्जेय जीले सुरुमै मैले सोचेजस्तै कमेन्ट पनि लेखिसक्नु भएछ । यो कविताको शीर्षक म बाट हामी गर्दा अझ सही होला जस्तो लाग्यो :)
ReplyDeleteम परदेश पलायनको एउटा अर्को धोको ...
ReplyDeleteयो अन्तिम पंक्ति, किनकिन अलि धेरै नै बिझी रह्यो ।
यही म" हरु नै हामी" हौँ, हाम्रो नियति हो, कविताले हाम्रो स्थिति लेखेको छ, विवशता पोखेको छ र हाम्रो आवाज बोलेको छ ।
Hi dear basantji ! The poem is very touching to heart.But r u going again ?
ReplyDelete