चार वर्ष पहिला लक्ष्मी-जयन्तीको उपलक्षमा आयजित एउटा साहित्यिक कार्यक्रममा एकजना साथीले प्रस्तुत गर्नुभएको (ब्यंग्य) गजल पढेको थिएँ। मलाई रचनाकार साथीको नाम याद छैन, न त पूरै गजल र ठ्याक्कै शब्दहरु याद छ; तर सार भने यस्तो थियो- हामी साना-कमजोर मान्छेले जे बोलेपनि-जति बोलेपनि जे गरेपनि-जति गरेपनि के अर्थ हुन्छ र? कस्ले पूच्छ, कसले भाऊ दिन्छ र? ‘हजुर’ जस्ता ‘ठूलाबडा’ पो महान त! हजूरले त बोले पनि गजल बन्छ, खोके पनि दुनियाँमा हलचल हुन्छ।
अमेरिकी राष्ट्रपति ओबामालाई यस वर्षको शान्तिको लागि नोबेल पुरस्कार दिईएको समाचार सुनेपछि सबैभन्दा पहिला मेरो मनमा आएका शब्दहरु भने ठ्याक्कै यिनै हुन्; “बोले गजल, खोके हलचल!”। गजल रचना गर्ने महानुभावलाई पनि सादर र सधन्यबाद सम्झिएँ, उहाँले नेपाललाई मात्रै सुहाउने होईन पूरा विश्वलाईनै सुहाउने कृति सृजना गर्नुभएको रहेछ।
अमेरिकी राष्ट्रपति एउटा ब्यक्तिमात्रै नभएर एउटा संस्था-एउटा अत्यन्त जटिल कर्मचारीतन्त्र पनि हो। प्रागमा ओबामाले बोलेका सबै कुरा पूरा हुन्छ भन्ने ग्यारेण्टी ओबामाले पनि गर्न सक्दैनन्। ब्यक्तिगत रुपमा ओबामा असल र संवेदनशील हुन सक्छन्, अहिलेसम्म त्यस्तै देखिएका पनि छन्। उनको ब्यक्तिगत जीवन-कथा पनि जो कोहिलाई प्रभावित पार्ने खालको निश्चय पनि छ। म पनि उनलाई एकजना प्रेरणादायी ब्यक्तितवको रुपमा लिन्छु। तर अमेरिकी राष्ट्रपतिको रुपमा गत नौ महिनामा उनले कुनै उल्लेखनीय उपलब्धि दिन सकेका छैनन्। झन् विश्वशान्तिको लागि त एक हिसाबले उनी र उनको प्रशाशनले माखो पनि मारेको छैन। भित्र-भित्र केहि भईरहेका होलान् र तिनले भोलि राम्रै परिणाम ‘देलान्’, तर ‘देलान्’ र ‘दिए’ वा ‘दिईसके’ बिल्कूलै फरक कुरा हुन्। उनको पदावधिको तीन चौथाई भन्दा बढी अवधि बाँकीनै छ, त्यसैले उनी एउटा शान्तिप्रिय-विश्वशान्तिका लागि कटिबद्ध राष्ट्रपति हुने सम्भावना जति छ एउटा कट्टर युद्ध-पिपासु राष्ट्रपति बन्ने सम्भावना पनि उत्तिकै छ। कसै-कसैलाई ओबामा युद्ध-पिपासु हुने कुरा असम्भव लाग्न सक्छ तर राजनीतिमा र झन् विश्व-राजनीतिमा केहि पनि असम्भव हुँदैन।
मूल कुरो त के हो भने हाम्रो समयले, इतिहासले ओबामाको परीक्षण गरिररहेको छ, परिणाम सुनाईसकेको छैन। नोबेल पुरस्कारका लागि 'पजनी' गर्नेहरुले भने समय र इतिहासभन्दा अगाडि बढेर फैसला सुनाईदिए! '
हामी विश्व शान्तिका लागि कटिबद्ध छौं। हामी सम्पूर्ण आणविक हतियार नष्ट गर्न चाहन्छौं, संसारलाई आणविक हतियार मुक्त बनाउन चाहन्छौं।‘ भनेर खोकेकै भरमा नोबेल शान्ति पुरस्कार दिने हो भने हरेक अमेरिकी राष्ट्रपतिलाई, त्यो पनि वर्षैपिच्छे नोबेल पुरस्कार दिनुपर्ने हुन्छ किनभने सबै अमेरिकी राष्ट्रपति त्यस्तै कुरा गर्छन्। भियतनाम ध्वस्त बनाउने जोन्सन र निक्सन वा हिजोसम्मका बुश सबैले भन्ने त्यहि हो। आणविक हतियार सबैभन्दा धेरै उनीहरुसंगै छ, त्यसैले ‘हामी आणविक हतियार नष्ट गर्छौं! गर्छौं-गर्छौं!’ भनेर खोक्न उनीहरु मात्रै सक्छन्। हुँदै-नहुनेले त खोक्ने कुरै भएन।
यो संसारको अहिलेको अशान्तिको एउटा मूल कारण अमेरिका आफैं हो, उसको महाशक्ति-दम्भ हो। त्यसैले संसारमा शान्ति ल्याउनका लागि उसले स्वाभाविक रुपले धेरै गर्नैपर्छ, दम्भ त्याग्नैपर्छ। ओबामाले अमेरिकालाई त्यो दिशामा लैजाउन्, संसारको आशा भने त्यहि हो।
शान्ति र साहित्यको लागि दिईने नोबेल पुरस्कार धेरैजसो विवादमा परेका छन्। शुद्ध विज्ञानका विधा वा अर्थशास्त्रमा पुरस्कार दिनका लागि योग्य ब्यक्ति छान्न शान्ति वा साहित्यका लागि छान्नुभन्दा सजिलो हुन्छ। विज्ञान वा अर्थशास्त्रमा कसैको अध्ययन-अनुसन्धानले पारेको दूरगामी असर सजिलै अनुभूत गर्न सकिन्छ। यदाकदा असन्तुष्टिका स्वर सुनिएपनि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र अर्थशास्त्रमा योगदान पु-याएबापत दिईएका नोबेल पुरस्कार गम्भिर विवादमा त्यति परेका छैनन्। शान्ति र साहित्यको हकमा भने नोबेल पुरस्कार धेरैजसो नोबेल पुरस्कार कमिटिका मान्छेहरुले आफ्नो मान्यतालाई प्रक्षेपण गर्ने-पुरस्कारको आवरणमा एक खाले राजनीतिक घोषणा गर्ने माध्यम बनेको छ।
विगतको साम्यवादी र पूँजीवादी प्रतिस्पर्धाकालमा प्रदान गरिएका शान्ति र साहित्यका नोबेल पुरस्कार विवादित भएका कैयौं उदाहरण छन्। साम्यवादी शाशन गोल्खाडी भएपछि नोबेल शान्ति पुरस्कार मानव-अधिकार र वातावरणको क्षेत्रमा काम गर्नेलाई पनि प्रदान गर्न थालिएको थियो, यो राम्रो कदम थियो। राजनीतिज्ञहरुको जमातमा योग्य कोहि नभए संसारभरि मानव अधिकार र वातावरणको क्षेत्रमा विना कुनै स्वार्थ काम गरिरहेका हजारौं मान्छेहरुबाट छान्न सकिन्थ्यो होला यस पटक पनि।
यूरोपीयनहरु अमेरिकाको डेमोक्रेट पार्टीका नेताहरुलाई विशेष मन पराऊँछन्। उनीहरुको त्यहि विशेष 'मन पराई' कै विस्तार हो ओबामालाई प्रदान गरिएको यो नोबेल शान्ति पुरस्कार पनि। अर्कोतिर, पहिलो 'अश्वेत' अमेरिकी राष्ट्रपतिलाई नोबेल पुरस्कार दिएको अर्को 'राजनीतिक घोषणा' पनि मिसिनेनै भयो यस पटक।
शक्तिमा हुनेले खोकेको भरमा पुरस्कार पाउने र अरुले जति योगदान दिएपनि नोबेल पुरस्कार दिनेहरुको आँखा नलाग्ने भएपछि यो शान्ति पुरस्कार खारेज गरे पनि हुन्छ अब।
-----------------------------------------------------------
टोकियोका साथीहरुसंग सम्पर्क गरेर त्यो गजल पूरै हात पारेर फेरि पढ्ने र रचनाकारज्यूलाई धन्यबाद दिने सूर छ अब:)

यो विषय चैं त्यस्तै हो खै के खै के भने जस्तो(आफुलाई)। त्यो गजल चैं सुटुक्क हाम्लाई नि सुनाउनुस् न है ?
ReplyDeleteयसपालीको पुरस्कार चाही 'गरेकाले' होइन, 'गर्न'लाई दिएको हो रे क्या ! तर ओबामाको पल्ला उक्त सम्मान थाम्न भारी नभएको पक्कै हो ।
ReplyDeleteगजल पढ्ने ललसा भने ममा पनि छ है !
यस्तै एउटा तिक्खर गजल, मैले पनि सुनेको :
"देखाउने चपाउने बेग्लाबेग्लै दाह्रा किन,
तैले बोल्दा महावाणी मैले बोल्दा नारा किन ?"
बोले गजल खोके हलचल....... पादे बबाल !
ReplyDeleteएक प्रश्न: दलाई लामा र आङ साङ सुकी ले विश्व शन्तीका लागि के गरे, र नोबेल पाए पछी विश्व शन्तीमा केही परिवर्तन भयो ?
ReplyDeleteओबामालाई आहिले नै पुरस्कार दिनु मलाई पनि अलि premature नै लाग्यो, अझ ओबामालाई यो पुरस्कारबाट लाभ भन्दा बढी हानी नै छ अमेरिकि राजनीतिमा । बुझ्नु पर्ने कुरो के छ भने ओबामाले यो पुरस्कार चाहेर पाएको हैन, तर नोबलको prestige लाई खयाल गरेर अस्विकार नगरेको मात्र हो ।
के यो चयन एकदमै Absurd हो त? बिल्कुलाई हैन । एउटा कुरो भने पक्कै हो, यो पुरस्कार ओबामालाई भन्दा पनि बुशलाई थप्पद हो । तर त्यति हुंदा हुंदै पनि ओबामाको geo-political influence लाई नजरअन्दाज गर्नु बेठिक होला । बुझ्नु पर्ने कुरो के छ भने ठुलो तरङ ल्याउन ठुलो हलचल हुनु पर्छ, अमेरिका एक ठुलो हलचल हो: चाहे राम्रो काम मा वा नराम्रो काम मा । अब कुरा गरौं ओबामाले के गरे त, केही उदाहरणहरु:
१ रुस, यूरोप, र चाइना सबै लाई एक ठांउमा ल्याए North Korea र Iran को nuclear ambition बिरुद्ध र overall world nuclear proliferation मा जोड दिन । धेरै धेरै पछी यस्तो united front स्थापित भएको हो ।
२ ईस्लाम संग mutual respect मा अघी बढ्ने निती, जस्का कारण "जिहाद" प्रोपगाण्डा रच्न extremist हरुलाई गार्हो परिरहेको छ । West प्रति ईस्लाम अलि खुकुलो भएको poll हरु बाट खुलासा ।
३ संसारको सबै भन्दा बढी greenhouse निकल्ने देश अमेरिकामा एकदमै अनपपुलर climate cap and trade को निती अगाडि बढाईरहेका छन (अहिले त्यो हाउस बाट पास भएर सिनेट म बिचराधिन छ)।
समग्रमा भन्नु पर्दा ८ महिनामा नै उनी एक world लिडर को रुपमा स्थापित भाई सकेका छन, संसारको geo-political cliamte नै अलि पर्वर्तित भएको महसुस हुन्छ ।
म फेरी भन्छु चयन अलि premature हो, तर खिषी नै गर्नु पर्ने खालको पनि हैन ।
शान्ति भनेको के हो ? कस्तोलाई शान्ति भन्ने ? पुष्कर शाहले भनेको कुरा म सम्झन्छु, "बन्दुकको नालबाट गोलि नचल्नु मात्रै शान्ति होइन ।" विश्वमा बन्दुकको नाल चल्नुलाई अशान्ति र नचल्नुलाई शान्ति भनेर व्याख्या गरिएको छ अहिलेसम्म । शान्ति भनेको युद्धकालीन् मात्रै हुँदैन । सामाजिक शान्ति, मानसिक शान्ति, आर्थिक शान्तिलगायत सम्पुर्ण पाटाम शान्ति हुनुपर्छ । गोली खानुनपर्ने तर खानेकुरा नभएर भोकभोकै बस्नुपर्ने मान्छेलाई पनि त पेटमा र मस्तिष्कमा अशान्ति हुन्छ । मात्र युद्धविरोधी शान्तिलाई व्याख्या गरेर शान्ति पुरस्कार बाँड्दै हिँड्नुको कुनै तुक छैन । अमेरिकामा १ हप्तामै २ जना नेपालीको हत्या भएको खबर आएको छ । अझ अरू देशका त कति मारिन्छन् होला, हामीसम्म समाचार आइपुग्दैन र पो त !
ReplyDeleteविश्वमा परिवर्तनको आशा जगाउन सफल भएको भनेर यो पुरस्कार दिएको कुरा निर्णायक समितिबाट जुन आयो त्यो भने अलि चित्तबुझ्दो लाग्यो । समग्र विश्वलाई एउटा व्यक्तिले परिवर्तनको आस जगाउन सक्नु भनेको शायद सामान्य मानिसको बसको विषय होइन । यसको सट्टामा उनलाई सामाजिक परिवर्तनसम्बन्धी कुनै विधा भएको भए त्यसको पुरस्कार दिँदा उत्तम हुन्थ्यो जस्तो लाग्छ ।
भइसकेको कुराबाट सकरात्मक पाटो खोज्नुपर्छ । यो शान्ति पुरस्कारले ओबामालाई रक्तपिपाशु शासक हुनबाट जोगाउन नैतिक दबाब देऔस् र विश्वमा अहिले रहेको अमेरिकि सैनिक दबदबालाई कम गराउन केहि भूमिका खेलोस् ! Change....we can belive in !!
म तपाईका विचारलाई र्समर्थन गर्छु । पुरस्कारका विषय प्रायः विवादरहित छैनन् । विवाद हुनुको कारण अपारदर्शिता हो जस्तो लाग्छ मलाई त । ओबामालाई शान्तिका लागि पुरस्कार दिएको भनिएको छ । तैपनि खोकेको भरमा । नोबेल पुरस्कार दिनेले पनि ओबमालाई साथ दिनुपर्छ भनेका छन् । के नै गरेका छन् र साथ दिने ।
ReplyDeleteओबामाको मनमा के छ वा उनले विश्व शान्तिको लागि के योगदान दिन सक्छन त्यो भविश्यको कुरा हो । तर 'ताण्डव' मच्चाउने हैसीयत राखेर पनि ताण्डव देखाएनन वा "यीनीबाट यस्तो सम्मको अशान्ति सम्भव थियो तर यीनले त्यसो गरेनन" भनेर पुरस्कार दिनु मलाई पनि ठिक लागेको छैन ।
ReplyDeleteओबामाको बारेमा मेरो कुनै नकारात्मक धारणा छैन र उनलाई म हदैसम्मको नम्र र असल व्यक्तिमा गन्छु । तर यो त खेल सुरु हुनु भन्दा पहिल्यै 'यो बलियो छ यस्ले जित्छ... लौ पुरस्कार पनि यसैलाई दिउँ' भने जस्तै भएन र भन्या !
पहिलोपल्ट यो समाचार पढ्दा मैले पनि मजाक भन्ठानेको थिएँ, पत्याउन नसकेर | यो निर्णयमा केही गम्भीर खोट देखाउन मिल्ने ठाउँ अझै छ जस्तो लाग्छ मलाई पनि | बसन्तजीको विश्लेषणसंग म धेरै हदसम्म सहमत छु | धेरै दिनसम्म मेरो मनमा पनि यही कुरा खेलिरहेको थियो |
ReplyDeleteम पनि तपाईंको विचारमा सहमत छु ।
ReplyDeleteबोले गजल, खोके हलचल 'गजल' चाँही हामीलाई पनि सुनाउनु होला ।
सबैलाई हार्दिक धन्यबाद! जवाफ ढिलो भएकोमा क्षमाप्रार्थी छु।
ReplyDeleteत्यो गजल सहयात्री ब्लगर दिनेशराज ज्ञवालीकै रहेछ, यहाँ पढ्न सकिन्छ; http://inls.org/japan/rachana.htm#gazal-gyawali
अब ओबामाले पाईसकेपछि उनले पाउनपर्ने कारणहरुको सिला खोज्न त सकिन्छ नै। तर जे भएपनि यो यूरोपियनहरुको 'राजनीतिक रोजाई' हो। ब्यक्तिगत रुपमा अमेरिकाको रिपब्लिकन दल र रिपब्लिकन नेताहरु मन नपरेपनि जोन बोल्टनको यो कुरा मलाई साह्रै राम्रो लाग्यो; Today's prize, by the terms of the award itself, was made for President Obama's 'extraordinary efforts.' The Nobel Peace Prize should be for achievement, not effort," says Bolton. "Just look at the other Nobel prizes awarded this week, from physics to chemistry, they were given to those who have made tangible progress and achieved in their respective fields. Obama's award is just for effort."
साँच्चिनै 'पछि राम्रो गरोस्!' भनेर विज्ञान, अर्थशास्त्र वा साहित्यमा यसैगरी पुरस्कार दियो भने कति भद्रोगोल होला?! त्यसैकारण अबबाट यस्ता खाले 'शान्ति पुरस्कार'लाई अरु पुरस्कारहरुबाट छुट्याउनै पर्छ।
प्रज्वलजीले देखाउनुभएका केहि बुँदाहरु सही छन् तर त्यो अवश्थामा विश्व राजनीतिलाई बिल क्लिण्टनले पनि पु-याएका थिए। आफ्ना दुई कार्यकालको अन्त्यसम्ममा उनले उत्तरी आयरल्याण्डको समस्या सुल्झाउन महत्वपूर्ण भूमिका खेलेका थिए, बाल्कन क्षेत्रको समस्या समाधान गर्न पनि उनको ठूलो भूमिका थियो। इजरायल-प्यालेष्टिनी द्वन्द समाधानको सबैभन्दा नजिक पनि पुगेको थियो त्यसबेला। त्यसैले बिल क्लिण्टन उपलब्धिकै आधारमा योग्य थिए, अहिलेजस्तो 'प्रयास'को सिला खोज्नुपर्ने थिएन।
खैर, यी कुरालाई यहिँ टुंग्याऊँ।
हाँस्नु साह्रै राम्रो कुरा हो। यो संसारमा जति धेरै मान्छे हाँस्छन्, त्यति धेरै शान्ति फैलन्छ।
हावा कुरा गरेरै सही, हाम्रा हावा ब्रोले हामी सबैलाई धेरै हँसाएर विश्वशान्तिका लागि दिएको योगदानको कदर गर्दै २०१० को नोबेल शान्ति पुरस्कारका लागि हावा ब्रोको नाम सिफारिश गर्न चाहन्छु:)
तब न बबाल:)
म त गन्हाएर तपाईं रिसाउनु पो होला भनेको बसन्त ब्रो... तर आगामी नोबेल पुरस्कार नै मलाई दिएर ओबामा लाई पनि माथ् गर्दिनुभो तपाईं ले.. धन्यवाद है.. गुन को बदला गुन गर्नुपर्ने हाम्रो नेपाल को बानी.. अब मैले पनि २०११ नोबेल पुरस्कार बसन्त ब्रो लाई दिने सिफारिस मात्र हैन निर्णय नै गरे है.. परेको म बेहोरुला ;)
ReplyDeleteधन्यवाद हावा ब्रो! ल मैले पनि स्विकारें:)
ReplyDeleteबसन्तजी,
ReplyDeleteअमेरिकि राजनीतिलाई हाल अलि नजिकैबाट हेरी रहेकोले केही थप्न मन लाग्यो । एक partisian political figure जोन बोल्टनको बोली त्यती गरुङो होला जस्तो लागेन । आफ्नै देशले olympic हात नपार्दा पनि खुशीयाली मनाउने अरु धेरै conservatives हरुले पनि बिरोध गरेका छन अमेरिकामा नै । कुनै conservative ले त्यो पुरस्कार हात पारेको भए त्यही बोल्टनहरु "हो हो सहि हो" भन्ने बुंदाहरु पनि फेला पार्थे, र liberal हरुले कुनै न कुनै बिरोध गर्ने बुंदा खोज्थे । त्यसैले partisian लाई quote गर्नु अलि ठीक लागेन मलाई ।
पुरस्कार दिएको नोबलले हो, र कारण पनि नोबलकै अधिकारिक हुन्छ । यो एक achievement को लागि मात्र होइन कुनै movement को शुरुवातको लागि पनि दिने गरिन्छ भन्ने कुरो नोबलले प्रस्ट पारी सकेको छ । आहिले को ग्लोबल diplomacy को फेरी सुरुवात गर्ने ओबामाको influence लाई शायद कसैले अस्स्विकार गर्न सक्दैन होला, जोन बोल्टन et अल हरुले बाहेक !!! तर के त्यती नै काफी छ त नोबल पीस पुरस्कार पाउन? त्यो कुरा शायद दलाई लामा र आङ सँग सुकी et al हरुलाई अलि थाहा होला कि :)
महात्मा गान्धीले पनि पाएनन नोबल, त्यसैले कस्ले पायो कस्ले पाएनन भन्ने नोबलको कुरो अलि बुझी नसक्नु नै छ । त्यसैले फेरी भन्छु मेरो बिचार: premature - yes, absurd - absolutely no
obama le super thinking lyayeko jarur ho.usko thinking lai diyeko puraskar ho.biswobyapi samasya jastai parmanu hat hatiyar ko nisastrikaran ko barema bolnu,arko world ko global warming na the climate change ko barema khehi breefing diyeko cha.kam le gareko chaina.sochai thick cha.
ReplyDeletetyo mathhi kalo jati bata sansar ko thulo des ko rastapati vayeko cha.tyesma gaurab mannu parcha.bigat ko sangarsa ko katha haru bata nai u deerai budhhi jibi jasto lagcha.
usle aghi sareko vision haru sahi cha.drid vayera chain lagnu paryo.
usko sochai le sampurna des haru lai sametera auta santi ko marga ma liyera jana khojeko ho.
jarj bus ko pala ma adkeko nagariyeka kam haru usle gareko cha.u vandha aagadi ko agraj haru ko vision lai pani maneko cha.kateko chaina.afganisthan bata sena firta gareko chaina.
usko super thinking power lai diyeko puraskar ho.
प्रतिकृयाका लागि धन्यबाद राजकुमारजी! ब्लगमा तपाईँका प्रतिकृयाहरु पाईरहने आशा गरेको छु।
ReplyDelete