तस्बीर साभार: नागरिक दैनिक
नेपालीको जिन्दगीमा यस्ता घटनापनि पनि हरेक दिनका नियमितता बन्लान् भन्ने हामी मध्ये धेरैले सोचेका थिएनौं होला।
आज 'नागरिक' दैनिकमा पढेको एउटा समाचारले दिनभरि भित्रभित्रै रुवाईरह्यो (यहाँ क्लिक गरेर जानसक्नुहुन्छ त्यो समाचारमा।)। कुनै दुर्घटनाको विरोधमा शहर बन्द गराउन बसेका आततायी दानवहरुले केटाकेटीहरु भित्रै हुँदा-हुँदै स्कूले बसमाथि आक्रमण गरेछन्। झोला बोकेर रुँदै भागिरहेका ती कलिला अबोध बच्चाहरुको अनुहार हेरेर म अहिलेपनि रोईरहेको छु। चरम निराशाले घेरिएको छु म यतिखेर, जबर्जस्ती लेखिरहेछु यी हरफहरु। ती निर्दोषहरु कति त्रसित थिए होलान् त्यतिखेर! तिनको मनमा कति नराम्रो असर परेको होला यो घटनापछि? ती सपनमा पनि तर्सिँदा हुन्। को संगको रिस ती अबोधहरुसंग पोखेका होलान् आततायीहरुले?
यो त एउटा प्रतिनिधि घटनामात्रै हो। आज हाम्रो देशका बच्चाहरु चौतर्फी हिंसाको माझमा हुर्किरहेका छन्। धेरै घटनामा ती प्रत्यक्ष परेका पनि छन्। हाम्रो समाज, हाम्रो देशको भविष्य भनेका तिनै बालबालिका हुन्। यो चौतर्फी हिंसा र त्रासले कस्तो असर पार्ला तिनमा र कस्ता मान्छेका रुपमा हुर्केलान् तिनीहरु, हामीले कहिले गम्भिर भएर सोच्ने? यो वातावरणले गर्दा हाम्रा बच्चाहरु केहि एकदम दब्बू र काँतर भएर हुर्कनेछन्, केहि एकदम अपरिपक्व र हिंस्रक बन्नेछन् ठूला हुँदै जाँदा। समाज र देशलाई अगाडि लान चाहिने सक्षम, सबल र चिन्तनशील पुस्ता निक्लने आश गर्न गाह्रो हुँदैछ अब।
अन्त जता जे गरेपनि कम्तिमा बच्चाहरु र शैक्षिक क्षेत्रलाई नछोईदिएहुन्थ्यो कुनैपनि आततायीहरुले! तर हाम्रो यो रोदन बगरेको अगाडि पाठाले गरेको रोदन जस्तो मात्रै भएको छ अझै!
ब्यस्त राजधानीमै यस्तो आततायी घटना हुँदा पनि राज्य देखिएन। के हाम्रो देश 'असफल देश' भईसकेको हो?
केहि दिनमात्रै पहिला पनि यस्तै एउटा अराजक आततायी समूहले एउटी महिलालाई यातना दिँदै नांगै पारेर रत्नपार्क डुलाएको खबर तस्बीर सहित राखेको थियो माईसंसारले। त्यहाँ पनि सरकार र राज्य देखिएन। राजधानीमै यस्तो छ भने सञ्चार माध्यमका आँखा नपुग्ने देशका दुर्गम ठाऊँहरुको कस्तो अवश्था होला?
आज खाली हिँसाका खबरहरुमात्रै देखें मैले। झापामा एउटा दलका कार्यकर्ताले जिऊँदै मान्छेलाई आगो लगाईदिएछन् (समाचार यहाँ छ।)। मान्छे यति हिंस्रक र निर्दयी कसरी हुनसक्छ?
यस्ता करतूत त अल-कायदा र अन्सर-अल-सुन्नाले मात्रै गर्छन् जस्तो लाग्थ्यो, होईन रहेछ, हामी नेपाली पनि 'सक्षम' भईसकेछौं! थुक्क! नेपाली हुनुमै लाज लागेको छ आज!
कतै क्याम्पस-प्रमुखलाई थुनेर चार घण्टासम्म निर्घात कुटपीट गरिएको छ, कतै विदेशीलाई कुटेर 'क्रान्तिकारिता' देखाईएको छ र देशको बेईज्जत गरिएको छ। राज्य कतै पनि अस्तित्वमा छैन र हतियार बोकेका मूढेहरुको दबदबा छ जताततै।
कता गईरहेछ हाम्रो समाज?! कता लागिरहेछ हाम्रो देश?
अझ भर्खरै राजविराजमा क्याम्पस प्रमुखलाई विद्यार्थी भनाउँदाले कुटेर जीउभरि नै नीलडाम बसाइदिएछन् । नागरिकमा फोटो राखेको छ । यस्तो दण्डहीनता आखिर कहिलेसम्म होला ? खोइ हामीले मात्रै देखेको हो कि देख्नुपर्नेले देखेर पनि नदेखेजस्तो गरेका हुन् !! केहि बुझ्न सकिएन । शिक्षण संस्थालाई शान्तिक्षेत्र घोषणा गर्नुपर्छ भन्दै सबै उफ्रिन्छन् काम चाहिँ यस्तो छ ।
ReplyDeleteखै, केही भन्न नसकिने भइसकियो जति नै भत्सर्ना गरे पनि कमै हुन्छ ।
ReplyDeletefeeling sad about my country!
ReplyDeleteतपाईँको कुराले गलायो सारै ।
ReplyDeleteजति दुत्कारे पनि हालत झन् झन् खराब हुँदैछ, १०० को ९९ हुने छाँट छैन । मानौँ यहाँ त यी सब कुकृत्य पवित्र कर्मका रूपमा स्थापित बन्न थालेको हो कि भन्ने भान हुन्छ । जसले जे गरे पनि भएको छ, गलत काम र अत्याचारको विरोधमा साथ दिएर चूँ सम्म बोल्ने कोही हुँदैनन्, राज्य-प्रशासनलाई त कुर्सीमा को आयो, को गयो, को आउनेवाला छ र को जानेवाला छ भन्ने लगत राख्दै फुर्सद छैन ।
सारै निराश र खिन्न छन् है वसन्तजी आज नेपाली । नेपालमै रहेकाहरू झन् आँसु नै चुहुन बाँकी नहुने गरी रोएका छन्, कहिले उन्मुक्ति पाउने यो नरकबाट भनिरहेछन् । राजनीतिको बदलिँदो मैलो रङले संविधानसभाको चुनावपछि पलाएको आशा, सपना मारेर गह्रुङ्गो हतासा मात्र भरेको छ सबैमा । युवाहरू झन् कति विरक्तिएका छन, हिसाब छैन । तपाईँको टाँसोले यस्तो दानवीय व्यवहार र विसङ्गत लीलामा ओट थामिदेओस् । यही सदिच्छा ।
यो एकदम गम्भीर बिषय हो ... तैपनि देशमा यसलाई यति साधारण रुपमा लिइँदैछ कि जस्तो यो बेलुका सुत्नु, बिहान उठ्नु, शौचालय जानु र खान खानु जस्तै नियमित कुरा हो | हरेक घटना आफैंमा गम्भीर छँदै छन ति घटनालाइ हेर्दै "ए यस्तो पो भएछ" मात्रै भन्ने प्रबृति झन गम्भीर हुँदै गई रहेको छ |
ReplyDelete.
ReplyDeleteकुटपिट ढुंगा मुढा तोडफोड वा हिँसाको आतंककारी र जंगली बर्बरतातिर भासिदो छ हाम्रो समाज ! यस्ता गम्भीर घटनाहरु सामान्य भनाउदैछ्न -समाजका नाइकेहरु र दण्डहिनताको अत्यासलाग्दो स्थिति निर्माण गर्दैछन। अनि दिन प्रतिदिन यी यस्ता वालवालिका, वृद्ध महिला र सर्वसाधारण आम नागरिकको स्वतन्त्र बाच्ने अधिकार खुम्चिदैछ । सभ्यताको यो लज्जास्पद रुप देख्दा जति सम्झ्यो उति मन कुडीन्छ ।
हत्तेरिका ! शब्दहरु नै छैनन् अब त यस्ता कर्मको भत्सर्ना गर्नलाई । कसरी पो यतिबिघ्न फरक हुन्छ हो मान्छेको मन र मति ? यौटाले सुन्न सम्म नसक्ने कर्म अर्कोले कसरी गरेको होला ?
ReplyDeleteFeels really bad ....When innocents are victimized to this extent. Incidents after incidents are occuring....but no one is responsible....to look after it...
ReplyDeleteकसैको सहमति बेगर जबरदस्ती बन्द र हद्ताल गर्न लगाइन्छ भने त्यसलाई राजनीति वा आन्दोलन नभनी आतंकबाद भनिन्छ । जुन समुहले त्यस्तो कार्य गर्छन् ति आतंकबादी हुन: चाहे त्यो कांग्रेस PVT LTD होस, वा मावोबादी जंगली हो, वा छेपारो एमाले होस वा अरु कुनै जोल्टिन गोल्टिन पार्टी हो । आतंकबादी समुहका नाइकेहरु बालुवाटार वा सिंहदरबार मा होइन नख्खु मा हुनु पर्छ । यो त common sense को कुरा हो, हरे हाम्रो दुर्भाग्य हामी अझै cave age मा छौं ।
ReplyDeleteनेपालको राजनैतीक ब्यबस्था कुनै WWE को wrestling हैन, रमाइलो को लागि हेरी बस्ने, ति भातमाराहरु हामी जनताले कर तिरी तलब खुवाइ पाली राखेको हाम्रो कामको लागि हो, तिनिहरुले देश तहस नहस गरेको Reality Show हेर्नका लागि होइन ।
आतंकबाद बाट जबर्दस्ती बन्द गरेर जनाताको समर्थन छ भनेर फुर्ती गर्ने ति रजनैतिक शक्ती हैन आतंकबादी हुन, absolutely no doubt in my mind..... अलिकती पनि बिबेक छ भने आफ्नो समर्थकहरुलाई बिरोध स्वरुप काली पट्टी बांधेर हिंड्नु भन्नु नि, जनलहर त्यसै बाट थाहा हुन्छ टाएर बाली रहनु पर्दैन । छि यिनिहरु भन्दा त चिडियाघरका बांदरहरुनै बिबेकी होला । थुक्क भातमारहरु
हिजो पत्रिकामा त्यो फोटो देखे देखी नि:शब्द भएको छु । बिरोध-भत्सर्ना को पनि कुनै अर्थ नै रहेन अब। किनकि, जो जो यस्ता कार्यमा लागेका छन तीनेले 'मानव भाषा' बुझ्लान जस्तो मलाई लाग्दैन । मानव भाषा बुझ्दा हुन त यस्तो निकृष्ट मती कसरी आउँथ्यो होला र खै? ।
ReplyDeleteम प्रज्वल जीसंग १००% सहमत छु । यी भरौटेहरु मात्रै हैन यीनका 'माईबाप' लाई समेत सिंह दरबार वा बालुवाटार दरबारमै भए पनि घिसारेर नख्खु नलग्दा सम्म समस्या समाधान हुँदैन । अत्ती भयो अब !!
यो केही बर्षकै बिचमा हामी दानब भयौ। हामी नेपालीको मन कसरी यस्तो भयो खै,कुनै सब्द छैन। असल मानिस नभएको हैन तर सबै बाहिर कि कुनै कुनामा थन्किएर बसेका छन। अराजक भयो हाम्रो देश मानिस जन्मन छोड्यो साथी हो। मानिस नभएको देश। दुई खुट्टा भएका जनबारहरु बस्ने चिडियाघर नै भयो।
ReplyDeleteयस्तै हो मित्र, सतिले सरापेको देश भन्थे उहिलेका हरुले, अहिले देशमा ब्याप्त हत्या, हिन्सा, अपहरण अनि लूट पाट को घटनाले थप पुस्टी पनि गरेको छ । होईन हामी नेपालीहरुमा मानवता भन्ने चीज नै छैन कि क्याहो ? सोचेरै दिक्क लाग्छ कहिले काही त ।
ReplyDeleteहोईन, मानबता भन्ने बस्तुकहाँ गयो ? ती प्रदर्शनकारी लाई अलिकति पनि सोच्ने शक्ति आएनछ । ती स्कुले नानीहरु ले के बिगारीदिएका थिए र यस्तो ब्यबहार गर्नु पर्ने।। साहै दिक्क लाग्दो !!!!
ReplyDeleteits all about the darkness inside a lion.
ReplyDeletei read a quote long before
"justice with out a power is empty and powre without a justice is voilence."
in our country all this thing happening who have powre he has no justice and who stand for justice he has no power.
मानवताको खोल ओढेर दानबिय कार्यतिर अग्रसर हुन थाल्यो है हाम्रो भरौटे राजनितिको पाठशाला । आजको यो घिर्णित कार्यले गर्दा बालबालिकहरुको मनोबिज्ञानमा त असर प-र्यो नै अझै भविश्यमा पनि दुरगामि असर झनै।
ReplyDeleteखै के भन्नु जति कलमको तिरले घोचेपनि दुख्दैन हाम्रा बिरोधकर्मिहरुलाई। सरकारको त केकुरा आ-आफ्नै भागबण्डामा लालायित बाहिर जे सुकै होस ।
के भन्ने ? एकथरी छन जो हिन्सा र तोडफोड नगरि सुन्दैनन, अर्काथरी छन जो हिन्सा एउटा साधन मात्र हो भन्दा भन्दै हिन्सालाई नै साध्य बनएका छन यि दुई को घम्सघम्सीमा देश नै अलमल मा परेको छ
ReplyDeleteबढो चिन्ताजनक स्थिति रहेको छ , हैन तिनीहरूले अब आउदो जेनेरेशन लाइ कस्तो चेतना लिलाउन खोजेका हुन - के तिनिहरुलाई थाह छ भोली ति कलिला हातहरुले तिनिहरुलाई नै यही घटना नदोर्याउलान भन्न सकिन्न ? के तिनीहरूले कस्तो राज्य खोजेका हुन ? अनि कहिले सम्म हामीले यस्ता जघन्य घटनाहरुलाइ टुलु टुलु हेरेर बस्ने हो कुनी ?
ReplyDeleteसबैलाई धन्यबाद!
ReplyDeleteदेश र समाजको माया हुनेले, देशको भविष्यप्रति चिन्ता हुनेले बालबालिकाहरुमाथी कहिल्यै दुर्ब्यबहार गर्दैन। हाम्रो दुर्भाग्य हाम्रो देशमा त्यसरी सोच्ने मान्छेहरु झन्-झन् कम हुँदैछन्, विशेष गरी राजनीतिमा।
नाममा सरकारहरु भए पनि जनताको वास्तविक अनूभूतिमा देश सरकारवीहिनताको अवश्थामा पुगेको धेरै भईसक्यो र यो क्रमले निरन्तरता पाईरहँदा देशको अस्तित्वनै समाप्त हुने डिलमा पुगेका छौं हामी। ब्यक्तिगत र दलीय स्वार्थबाट माथि उठ्नसक्ने एउटा सशक्त नेतृत्व हामीले कहिले पाउने?!
ढिलो भएपनी तपाईंको लेख पढे,यस्ता आततायी घटनाको निन्दा गर्ने शब्द पनि छैन हामीसँग। हो बशन्त जि! वास्तबमै हाम्रो समाज दिनप्रतिदिन प्रगतितिर होइन अधोगती, बिकास होइन बिनास, मानबता होइन आतंकतिर लाग्दै छ। जबसम्म राज्यले राज्य भएको अनुभुती आम नागरिकलाई दिन सक्दैन, दण्डहिनताको स्थिती रहिरहन्छ,दक्ष राजनीतिक नेत्रित्व देशले पाउदैन हिंसा, प्रतिहिंसा अन्त्य हुनेछैन। आज नेपाली समाजको कुनै क्षेत्र यस्ता हिंसाबाट अछुतो छैन र यो दिनानु दिन बढ्ने क्रममा छ । साच्चै हिजो नेपाली हुँ भनेर शिर उठाउने तपाईंहामीलाई आज म नेपाली भन्न लाज लाग्ने अवस्था देशभित्र देखापरेको छ।
ReplyDeleteबालबालिका शान्ती क्षेत्र भनेर घोषणा गर्ने अनी स्कुल, क्याम्पसमा बितन्डा मच्चाउने,बालबालिका चढेको बस तोडफोड गर्ने जस्ता गम्भिर र निच कार्य गर्ने संस्कार नै बनेको छ। साच्चै यस्ता अशोभनिय घटनाले बालमस्तिस्कमा कती गहिरो असर पारेको होला? यस्ता घटनाक्रम नेपाली समाजमा कहिले अन्त्य होला? नेपाली बालबालिकाले डर र भएमुक्त रुपमा पढ्न पाउने अधिकार कहिले सुनिश्चित हुने हो?अहिले यि प्रश्नहरु अनुत्तरित छन।
विचारपूर्ण प्रतिकृयाका लागि धन्यबाद प्रवीणजी!
ReplyDelete