May 09, 2009

बुद्धं शरणं गच्छामी

भगवान बुद्धका चरणमा आफनो शिर राखेर विगत, वर्तमान र आगतका सम्पूर्ण बुद्धहरुमा श्रद्धा-सुमन अर्पण गर्न चाहन्छु।

आज बुद्ध जयन्ती, यो दिनले सबैमा शान्तिको अभिलाषा जगाओस् भन्ने कामना गर्न चाहन्छु।

भगवान बुद्धका बारेमा केहि थाहा पाउन थालेको स्कूल पढेबाट हो। परिवार र पूरै गाऊँमा कोहि पनि बौद्ध धर्मावलम्बी नभएकोले त्यसभन्दा पहिला थाहा नहुनु स्वाभाविकै हो। विद्यालय क्याम्पसहरुबाट बुद्धका बारेमा जानेका कुरा भनेका 'तिनले शान्तिको सन्देश फैलाए' वा 'तिनी हाम्रा राष्ट्रिय विभूति हुन्' भन्ने कुराभन्दा माथि कहिल्यै गएन। सतहलाई अलिक खोस्रने र बुद्धगाथा अझ बढी बुझ्ने कुरामा न कतैबाट प्रेरण मिल्यो न आफैंमा वोध आयो।

हुनत म अझै पनि आफूलाई भगवान बुद्धका बारेमा धेरै जानकारी छ भनेर भन्दिन तर हाम्रो युगका बुद्ध ओशोका प्रवचन सुन्न र पढ्न थालेपछि भने जानकारी पहिला भन्दा धेरै थपिए। जानकारी केहि पाइयोनै तर त्यो भन्दा महत्वपूर्ण भगवान बुद्धका वचनहरुको सारलाई केहि न केहि महशूश गर्न सकेको अनुभव भयो।

हुनत ओशोले आफ्ना प्रवचनहरुमा सबै बुद्ध, महावीर, कृष्ण, कबीर, जिसस, महम्मद, राबिया, परमहंश आदि सबै रहस्यदर्शीहरुका बारेमा अत्यन्त प्रेमपूर्वक वर्णन गर्नुभएको छ र सबैलाई अत्यन्त सम्मान दिनुभएको छ तर गौतम बुद्धमा बारेमा बोलेका कुराहरु अझ सुन्दर र कोमल लाग्छन्।

भगवान बुद्धका वचनहरुमाथि ओशोले दिनुभएका प्रवचनहरु दश ठेली पुस्तकमा संग्रहीत छन् मैले ती मध्ये एउटा मात्रै (भाग ४) पढेको छु। यी बाहेक अरु धेरै प्रवचनहरुमा पनि ओशोले बुद्धको जीबनका धेरै प्रसंगहरु उल्लेख गर्नुभएको छ। बुद्धको महिमामण्डित जीबनगाथाका कथाहरु ओशोका मुखबाट सुन्न पाउनुनै एउटा महान संयोग हो। एउटा बुद्धको साँचो बयान गर्न सक्षम अर्को बुद्ध बाहेक को हुनसक्छ?!

अंगुलीमाललाई एक क्षणमा परीवर्तन गर्न सक्ने त्यो मुहार कति आभामय र कति सौम्य थियो होला!

मलाई बुद्ध जीबनका सम्पूर्ण कथाहरुमा अत्यन्त गहिरो विश्वाश छ। कतै पढेको थिएँ, भगवानलाई दु:ख दिन भनेर उहाँका विरोधहरुले एक पटक एउटा पागल हात्ती उहाँतिर छोडिदिएका थिए। हान्निएर आएको त्यो पागल हात्ती उहाँको नजिक आएपछि अचानक शान्त भयो र उहाँको चरणमा आफ्नो सूँड राखेर रुन थाल्यो। अर्को प्रसंग छ, तिनै शत्रुहरुले भगवान ध्यान गरिरहनुभएको देखेपछि माथि डाँडाबाट ठूल्ठूला ढुंगाहरु गुडाइदिन्थे तर हरेक पटक भगवानको नजिक पुगेपछि ती ढुंगाहरुले अचानक बाटो बदल्थे। कति उर्जामय र शान्त थियो होला भगवानको सान्निध्य!

एकपटक मलाई बुद्ध धर्मका अनगिन्ती सम्प्रदायहरुका बारेमा पढ्ने-बुझ्ने रहर जागेको थियो। अब बाँकी छैन त्यो रहर किनभने ओशोबाट मैले जानेको कुरा के हो भने सम्प्रदायहरु बुद्धका देन होईनन्, 'बौद्ध'हरुका देन हुन्, ती कसैले बुद्धमाथि आफना मान्यताहरुलाई थोपरेर शुरु गरिएका हुन्। हरेक बुद्ध आफैंमा समग्र धर्म हो, आफैंमा निर्विकल्प सत्य हो। अब सम्प्रदाय के, समूह के?!

आउनुहोस् आजको पूर्णचन्द्रमा भगवान बुद्धको आभा महशूश गरौं र समस्त लोकमा शान्तिको लागि प्रार्थना गरौं!

बुद्धम शरणं गच्छामी!!!




20 comments:

  1. बुद्ध ले आफुले आफुलाई कहिल्यै भगवान भनेनन कहिल्यै भगवानका पुत्र भनेनन केबल सम्पूर्ण मानब जगत लाई ज्ञानको बाटो देखाये यो नै उहा को सदगुण थियो आज उहाको बारेमा लेख्न पाउदा आँफैलाई उहाको नजिक पाएको छु

    जब सम्मा मानिसमा जीवन प्रती पोजेटिभ बिचारधारा रहन्छ तब सम्म बुद्धत्व रहन्छ

    बुद्धम शरणम् गछ्यामी ।
    धमम सरणम् गछ्यामी ।।
    समम सरणम् गछ्यामी ।।।

    ReplyDelete
  2. बुद्वको बाटोमा हिड्ने मानीस नै सर्वश्रेष्ट हुन्छ जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  3. आशा गरौँ, भर नपरौँ भन्ने स्थिति छ !

    ReplyDelete
  4. आजको दिनको मीठो कुरा!यो लेख!

    ReplyDelete
  5. बुद्ध हामी सबैका हुन्, उहाँले देखाएको बाटो हामी सबैकालागी हो, उहाँले दिनुभएको साधना हामी सबैका लागी हो। सके ध्यान गरौं नसके पनि अन्धविश्वास छोडौं । सबैलाई मेरो बुद्ध जयन्तीको शुभकामना।

    ReplyDelete
  6. बसन्तदाइ,
    गौतम बुद्धको बारेमा तपाईंको ब्लगमा पढन पाउँदा एकदम खुशी लाग्यो.
    सबै मित्रहरुमा बुद्ध जयन्तीको शुभकामना

    ReplyDelete
  7. वुद्रृ जयन्तीको अबगत र उहाको बारेमा भिडियो सहित को ज्ञान का कुराहरु बड्नु भएको मा बसन्त जी प्रति म आभार प्रकट गर्दछु ।

    ReplyDelete
  8. बुद्ध जयन्ती र बुद्धको भिडियो सहित को जानकारीको लागि धन्यबाद! बर्तमानमा हाम्रो देशमा घटिरहेको घटनाक्रम र हामीले सकी नसकी मनएको यो बुद्ध जयन्ती र बुद्धका ति उपदेशबाट सिक्नु पर्ने धेरै कुराहरु छन। देशले बुद्धको मार्ग चाडै अबलम्बन गर्न सकोस, नेपालीका घर आगनमा शान्तिका दिनहरु चाडै सुरुवात होस् , बुद्धको सपना साकार होस्!

    ReplyDelete
  9. बुद्ध जयन्ती र बुद्धका ज्ञानका बारेमा मज्जाले जानकारी गराउनुभएकोमा धरै धन्यवाद वसन्त दाइ !! सबैले बुद्धको अनुसरण गरे कति राम्रो हुन्थ्यो होला विश्व !!

    ReplyDelete
  10. मैले आफ्नै ब्लगमा पनि पहिला कतै लेखी सकेको छु कि म जन्मले हिन्दू भएपनि राम, कृष्ण आदिका सत्यतामा भन्दा बुद्धको अस्तित्वप्रति मलाई पूर्ण विश्‍वास छ र एउटा भिन्नै किसिमको आकर्षण पनि रहेको छ।

    एकदमै सहि कुरा हरेक बुद्ध आफैंमा समग्र धर्म हो। अझ एक लाईन थपौं है "मन्दिर र शास्त्रहरु जिवित बुद्ध नभएका गरिव समाजका देन हुन"

    ReplyDelete
  11. २५५३ औ बुद्ध जयन्ती को पावन अवसरमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा शुभ-कामना । सबै नेपाली लाई बुद्धले देखाएको बाटोमा हिड्ने प्रेरणा मिलोस्, देशमा शान्ती बनी रहोस.......

    ReplyDelete
  12. जय बुद्ध जयन्ति । सबैले बुद्धले फैलाएका उपदेशहरुको अनुशरण गर्न सकुन यो देशको जर्जर स्थितिमा ।

    ReplyDelete
  13. Thank you for sharing the 'buddha energy' to us. Word become pale and language becomes lamb when speaking on buddha. Our life would be different, even a single sermon could be lived (amongs the thousands).

    ReplyDelete
  14. बुद्धलाई कता खोज्ने खै। हाम्रो देशमा जन्मेको भनेर नहुने रहेछ नत्र हामीलाई जस्तो आज कसलाई खाचो छ र बुद्धको आज। के गर्नु एउटा हिम्श्रक जन्तु भएपछी, हजार बुद्धहरुको बली चड्ने रहेछ। जे भए पनि सबैको राम्रो होस र सबै लाई राम्रो सोच आयोस।

    ReplyDelete
  15. बुद्धलाई लिएर आज अलग्गै उँचाइमा स्थापित गर्दै सम्प्रदायमा भाक्ने त काम भयो, तर सारमा बुद्धको गुण छुटिरह्यो । वर्षमा एक दिन भएपनि बुद्ध जयन्तीको रन्कोमा 'अप्प दिपो भव:'को मर्म सबैको मन-मगजमा पसे कति जाती हुन्थ्यो । साधु ।।

    ReplyDelete
  16. बुद्ध जयन्ती को उपलक्ष्यमा नेपालमा चाडै शान्ती फैलियोस भनी कामना छ !!

    Thanx for the nice movie clips...

    ReplyDelete
  17. भगवान बुद्धका पावन चरणमा शिर राखेर, शान्तिको कामना गर्नुहुने यहाँहरु सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु।

    ReplyDelete
  18. बुद्दम शरणम गच्छामि..

    ReplyDelete
  19. धन्यबाद मिलन भाइ!

    ReplyDelete