July 01, 2010


[एउटा संक्रमणकालबाट गुज्रिरहेको जिन्दगीको यो क्षणमा धेरै पहिलाको अर्को संक्रमणकालको रचना राख्दैछु आज। जिन्दगीको त्यो कालखण्डको एउटा दस्तावेज।]

"म"
म थुप्रै सपनाहरुले किचिएको जीव
म महत्वाकांक्षाहरुले लतारिएको यात्री,

म रित्तै हात फर्केको लाहुरे
म फाईल बोकेर जुत्ता खियाउने योद्धा
म हरेक पटक थचारिइएको-
                   आफैं उठ्न खोज्ने मान्छे,

म यहाँ प्रमाणपत्रहरुको निर्जीव पोको
म परदेश पलायनको अर्को एउटा धोको।
(३ सेप्टेम्बर, १९९६, घर)

11 comments:

  1. म भन्दा पनि हामी भन्न मन लाग्यो मलाई त। म प्रमाणपत्रहरुको निर्जिव पोको..त्यस्तै छ सबैको हाल..
    सुन्दर यथार्थपरक टुक्राहरु..

    ReplyDelete
  2. विवशताको काखीमा च्यापिएका आम रहरको दस्तावेज जस्तो लाग्यो यो छोटो कविता ।
    भूपीको कविता याद आयो,
    म एक पुत्र,
    एक पति,
    एक पिता हुँ ....

    दौडाहा जीवनको नाडी मजाले छामेको छ कविताले ।

    ReplyDelete
  3. यथार्थ! अरु के भन्नु र यो जीवनको मार्मिक खोपीलाई!

    ReplyDelete
  4. अरुको नुनको सोझो गर्ने नियतीलाई के भन्नु र बसन्त दाजु ! परदेश पलायन पछिको हाम्रो बाध्यता ! दुई हरफ मेरो पनि :

    म सबैले थुक्ने र फाल्ने रद्धीको डोको,
    म अरुले घिचेको हेरी थुक निल्ने भोको ।

    ReplyDelete
  5. पीडाको मार्मिक अभिव्यक्ति !

    ReplyDelete
  6. "म हरेक पटक थचारिइएको –
    आफैं उठ्न खोज्ने मान्छे, "

    छोटो लेखाइ भए’नि धेरै थोक बोल्न सकेको छ ... ती शब्दहरुले !
    म पात्र –सकारात्मक, महत्वाकांक्षी , विबस्ता र बाध्यताको बाबजुत पनि धेरै सपना सजाउन उन्मत रहेको देखिन्छ !

    ReplyDelete
  7. दुर्जेय चेतनाजीले भनेजस्तो यो `म` प्रशस्त हामीहरु थियौं | शायद अहिले पनि हजारौं `म` हरु यहि स्थितिबाट गुज्रिरहेका छन् | अहिले के छौं त्यो पनि लेख्नु भयो भने झन् रमाइलो हुनेथियो |

    ReplyDelete
  8. थोरै शब्दमा लामो जीवनगाथा बोकेको अभिव्यक्ति बसन्त जी । मन छोयो

    ReplyDelete
  9. कविता त उत्कृष्ट छँदैछ, दूर्जेय जीले सुरुमै मैले सोचेजस्तै कमेन्ट पनि लेखिसक्नु भएछ । यो कविताको शीर्षक म बाट हामी गर्दा अझ सही होला जस्तो लाग्यो :)

    ReplyDelete
  10. म परदेश पलायनको एउटा अर्को धोको ...
    यो अन्तिम पंक्ति, किनकिन अलि धेरै नै बिझी रह्यो ।

    यही म" हरु नै हामी" हौँ, हाम्रो नियति हो, कविताले हाम्रो स्थिति लेखेको छ, विवशता पोखेको छ र हाम्रो आवाज बोलेको छ ।

    ReplyDelete
  11. Hi dear basantji ! The poem is very touching to heart.But r u going again ?

    ReplyDelete