समय बाँझै छ!
बुख्याँचाले लडाईँ ओगटेका छन्
साला मूसाहरुले दाईँ ओगटेका छन्
बैंशालु समय अझै बाँझै छ
बूढा गोरुले गाई ओगटेका छन्!
(मे ८, २००७)
नेता
बिहान रिबन काट्दै मसंग उल्टो कुरा छाँटे
दिऊँसो तिमीसंग कुराको अर्कै चुल्ठो बाटे
यसरी दिनभरि क-कस्को दिमाग चाटे कुन्नि
साँझ के परेथ्यो, आफैंलाई पनि ढाँटे!
(मे १८, २००७)
नेताले भोज खाए
लोकले देख्यो, नेताले मजाले 'भोज' डकारे
बाहिर पो तेत्ति मात्रै, भित्र कुन्नि के के सकारे!
नयाँ 'क्रान्तिकारी' भाषणको 'अर्डर दिएर सुते नेताजी
बिहान उठ्नासाथ एक राउण्ड चर्को 'लालसलाम' खकारे!
(मे १८, २००७)
माग्नेहरु
'नहुने'हरु त नभएर मागिरहेछन्
तर, हुनेहरु चाहिँ के मागिरहेछन्?!
'माग्ने'हरुको हूल ठूलो, 'दिने' कल्ले?
'दिन' भनेर बसेकाहरु, आफैं मागिरहेछन्!
(मे २५, २००७)
कुकुर
दिऊँसै छिमेकीको पिँढी ढुक्दैथ्यो
अँध्यारोमा झन् के-के का लागि झुक्दैथ्यो
कुकुर चानचुने होईन जस्तो छ-
देशै खाईदिन्छु भनेर भुक्दैथ्यो!
(फेब्रुअरी १३, २००९)
Are ! kya khushnumaa ehsaas dilaya aapne..Bharat uttar poorvanchal kee yaad dila dee..
ReplyDeleteKabhi mere blog ko bhi apnee thodee-see mehek de den! Iltija bhar hai,anytha na len!
Thoda-sa' basnat ''bikhare sitaron' ko bhee de den..! Galteese 'space baar' pe click karneke badle 'post' pe click kar diya!Isee karan comment 2 hisson me bant gaya...
ReplyDeletehahaha...ekdum gajjab ka muktakharu...liked it.
ReplyDeleteVery nice !
ReplyDeleteYes, u will come across, in the beginning about the relation ships...& why the father has not been given much importance...Pooja continued to get traumatized with the internal family relation ships! Also about the relation ship between the grandparents & pooja's mother, has been discussed a bit in the initial stages..more so in this very episode which u read.." tanashah" (dictator)is no one but Pooja's grandfather, who adored Pooja but cudn't much tolerate his daughter-in-law...these things further traumatized
ReplyDeleteThanks alot for the interest shown by u! pooja..
Subsequently certain revelations will be provided for as to why the relation ship between pooja & her father were strained...there is time for it...a little more ' intezaar'!
हा हा हा! रमाईला मुक्तकहरु!खुबै मन परे!!!
ReplyDeleteसबै मुक्तकहरु उत्कृष्ट छन। केही मुक्तकहरुले बहुआयामीक अर्थ पनि बोकेका छन भने हास्य र व्यङ्ग्यको एकदमै सहि सन्तुलन रहेछ ।
ReplyDeleteपहिलो र अन्तिम मुक्तकको भने कुनै जबाफ छैन, वाह ! वाह!!
रमाइला लागे मुक्तकहरु वसन्त जी !
ReplyDeleteयथार्थपरक व्यंग्यले भरिएका ....
कुकुर चानचुने हैन जस्तो छ
देशै खाइदिन्छु भनेर घुक्दैथ्यो ..वाह वाह !!!
एक से एक मुक्तकहरु । 'कुकुर' मुक्तक झन एक से एकमा एक ।
ReplyDeleteतिखा मुक्तकहरु बसन्त दाई एकदम चोटिलो र घोचिलो ...
ReplyDeleteVery nice!!!
ReplyDeletesarai ramro...
ReplyDeleteकुकुर खतरा रहेछ ! राम्रो लग्यो |
ReplyDeleteवाह क्या गजब ! सटीक र सान्दर्भिक छ, कृपया जाँगर चलाई राख्न परयो.
ReplyDeleteशिसुपाल
hello... hapi blogging... have a nice day! just visiting here....
ReplyDeleteमुक्तकहरु पढेर हौसला दिनुहुने सबैलाई हार्दिक धन्यबाद!
ReplyDelete